तमानखोलामा  पालिका स्तरीय महिला समिति गठन तथा क्षमता विकास कार्यक्रम सम्पन्न  ।।


फागुन २७ बुर्तिबाङ
बागलुङको तमानखोला गाउँपालिकामा पालिका स्तरीय महिला समिति गठन तथा क्षमता विकास कार्यक्रम शनिबार वडा नं. ५ को खुङ्खानीमा सम्पन्न भएको छ ।
आमासँग उपाध्यक्षको भेटघाट कार्यक्रम अन्तर्गत शनिबार विभिन्न कार्यक्रमका साथ पालिका स्तरीय महिला समिति गठन तथा क्षमता विकास कार्यक्रम सम्पन्न गरिएको हो ।
तमानखोला गाउँपालिका वडा नं. ५ महिला समिति अध्यक्ष तथा कार्यपालिका सदस्य भिम कुमारी छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्यालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष छन्त्यालले महिलाको हक अधिकारलाई सुनिश्चित गर्न, महिलालाई नेतृत्व तहमा पु¥याउन र उद्यमशील बनाइ आर्थिक रुपमा समेत सबल बनाउने उद्देश्य सहित उहाँहरूसँगै सहकार्य गरेर अगाडि बढ्ने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको बताउँदै वडा स्तरमा महिला समिति गठन भइसकेको अवस्थामा पालिकामा समेत समिति गठन प्रकृया अगाडि बढाएर पूर्णता दिइएको बताउनु भएको हो । 


कार्यक्रमबाट देवसरा बिक संयोजक रहेको १५ सदस्य पालिका स्तरीय महिला समितिको गठन गरिएको छ । समितिको सदस्य सचिवमा महिला तथा बालबालिका शाखा प्रमुख चन्द्रीमा कुमारी चौधरी रहने र प्रत्येक वडाबाट दुई जना सदस्य रहने गरि समिति गठन गरिएको हो । समितिको पहिलो बैठकबाट १ जना मनोनित गर्ने र समितिलाई पूर्णता दिने निर्णय भएको सदस्य सचिब  चन्द्रीमा कुमारी चौधरीले बताउनु भयो । 


कार्यक्रममा तमानखोला गाउँपालिका अन्तर्गत विभिन्न वडामा लघुउद्यम मार्फत उत्पादन गरिएका विभिन्न कपडा, सिस्नोको पाउडर, साबुन, काम्लो , हर्देउला , बुटिक लगायतका सामाग्रीको स्टल राख्दै महिला उद्यमीले आफूहरूले उत्पादन गरेका सामाग्रीले आर्थिक उपार्जनमा टेवा पु¥याइरहेको बताउँदै बजारीकरणमा समस्या रहेको बताउँदै त्यसका निम्ति सबै तहबाट साथ आवश्यक रहेको बताएका छन् । 


प्रत्येक वडाबाट प्रतिनिधित्व गर्दै आफ्नो मन्तव्य राखेका महिलाहरूले राज्यले संविधानमा लेखे जस्तै महिला अधिकार कार्यान्वयन गर्न नसकिरहेको गुनासो गर्दै महिला माथि हुने हिंसा न्यूनीकरणका निम्ति घर समाजबाटै पनि सुधार आवश्यक रहेको बताएका हुन् ।  महिला कर्मचारी, स्वास्थ्य कर्मी, जनप्रतिनिधि बिच कुर्सी दौड प्रतियोगिता, सहभागी महिलाहरूको तर्फबाट इन आउट प्रतियोगिता आयोजना गर्दै उत्कृष्टलाई पुरस्कृत गरिएको हो । 


कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनु भएका जिल्ला समन्वय समिति सदस्य टेक बहादुर अर्गेजा, वडा अध्यक्षको तर्फदेखि वडा नं. ४ का अध्यक्ष छ प्रसाद श्रीपाली, स्वास्थ्य शाखा प्रमुख तिल बहादुर छन्त्याल , हिमालय लाइफ इन्स्योरेन्स कम्पनीका खगेन्द्रमान पुन, वडा तहबाट शान्ति कुमारी बिक, चन्द्रीका सुन्चौरी, मधुमाया श्रीपाली, मन कुमारी बुढाथोकी, सिता सिउठानी, चन्द्र तथब्जा लगायतले आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रम पत्रकार छविलाल पाण्डेको सहजिकरणमा सम्पन्न भएको हो ।  

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित