लाम्मेलामा निः शुल्क दुई दिने शिविर सुरु

बुर्तिबाङ चैत्र २ गते
बागलुङको तमानखोला गाउँपालिका वडा नं. ४ लाम्मेलामा शुक्रबार देखि दुईदिने निः शुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।
दुर्गम गाउँका नागरिक सहज स्वास्थ्य उपचारबाट बञ्चित रहेको र आर्थिक अभाबकै कारण रोग लुकाएर बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्नका निम्ती शिविरको आयोजना गरिएको वडा नं. ४ का अध्यक्ष छ प्रसाद श्रीपालीले बताउनु भयो ।

तमानखोला गाउँपालिका वडा नं. ४ को आयोजना लाम्मेला आधारभतु स्वास्थ्य इकाईको सहकार्यमा शुक्रबार देखि सुरु भएको शिविरमा पहिलो दिन दुई सय ५५ नागरिकले सेवा लिएका छन ।

नेपा लिप्पो संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा सुरु भएको शिविरमा जनरल फिजिसियन सम्बन्धी सम्पूर्ण समस्याको चेकजाँच तथा उपचार, स्त्री रोग, नाक, कान, आंखा , घाँटी , हार्डजोर्नी तथा बालरोग सम्बन्धी समस्याको चेकजाँच तथा उपचार गरिएको हो ।
तमानखोला गाउँपालिका वडा नं. ३ र ४ का नागरिकको सहभागिता रहेको शिविरमा तिन जना नेपाली विशेषज्ञ डाक्टर, १ जना नर्स, १ जना एचऐ र ३ जना बिदेशी बिज्ञ परिवेच्छक सहित १२ जनाको टोलीले बिरामीको स्वास्थ्य परिक्षण संगै उपचार सुरु गरेको हो ।

शनिबार सम्म जारी रहने शिविरमा तमानखोला गाउँपालिकाको दुर्गम बस्तिका नागरिकले स्वास्थ्य सेवा लिन पाउने भएका हुन ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित