Home Blog Page 94

आगलागीबाट ढोरपाटनको विस्मोरमा दुई घर जलेर नष्ट

0

चैत्र ६ गते बुर्तिबाङ
मंगलबार बिहान घरमा आगलागी हुँदा बागलुङको ढोरपाटन ३ विस्मोरमा दुई घर जलेर नष्ट भएको छ । हेमलाल कुवँरको घरबाट फैलिएको आगोका कारण दुई घर पूर्ण रुपमा जलेर नस्ट भएको जनाइएको छ ।
आगलागीका कारण हेमलाल कुवंर र आत्मराम कुवँरको दुई तलाको घर पूर्ण जलेको हो । घरभित्र राखिएको अन्नपात लत्ता कपडा , भाँडाकुँडा सहित लाखौँ मूल्य बराबरको क्षती भएको बताइएको छ ।

मंगलबार बिहान करिब पौने १० बजेको समयमा सुरु भएको आगोलागी विधुत सर्ट भएर आगोलागी भएको हुन सक्ने आसंका गरिएको छ । क्षतिको विषयमा मुचुक्ला तयारी भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीमा परि हेमलाल कुवँरको भैँसीको पाडा समेत मरेको छ बाख्रा फर्म , शौचालय लगाएतका संरचना समेत ध्वस्त भएको हो । इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली र ढोरपाटन नगरपालिकाको विपद जोखिम न्यूनिकरण टोली र स्थानीयको सक्रियतामा करिब साढे १ बजेतिर आगो नियन्त्रणमा लिन सफल भएको ढोरपाटन नगरपालिका विपद जोखिम न्यूनिकरण समिती सम्योजक दिलिप कुमार बिकले बताउनु भयो ।

निसीखोला बस दुर्घटना अपडेट : मृतक ९ जनाको सनाखत

0

चैत्र ६ गते बुर्तिबाङ

सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका ६ को जाउले पानी भन्ने स्थानमा भएको बस दुर्घटनामा पछिल्लो विवरण अनुसार ९ जनाको मृत्यु हुनुका साथै २४ जना घाइतेलाई थप उपचारका निम्ति धवलागिरी अञ्चल अस्पताल बागलुङ रिफर गरिएको छ जसमध्ये मृतकको सनाखत भएको छ ।

दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट १ का २७ वर्षीया बिनिता केसी, रुकुमपश्चिम मुसिकोट नगरपालिका २ रातामाटाका सवारी धनी बबिदेल नेपाली, मुसिकोट नगरपालिका ४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका ३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह विक, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका ५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको मृत्यु भएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

पश्चिम रुकुम देखि काठमान्डौका लागी छुटेको ००६ ख ३८७९ नम्बरको बागमती प्रदेशको बस सोमबार साँझ पौने पाँच बजे निसीखोला गाउँपालिका ६ को जाउले पानी भन्ने थाउँमा दुर्घटना हुँदा सडक देखि करिब १५० मिटर तल खसेको थियो ।

दुर्घटनामा परि ५ पुरुष ४ महिला गरि ९ जनाको मृत्यु भएको हो । ७ जनाको घटना स्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

बागलुङको निसीखोलामा बस दुर्घटना ९ जनाको ज्यान गयो २४ जना घाइतेलाई थप उपचारका लागी बागलुङ लगियो ।

0

 चैत्र ५ गते बुर्तिबाङ

सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका ६ को जाउले पानी भन्ने स्थानमा भएको बस दुर्घटनामा पछिल्लो विवरण अनुसार ९ जनाको मृत्यु हुनुका साथै २४ जना घाइतेलाई थप उपचारका निम्ति धवलागिरी अञ्चल अस्पताल बागलुङ रिफर गरिएको छ , पश्चिम रुकुम देखि काठमान्डौका लागी छुटेको ००६ ख ३८७९ नम्बरको बागमती प्रदेशको बस सोमबार साँझ पौने पाँच बजे निसीखोला गाउँपालिका ६ को जाउले पानी भन्ने थाउँमा दुर्घटना हुँदा सडक देखि करिब १५० मिटर तल खसेको अवस्थामा छ । दुर्घटनामा परि ५ पुरुष ४ महिला गरि ९ जनाको मृत्यु भएको हो ।

७ जनाको घटना स्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिकले बताउनु भयो । घाइते २६ जना मध्ये बुर्तिबाङ स्वास्थ्य केन्द्रमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको छ ।

अन्य २४ जनालाई सामान्य उपचार पछि थप उपचारका निम्ति धवलागिरी अञ्चल अस्पताल रिफर गरिएको बुर्तिबाङ स्वास्थ्य केन्द्रका प्रमुख डा नविन्द्र ढकालले बताउनु भयो । घाइतेको अवस्था गम्भिर रहेका कारण थप उपचारका निम्ति रिफर गरिएको बताइएको छ । घाइतेको टाउको, ढाड, हात खुट्टामा गम्भिर चोट लागेको छ । बसमा ३३ जना यात्रु सवार रहेको पाइएको हो । ७ जना मृतकको शव रुकुम पठाइएको छ । मृत्यु हुनेमा सवारी धनी, सवारी चालक लगायत ९ जना रहेका छन मृतकको पहिचान खुल्न सकेको छैन ।

घाइते हुनेहरुमा  रुकुम पश्चिम मुसीकोट नगरपालिका ०१ बस्ने बर्ष ५२ को दसरथ नेपाली , गुल्मी मधाने गाउँपालिका ०१ बस्ने बर्ष २४ को गोबिन्द बोहरा सहचालक, रुकुम पश्चिम मुसिकोट नगरपालिका ०३ बस्ने बर्ष ६५ को हर्क बहादुर के।सी ,बोतलिवाङ गाउँपालिका वडा ७ बस्ने बर्ष ३५ को हिम बहादुर पाण्डे, गुल्मी मालिका गाउँपाकिला ०१ बस्ने बर्ष ५० को बल बहादुर पुन , सुर्खेत पञ्चपुरी नगरपालिका ०८ बस्ने बर्ष २६ को लक्ष्मण बोगटी , जिल्ला रुकुम पश्चिम बस्ने बर्ष २२ को टिकाराम बिक ,रुकुम पश्चिम बोतलिवाङ गाउँपालिका ११ बस्ने बर्ष २२ कि सविना पुन मगर ,रुकुम पश्चिम बस्ने बर्ष ३८ को हेमराज के।सी ,

रुकुम मुसिकोट नगरपालिका वडा नं ०३ बस्ने बर्ष २४ को गणेश खड्का, काठमाण्डौ टोखा नगरपालिका ०३ बर्ष २३ कि श्रीष्टि गैरे, डोल्पा त्रिपुरासुन्दरी नगरपालिका ०३ बस्ने बर्ष २८ को आविश्कार धराला,रुकुम पश्चिम मुसिकोटदनगरपालिका ०३ बस्ने बर्ष २७ कि सरिता खड्का, सोही ठाउँका महिना ३ कि ज्ञानु ढकाल , ललितपुर महानगरपालिका १४ बस्ने बर्ष २४ कि अनुज्ञा भट्टराई, रुकुम पश्चिम मुसीकोट नगरपालिका ०४ बस्ने बर्ष ४६ कि बिना शर्मा, बर्ष ४४ कि कमला केसी बर्ष २० कि लक्ष्मी पुन मगर बर्ष ५५ को लिला के।सी, , बर्ष ३० को शशिराम खड्का रुकुम पश्चिम तलाखेत नगरपालिका ०४ बस्ने बर्ष १८ कि सपना वली मुसीकोट नगरपालिका ०३ बस्ने बर्ष ६० को हर्क बहादुर जिसी ,सानोभेरी गाउँपालिका ०१ बस्ने बर्ष २६ को दिनेश खड्का ,सोभा थापा ,सिन्धुपाल्चोक जुगाल गाउँपालिका ०२ बस्ने बर्ष २६ को देवेन्द्र रिजाल रहनु भएको छ ।

बस तिव्र गतिमा कुँदिरहेका कारण दुर्घटना हुन पुगेको सवार यात्रुको भनाई छ ।

बागलुङको निसीखोलामा बस दुर्घटना ७ जनाको मृत्यु २२ बढि घाइते उद्धार जारी ।

0

चैत्र ५ गते
बागलुङको निसीखोला गाउँपालिका ६को जाउले पानी भन्ने स्थानमा भएको बस दुर्घटनामा पछिल्लो विवरण अनुसार ७ जनाको मृत्यु हुनुका साथै २२ जना बढि घाइते भएका छन ।
पश्चिम रुकुम देखि काठमान्डौका लागी छुटेको ००६ ख ३८७९ नम्बरको बागमती प्रदेशको बस सोमबार साँझ करिब ४ बजेतिर मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा परेका मृत्क र घाइतेको उद्धारको काम भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङङका प्रमुख प्रहरी निरीषक राजकुमार बिकले बताउनु भयो ।
मृतक र घाइतेको उद्धारका निम्ति नेपाल प्रहरी र स्थानीयको सक्रियतामा उद्धारको काम भइरहेको हो । घाइतेलाई बुर्तिैबाङ स्वास्थय केन्द्रमा उपचारका निम्ती ल्याएको छ । अझैपनी घाइते र मृतकको उद्धार भइरहेको प्रहरी निरीक्षक बिकले बताउनु भयो ।
बस मध्यपहाडी लोकमार्ग देखि करिब १५० मिटर तल खसेको छ। बसमा यात्रु संख्या धेरै रहेको र घाइते र मृतकको संख्या समेत यकिन भइनसकेको उद्धारमा खटिनु भएका इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिकले बताउनु भयो । साँझ ७ बजेसम्म पनी उद्धारको काम भइरहेको छ ।

बागलुङको निसीखोलामा बस दुर्घटना: २ जनाको मृत्यु १६ बढि घाइते

0

 

चैत्र ५ गते बुर्तिबाङ

बागलुङको निसीखोला गाउँपालिका ६को जाउले पानी भन्ने स्थानमा बस दुर्घटना भएको छ । पश्चिम रुकुम देखि काठमान्डौका लागी छुटेको ००६ ख ३८७९ नम्बरको बागमती प्रदेशको बस सोमबार साँझ करिब ४ बजेतिर मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा   निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिका अनुसार २ जनाको मृत्यु १६ बढि घाइते भएको बताइएको छ । मृत्यु र घाइते हुनेको संख्या अझै बढ्न सक्ने प्रत्यक्ष दर्सिले बताएका छन । 

मृतक र घाइतेको उद्धारका निम्ति नेपाल प्रहरी र स्थानीयको सक्रियतामा उद्धारको काम भइरहेको निसीबाट डिल्ली सापकोटाले बताउनु भयो । बस मध्यपहाडी लोकमार्ग देखि करिब १५० मिटर तल खसेको छ।

बसमा यात्रु संख्या धेरै रहेको र घाइते र मृतकको संख्या समेत यकिन भइनसकेको उद्धारमा खटिनु भएका इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिकले बताउनु भयो । 

बागलुङको निसीखोलामा बस दुर्घटना: उद्धार सुरु

0

चैत्र ५ गते बुर्तिबाङ

 बागलुङको निसीखोला गाउँपालिका ६को जाउले पानी भन्ने स्थानमा बस दुर्घटना भएको छ । पश्चिम रुकुम देखि काठमान्डौका लागी छुटेको ००६ ख ३८७९ नम्बरको बागमती प्रदेशको बस सोमबार साँझ करिब ४ बजेतिर मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु र घाइते हुनेको संख्या यकिन हुन नसकेको बताइएको छ ।

मृतक र घाइतेको उद्धारका निम्ति नेपाल प्रहरी र स्थानीयको सक्रियतामा उद्धारको काम भइरहेको निसीबाट डिल्ली सापकोटाले बताउनु भयो । बस मध्यपहाडी लोकमार्ग देखि करिब १५० मिटर तल खसेको छ ।

निसी प्रहरी चौकी र स्थानीयले उद्धारको काम गरिरहेको र इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली समेत घटना स्थलमा पुग्न लागेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिकले बताउनु भयो ।

बसमा यात्रु संख्या धेरै रहेको र घाइते र मृतकको संख्या समेत यकिन भइनसकेको उद्धारमा खटिनु भएका डिल्ली सापकोटाले बताउनु भएको छ ।हालसम्म १६ जना घाइते रहेको र अन्य विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

लाम्मेलामा निः शुल्क दुई दिने शिविर सुरु

0

बुर्तिबाङ चैत्र २ गते
बागलुङको तमानखोला गाउँपालिका वडा नं. ४ लाम्मेलामा शुक्रबार देखि दुईदिने निः शुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।
दुर्गम गाउँका नागरिक सहज स्वास्थ्य उपचारबाट बञ्चित रहेको र आर्थिक अभाबकै कारण रोग लुकाएर बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्नका निम्ती शिविरको आयोजना गरिएको वडा नं. ४ का अध्यक्ष छ प्रसाद श्रीपालीले बताउनु भयो ।

तमानखोला गाउँपालिका वडा नं. ४ को आयोजना लाम्मेला आधारभतु स्वास्थ्य इकाईको सहकार्यमा शुक्रबार देखि सुरु भएको शिविरमा पहिलो दिन दुई सय ५५ नागरिकले सेवा लिएका छन ।

नेपा लिप्पो संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा सुरु भएको शिविरमा जनरल फिजिसियन सम्बन्धी सम्पूर्ण समस्याको चेकजाँच तथा उपचार, स्त्री रोग, नाक, कान, आंखा , घाँटी , हार्डजोर्नी तथा बालरोग सम्बन्धी समस्याको चेकजाँच तथा उपचार गरिएको हो ।
तमानखोला गाउँपालिका वडा नं. ३ र ४ का नागरिकको सहभागिता रहेको शिविरमा तिन जना नेपाली विशेषज्ञ डाक्टर, १ जना नर्स, १ जना एचऐ र ३ जना बिदेशी बिज्ञ परिवेच्छक सहित १२ जनाको टोलीले बिरामीको स्वास्थ्य परिक्षण संगै उपचार सुरु गरेको हो ।

शनिबार सम्म जारी रहने शिविरमा तमानखोला गाउँपालिकाको दुर्गम बस्तिका नागरिकले स्वास्थ्य सेवा लिन पाउने भएका हुन ।

तमानखोला गाउँपालिकाको लाम्मेलामा निः शुल्क दुई दिने शिविर सुरु

0

बुर्तिबाङ चैत्र २ गते
बागलुङको तमानखोला गाउँपालिका वडा नं. ४ लाम्मेलामा शुक्रबार देखि दुईदिने निः शुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।
दुर्गम गाउँका नागरिक सहज स्वास्थ्य उपचारबाट बञ्चित रहेको र आर्थिक अभाबकै कारण रोग लुकाएर बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्नका निम्ती शिविरको आयोजना गरिएको वडा नं. ४ का अध्यक्ष छ प्रसाद श्रीपालीले बताउनु भयो ।

तमानखोला गाउँपालिका वडा नं. ४ को आयोजना लाम्मेला आधारभतु स्वास्थ्य इकाईको सहकार्यमा शुक्रबार देखि सुरु भएको शिविरमा पहिलो दिन दुई सय ५५ नागरिकले सेवा लिएका छन ।

नेपा लिप्पो संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा सुरु भएको शिविरमा जनरल फिजिसियन सम्बन्धी सम्पूर्ण समस्याको चेकजाँच तथा उपचार, स्त्री रोग, नाक, कान, आंखा , घाँटी , हार्डजोर्नी तथा बालरोग सम्बन्धी समस्याको चेकजाँच तथा उपचार गरिएको हो ।
तमानखोला गाउँपालिका वडा नं. ३ र ४ का नागरिकको सहभागिता रहेको शिविरमा तिन जना नेपाली विशेषज्ञ डाक्टर, १ जना नर्स, १ जना एचऐ र ३ जना बिदेशी बिज्ञ परिवेच्छक सहित १२ जनाको टोलीले बिरामीको स्वास्थ्य परिक्षण संगै उपचार सुरु गरेको हो ।

शनिबार सम्म जारी रहने शिविरमा तमानखोला गाउँपालिकाको दुर्गम बस्तिका नागरिकले स्वास्थ्य सेवा लिन पाउने भएका हुन ।

सिटिजन लाइफ इन्स्योरेन्स  बागलुङ शाखाद्वारा  घातक रोग बापतको बिमा दाबी भुक्तानी

0

 

चैत्र २ गते बागलुङ

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी  लिमिटेड बागलुङ शाखाले सोमबार घातक रोग बापतको बिमा दाबी भुक्तानी गरेको छ।
कम्पनीले बागलुङ नगरपालिका वडा नं।  १  स्थित  बिमित बिमलेश आचार्यलाई उहाँकै निवासमा पुगेर घातक रोग लागे बापत १४ लाख ५८ हजार ७०० रुपैयाँ बिमितलाई हस्तान्तरण गरेको शाखा प्रमुख कमला शर्माले बताउनु भयो ।
बिमित आचार्यले २०७६ पौष महिनामा सिटिजन लाइफको बागलुङ शाखाबाट घातक  रोगको सुविधा सहित वार्षिक बिमा शुल्क १ लाख ६८ हजार रुपैयाँ बुझाउने गरि सिटिजन शुभारम्भ योजना खरिद गर्नुभएको थियो।


बिमा गरेको करिब ४ वर्षको अवधिमानै प्राणघातक रोग लागेको ले बिमित आचार्यलाई दाबी रकमको चेक भुक्तानी गरिएको जनाइएको छ ।
घातक रोग दाबी भुक्तानी कार्यक्रममा बागलुङ शाखाका शाखा प्रबन्धक कमला शर्माले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अतिरिक्त सुविधा मार्फत एउटा मात्र रोगको नभई २० घातक रोगहरूको बिना बिल नै ५० लाख सम्मको उपचार खर्च नेपालमै पहिलो पटक सेवा दिने गरि धेरै क्षेत्रमा काम गरिरहेको बताउनु भयो।
बिमित आचार्यले बिना बिल भरपाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबाट प्राप्त रकमले उपचारमा धेरै आर्थिक सहयोग र हौसला प्राप्त भएको बताउँदै सिटिजन लाइफ इन्स्योरेन्सलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा शाखा प्रमुख कमला शर्मा सहित कर्मचारी बिकाश सापकोटा, सिनियर एजेन्सी मेनेजर अस्मिता गौतम,एजेन्सी म्यानेजर सिर्जना जिसी चोखाल, एजेन्सी म्यानेजर सम्झना कार्की आचार्य लगायतका अन्य समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो । 

बागलुङकै दुर्गम मानिएको तमानखोलामा पक्की सडक बन्दै

0

चैत्र २ गते बगलुङ

बगलुङ जिल्लाको तमानखोला गाउँपालिका भौगोलिक विकटताका हिसाबले जिल्लामै दुर्गम मानिन्छ । पक्कि सडक र मोटरेवल पुल निर्माण सम्पन्न नभइसकेको गाउँपालिका क्षेत्रमा अब पक्कि सडक संगै विभिन्न स्थानमा मोटरेवल पुल निर्माण हुने भएको हो ।

सिधा सडक सञ्जाल नहुनु र मोटरेवल पुल नहुँदा करिब ४ महिना तमानखोला गाउँपालिकाका नागरिक सडक पहुँच देखि टाढा रहँदै आएको अवस्थामा पक्की सडकले जोड्ने गरी गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २३ करोड २६ लाख २९ हजारको स्रोत सुनिश्चित गरेको छ ।

बहुवर्षे ठेक्का प्रक्रियामार्फत बुर्तिबाङ–बोङ्गादोभान सडक कालोपत्रे गरिने भएको छ । ट्रयाक खुलेको १० वर्षसम्म पनि सडक स्तरोन्नति नहुँदा जोखिम मोलेर यात्रा गर्दै आएका नागरिक कालोपत्रे हुने भएपछि हर्षित भएका छन् । बुर्तिबाङ बजार देखि ११ किलोमिटर टाढाको दुरीमा रहेको तमानखोला गाउँपालिकाको सदरमुकाम बोङगादोभान बजार सम्म ग्राभेलिङ भएके थियो तर लामो समय सम्म पक्कि सडक र्निाणको काम नहुँदा सडक जिर्ण अवस्थामा पुगिसकेको छ ।

विसं २०७० सालमा पहिलोपटक यस क्षेत्रमा सडक पुगेको थियो । बुर्तिबाङ बजारदेखि ११ किलोमिटर दूरीमा रहेको बोङ्गादोभान सिङ्गो तमानखोलाको प्रवेशद्वार नै हो ।
बुर्तिबाङ बजारदेखि तमानखोला–३ तमान गाउँ र वडा नम्बर ४ लाम्मेला ढोरपाटन नगरपालिकाको खुङ्गा हुँदै पुग्न सकिने भए पनि अन्य वडामा बोङ्गा दोभानबाटै पुग्नुपर्छ
भौगोलिक विकटतासँगै राज्यको नजरमा पर्दा अहिलेसम्म पछाडि परेको तमानखोलामा विस्तारै विकासले गति लिन थालेको छ । बागलुङ क्षेत्र नम्बर २ ख बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरले अब दुर्गमका नागरिकले पनि पक्की सडकमा यात्रा गर्न पाउने बताए । सडकसँगै अन्य विकासमा तमानखोला पछाडि परेको भन्दै अब भने यहाँका जनताले दुर्गममा भएको अनुभूति गर्न नपर्ने उनको भनाइ छ ।

प्रदेशसभा सदस्य कुँवरले लामो समयको प्रयासपछि यस वर्ष तमानखोलाको मुख्य सडक कालोपत्रेका लागि बजेट व्यवस्थापन गर्न सकेको बताए । पालिकाको बजेटले नभ्याउने, केन्द्र र प्रदेशबाट बजेट नपर्दा अहिलेसम्म विकासमा पछि परेको उन बताउँछन् । प्रदेश सरकारमा आफूले ठूलो कसरत गरेपछि मात्रा बजेट व्यवस्थापन गर्न सफल भएको उनको भनाइ छ । तीन वर्षमा सक्ने गरी ठेक्का अगाडि बढ्ने भन्दै यस वर्ष पाँच करोडको काम हुने उनले बताए ।

उनले भने, “अहिलेसम्म तमानखोलामा कतै पनि कालोपत्रे सडक छैन, अब तमान खोलावासीले पनि कालोपत्रे सडक देख्न र यात्रा गर्न पाउने छन्, यो बहुवर्षे योजना हो, एकै वर्षमा सकिँदैन, तीन वर्षसम्म सक्नुपर्नेछ, यस वर्ष पाँच करोड विनियोजन भएको, बजेट पनि निरन्तर आउने आउने काम पनि हुँदै जानेछ, योसँगै बोङ्गा दोभान–खुङ्खानी नर्जाखानी, थास्पुरी तमान जोड्ने २२ किलोमिटर सहरी सडक पनि स्तरोन्नतिका लागि डिपिआर गरेका छौँ भने घट्टबोट र धोमइघाटमा मोटरेबल पुल निर्माणका लागि पनि डिपीआर भएको छ ।”
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले पालिकाको सीमित स्रोत साधनले सडक कालोपत्रे गर्न नसकिएको बताए ।

पुल निर्माण र सडक कालोपत्रेका लागि ठूलो बजेट चाहिने तर पालिकाको बजेटले नपुग्ने हुँदा वर्षौंदेखि यहाँका हजारौँ नागरिक कच्ची सडक कालोपत्रेको काम पूर्वाधार विकास कार्यालयमार्फत हुनेछ । गण्डकी प्रदेश अर्थ मन्त्रालयले बजेट सुनिश्चितता गरेपछि कालोपत्रेका लागि प्रक्रिया अगाडि बढाइएको पूर्वाधार विकास कार्यालय बागलुङका सूचना अधिकारी इन्जिनियर दिपेश रिगलले जानकारी दिए ।

अब तत्काल कार्यालयले सडकको काम अगाडि बढाउने भन्दै ठेक्का प्रक्रियामा गएर काम गर्ने उनको भनाइ छ ।
बोडगादोभान बजारमा मोटरेवल पुल निनिमास्णको काम भइरहेको छ । उक्त पुल निर्माण सम्पन्न भएमा बर्षातको समयमा नागरिकलाई सवारी मार्फत आवत जावत गर्न सहज हुने भएको छ । त्यस्तै वडा नं. ५ मा समेत मोटरेवल पुल बन्ने भएको छ ।