ढोरपाटन नगरपालिकाको आयोजनामा माटो परिक्षण शिविर ।

फागुन १८ गते

ढोरपाटन नगरपालिकाले माटो परिक्षण कार्यक्रमलाई अगाडि बढाएको छ ।

कृषि उत्पादन क्षेत्रमा माटोको अवस्था पत्ता लगाई कृषकलाई जानकारी गराउने र माटो हावा पानी अनुसार कृषि उत्पादनलाई बृद्धि गर्नका निम्ति नगरपालिकाको सबै वडामा गरि पाँच सय स्थानको माटो सेम्पलको रुपमा परिक्षण सुरु गरिएको ढोरपाटन नगरपालिका कृषि शाखा प्राविधिक महेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

कृषकको बारीमा रहेको माटो परिक्षण गरिने र माटोको परिक्षण पछि माटोको अवस्था सुधार गर्नुपर्ने नपर्ने लगायतका विषयमा सम्बन्धित रिर्पाट कृषकलाई बुझाउने अधिकारीले बताउनु भयो ।

ढोरपाटन नगरपालिकाको आयोजना तथा माटो तथा मल परिक्षण प्रयोगशाला गण्डकी प्रदेश सरकारको प्राविधिक सहयोगमा वडा नं. १ देखि ६ सम्मको बुर्तिबाङमा र वडा नंं. ७ देखि ९ सम्मको वडा नं.सेराबाङमा शिविरको आयोजना गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित