Home Blog Page 93

कर्तव्य ज्यान मुद्दामा फरार निसीखोलाकी हरिकला कार्की ११ वर्षपछि पक्राउ ।

0

चैत्र १२ गते बागलुङ

कर्तब्य ज्यान मुद्दामा १९ बर्ष ११ महिना ६ दिन कैद फैसला भएकी फरार प्रतिबादी  बागलुङको निसीखोला गाउँपालिका १ की ४७ बर्षिया अनिला भन्ने हरिकला कार्कीलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले फरार भएको ११ बर्षपछि पोखराबाटपक्राउ गरेको छ ।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बागलुङबाट २०६९ भाद्र ५ गते फैसला हुँदै गर्दा फरार रहेकी कार्कीलाई ११ वर्षपछि गत चैत्र ९ गते पोखराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दीपक बाबु केसीले बताउनु भयो ।पक्राउ परेकी हरिकला कार्कीलाई कानुन बमोजिम कारवाही स्वरुप लगत कट्टाको निम्ति जिल्ला अदालत बागलुङ पठाइएको जनाइएको छ ।

पोखरा स्थित एक विद्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्दे आएकी हरिकलालाई विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिक सहितको प्रहरी टोलीले प्रकाउ गरेको हो । अभियुक्त कार्कीले स्थानीय तुल बहादुर शाहीको हत्या गरेको आरोपमा पक्राउ परेको स्थानीयले बताएका छन

कान्तिले उपचार नगरी फर्काएको बालिकाको निधन

0

काठमाडौं : कान्ति बाल अस्पातालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सात वर्षीया सेन्जल शाहीको मृत्यु भएको छ।

उनको चाबहिलस्थित नेपाल–भारत मैत्री अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको लक्ष्मण दत्त सुवेदीले बताएका छन्।

गत मंगलबार राति पौने १२ बजे कान्ति बाल अस्पतालको इमर्जेन्सीमा पुर्‍याइएकी बालिकालाई कान्तिले भर्नै नगरी फिर्ता पठाएको थियो। सिकिस्त बालिकालाई भर्ना नै नगरी फर्काएपछि अस्पताल प्रशासनको चौतर्फी आलोचना भइरहेको छ।

गम्भीर अवस्थाकी बालिकालाई पीआईसीयूमा राखेर उपचार गर्नुपर्ने भन्दै कान्तिका चिकित्सकले फिर्ता पठाएका थिए। त्यतिबेला अस्पतालमा पिआइसियू बेड खाली नभएको उनीहरुको दाबी छ।

‘कान्ति बाल अस्पातालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सेन्जल शाहीको निजी अस्पतालमा उपचारकै क्रममा आइतबार राति निधन भएको छ,’ सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सेन्जललाई बचाउन उनको परिवार र अस्पतालका चिकित्सकले अनेक प्रयास गरेपनि सफल हुन सकेन।’

मंगलबार राति कान्तिले बालिकालाई फिर्ता पठाउँदा उनका अभिभावकले बालिकाको अवस्था गम्भीर भइसकेको भन्दै आईसीयू वा भेन्टिलेटरमा राखेर उपचार गर्न हारगुहार गरेका थिए। तर, अभिभावकको हारगुहारलाई बेवास्ता गर्दै त्यहाँका चिकित्सकले बालिकालाई बाहिर लैजान भन्दै भर्ना नगरी फिर्ता पठाएका थिए।

सरकारी अस्पतालले फर्काइदिएपछि बाध्यताले निजी अस्पतालमा उपचार गर्नुपर्दा बालिकाका अभिभावकले थप ८ लाख ऋणसमेत बोक्नु पर्ने अवस्था सिर्जना भएको सुवेदीको भनाई छ।

 

श्रोत थाहा खबर

झिवाखोलामा रंगीन युवा क्लबको होली मेला हर्षोल्लासको साथ मनाइयो । 

0


त्यस्तै निसीखोला गाउँपालिका ४ मा रहेको रंगीन युवा क्लबको आयोजनामा रङ्गिन होली मेला भब्य रुपमा मनाइएको छ । एक आपसमा होली खेलेर हर्ष उल्लासका साथ होली पर्व मनाइएको हो ।

पश्चिम बागलुङकै महत्वपूर्ण मेलाको रुपमा रहेको होली मेला आइतबार निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले उद्घाटन गर्नुभएको थियो ।

अध्यक्ष घर्तीले बोल्दै एक आपसमा सद्भाव साटासाट गर्दे मनाइने होली पर्व यसक्षेत्रको महत्वपूर्ण संस्कृति रहेको बताउँदै रंगीन युवा क्लबले यसको जर्गेनाको निम्ति महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो ।

 क्बल अध्यक्ष नन्दलाल रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमका अवसरमा पूरुष भलिवल प्रतियोगिता, ब्याडमिन्टन, गुरुप डान्ड, माछा छोपाई लगायतका प्रतियोगिता समेत सञ्चालन गरिएको हो ।

असत्यमाथि सत्यको, छलमाथि निष्छलताकोअधर्ममाथि धर्मको विजयको प्रतीकको रुपमा होली पर्व मनाउने गरिन्छ ।

इमेज पीडितले बुर्तिबाङको दरबार होटल बैशाख १ देखि सञ्चालनमा ल्याउने ।

0

 

चैत्र १२ गते बुर्तिबाङ

इमेज बचत तथा ऋण सहकारी सँस्था लिमिटेडका बचत कर्ता पीडितले दश महिना बित्दा समेत फरार इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली सम्पर्कमा नआएपछि बन्द रहेको बुर्तिबाङ बजारको दरबार होटल र रेष्टुरेन्ट सञ्चालन ल्याउने तयारी गरिएको गल्कोट संघर्ष समितका अध्यक्ष मञ्जु शर्माले बताउनु भयो ।

गल्कोट र बुर्तिबाङ का बचत कर्ता पीडित संघर्ष समितिको निर्णय अनुसार आफूहरूले दरबार होटल खोलेर त्यहाँ रहेका सामानको विभिन्न राजनैतिक दलको रहोभरमा तथ्यांक संकलन गरिएको र अब सरसफाइ लगायतका कार्य गरेर २०८१ बैशाख १ गते होटल रेष्टुरेन्ट सञ्चालनमा ल्याउने गरि आवश्यक तयारी गरिएको शर्माको भनाई छ ।

उता राष्ट्रिय सहकारी बैँकले घर जग्गा लिलामीमा राख्ने तयारी गरिरहेको बताउँदै बुर्तिबाङमा रहेको होटल दरबार रहेका घर १२ करोड धितोमा रहेका कारण लिलामीमा जान नदिई पीडित सदस्यहरूले खरिद गर्ने गरि तयारी गरिएको बताउँदै अब बुर्तिबाङ र गल्कोटका पीडित मिलेर होटल तथा भौतिक संरचनाको स्याहार सुसार गर्ने, सञ्चालनमा ल्याउने निर्णय भएको बताउनु भयो ।

विभिन्न समयमा सामाजिक सञ्जालमा लाइभ आउने, विज्ञप्‍ति राख्दै आएका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष एवम् ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपाली आफूहरू सँग एक पटक पनि सम्पर्कमा नभएको बताउँदै सहज वातावरण सृजना गर्दा समेत पीडितको माग प्रति सरकार समेत लाचार बनिरहेको पीडितहरूले बताएका छन ।

संघर्ष समिति गल्कोटका अध्यक्ष मञ्जु शर्माका अनुसार नेपालीले राष्ट्रिय सहकारी बैँकबाट करिब २५ करोड, ग्लोबल आइएमी बैँक र गरिमा विकास बैँकबाट गरि करिब १२ करोड गरि ३७ करोड बराबरको ऋण लिएको बताउँदै तत्काल राष्ट्रिय सहकारी बैँकमा राखिएको बुर्तिबाङमा रहेको दरबार होटल भएको घर गुम्न नदिन आफूहरूले उक्त ऋण तिरेर भएपनि पीडितको नाममा ल्याउने वातावरण तयार गर्न आफूहरू छलफलमा रहेको शर्माले बताउनु भयो ।

लायन्स क्लब अफ ढोरपाटनको अध्यक्षमा पत्रकार छविलाल पाण्डे

0

लायन्स क्लब अफ ढोरपाटनको २०२४–२५ को अध्यक्षमा छविलाल पाण्डे
चैत्र ९ गते बुर्तिबाङ
लायन्स क्लब अफ ढोरपाटनको २०२४–२५ को अध्यक्षमा छविलाल पाण्डे चयन हुनुभएको छ । शुक्रबार बुर्तिबाङमा आयोजित एक कार्यक्रमको बिच संस्थाको प्रथम उपाध्यक्ष रहनु भएका पाण्डे संस्थाको अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । सामुदायिक रेडियो ढोरपाटनका स्टेसन म्यानेजर समेत रहेका पाण्डे सामाजिक कार्यमा सक्रिय रहँदै आउनु भएको हो । क्लबको प्रथम उपाध्यक्षमा तेजेन्द्र केसी, दित्तिय उपाध्यक्षमा मुक्तिनाथ लोहनी, तिर्तिय उपाध्यक्षमा पूर्ण प्रसाद सापकोटा, सचिव हेमेन्द्र घर्ति, कोषाध्यक्ष युवराज कँडेल चयन हुनुभएको छ । विगत ४ वर्षदेखि सक्रिय क्लबले पश्चिम बागलुङमा विभिन्न सामाजिक कार्य गर्दे आइरहेको हो । लायन्स डिस्ट्रिक्ट ३२५ के अन्तरगतरहेको क्लबका हाल राम प्रसाद आर्चाय रहनु भएको छ । नव निर्वाचित समितिले सन २०२४–२५ का निम्ति जिम्मेवारीमा रहेर काम गर्ने छ । 

ग्लोबल मनि विक २०२४ को अवसरमा नेपाल बैँक बुर्तिबाङ शाखा द्धारा वित्तीय साक्षरता कार्यक्रम

0


चैत्र ९ गते बुर्तिबाङ
नेपाल बैँक लिमिटेड बुर्तिबाङ शाखा द्धारा शुक्रबार उत्तरगंगा माध्यमिक विद्यालय बुर्तिबाङमा विश्व व्यापी मुद्रा सप्ताह २०२४  कार्यक्रम अन्तरगत  कक्षा ११ र १२ का विद्यार्थी संग वित्तीय साक्षरता
कार्यक्रम गरिएको छ । 

विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने अर्गनाइजेशन अफ इकोनोमिक्स कोअपरेसन एन्ड डेभलपमेन्टको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । उक्त सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गरिरहेको छ ।

विश्व व्यापी मुद्रा कार्यक्रम अन्तरगत  आजको बचत गर्नुहोस् सुरक्षित भविष्यको लागी भन्ने मूलनाराका साथ सम्पूर्ण सङ्कायमा अध्ययनरत  ११ र १२ का २०० बढि विद्यार्थीको बिचमा ग्लोबल सप्ताहको विषयमा जानकारी दिँदै  “बचत कसरी गर्ने र भावी दिनमा त्यसको प्रभाव ”लगायतका विषयमा जानकारी गराउँदै युवा पीडिलाई कसरी बचत गर्ने बानीको विकास गराउने र उनिहरुलाई अनावश्यक फजुल खर्चबाट जोगाउने उपायको विषयमा अन्तरकृया गरिएको नेपाल बैँक लिमिटेड बुर्तिबाङका शाखा प्रमुख सुनिल चौधरीले बताउनु भयो ।

उहाँका अनुसार विद्यार्थीको फजुल खर्च गर्ने बानी रोक्दै बचत कसरी गर्ने र परिवारमा समेत अभिभावकको कमाई र त्यसलाई कसरी बचत गर्ने भन्ने विषयमा जानकारी गराउँदै उत्प्रेरण सहितको अन्तरकृया कार्यक्रम गरिएको जनाइएको छ ।

 

 नेपाल बैँक लिमिटेड बुर्तिबाङका प्रमुख सुनिल चौधरीको अध्यक्षता रहेको कार्यक्रममा उत्तर गंगा माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद पौडेलको प्रमुख आतिथ्यता, शिक्षक हिरालाल पौडेलको आतिथ्यता एवं नेपाल बैँकका कर्मचारी दिपा सुनारको स्वागत कर्मचारी सुरेश बस्नेतको सहजिकरणमा सम्पन्न भएको थियो । 

दश महिना देखि लगाइएको दरबार होटलको ताला इमेज सहकारी पीडितले खोले

0

चैत्र ९ गते बुर्तिबाङ

इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सहकारी संस्थाको करोडौँ रकम झवाम पारेर फरार भएको १० महिना बितेको छ ।

समय समयमा फेसबुक लाइभ र विभिन्न विज्ञप्ति मार्फत सामाजिक सञ्जालमा झुल्किने मेयर नेपाली पछिल्लो समय गुमनाम जस्तै छन । नत राज्यले पक्राउ गरि कानुनी कठघरामा ल्याउन सक्यो नत अहिले सम्म बचत कर्ताले न्याय पाउन सके ।

पटक पटक आफ्नो माग लिएर राज्यका विभिन्न निकायमा पुग्दै गर्दा समेत आफूहरूले न्याय पाउन नसकेको संघर्ष समिति गल्कोटका अध्यक्ष मञ्जु शर्माले बताउनु भयो । प्रधान मन्त्री, मन्त्री, सबै दलका नेतालाई भेटियो, प्रहरीले रेडकर्नर नोटिस जारी गरेको पनि धेरै भइसक्यो तर भगुवा देवकुमार नेपाली अहिले सम्म पक्राउ पर्न नसक्नु र राज्यले समेत उदासिनता देखाउँदा पीडितहरू मर्कामा परिरहने अवस्था रहेको बताउँदै विगत १० महिना देखि ताला लगाइएको बुर्तिबाङ बजारमा रहेको दरबार होटलमा लगाइएको गेटको ताला फोडेका हुन ।

आफूहरूले अब होटल सञ्चालन गर्ने र खाली सटरमा आफै व्यापार व्यवसाय सञ्चालन गर्ने गरि अगाडि बढिएको बताउँदै यहाँ स्थित प्रशासन राजनैतिक दल सबैले आफूहरू लाई साथ दिनुपर्ने शर्माको भनाई छ । पीडितले ताला फोडेर होटल भित्र प्रवेश गरेसँगै इलाका प्रहरी कार्यालयको टोली समेत त्यहाँ पुगेको थियो ।

प्रहरीले शनिबार प्रशासन, जनप्रतिनिधि, र पीडित पक्षबीच छलफल गरेर मात्रै थप अगाडि बढ्ने बताएपछि पीडितहरूले आफै ताला पुनः लगाएर छलफलमा बस्ने सहमति जनाएका छन । शुक्रबार दिउँसो गल्कोट र ढोरपाटन सेवा केन्द्रका सहकारी पीडित संघर्ष समिति र यहाँ स्थित जनप्रतिनिधि, राजनैतिक दल, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको बिचमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संघर्ष समिति अध्यक्ष मञ्जु शर्माले बोल्दै आफूहरूले अहिले सम्म न्याय खोज्दा पाउन नसकेको संघर्ष समिति र पीडितहरू इमानदार बन्दा देवकुमार नेपालीले त्यसको फाइदा उठाइरहेको बताउँदै अब कुनै हालतमा नेपालीका घर संरचना कब्जा गरेर अगाडि बढिने बताउनु भयो ।

राष्ट्रिय सहकारी बैँकबाट करोडौँ ऋण लिएका देवकुमार नेपालीले लामो समयदेखि ऋण चुक्ता गर्न नसक्दा सहकारी बैँकले पटक पटक सूचना प्रकाशित गर्दे कालो सुचीमा राखेको अब चाँडै लिलाम प्रकृयामा जान लागेका कारण पीडित झन पीडित बन्ने अवस्था आएका कारण आफूहरू न्याय खोज्दा खोज्दा झनै पीडित बनिसकेका कारण पनि अब सबैको साथ र सहयोग लिएर अगाडि बढ्ने अध्यक्ष मञ्जु शर्माले बताउनु भयो । आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले समेत पीडितको न्यायका निम्ति आफूहरू साथमा रहेको बताउँदै राज्यलाई खबरदारी गर्ने विषयमा आफूहरूले सक्रिय भूमिका निवार्ह गर्ने बताउँदै नियतमै बदमासी बोकेका देवकुमार नेपालीले सयौँ नागरिकलाई पीडा दिइरहेको बताएका हुन 

कार्यक्रममा  प्रमुख अतिथी समेत रहनु भएका गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले बोल्दै आफूहरूले सहकारी पीडितको आवाज पटक पटक प्रदेश सभामा बोल्दै आएको र राज्यका निकायमा समेत ध्यानाकर्षण गराउँदै आएको बताउँदै पीडितले न्याय पाउने विषयमा निरन्तर आवाज उठाउँदै जाने बताउनु भयो ।

 नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी सोम बहादुर पौवीले बोल्दै देब कुमार नेपालीले पिडित बचत कर्तालाई ठगेर फरार हुँदै गर्दा राज्यको सम्वन्धित निकाय निहिर बनेर बसेको बताउँदै आफुहरुले सुरुवाती दिनदेखि पिडितको पक्षमा उभिएर साथ दिइरहेको बताउँदै संधै पिडितको पक्षमा रहने बताउनु भयो । 

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य चन्द्र लाल अर्यालले बोल्दै देवकुमार नेपालीले आफूले करोडौँ ठगी गरेर फरार हुँदै गर्दा पीडित बचत कर्ता र समितिमा राखिएका व्यक्ति फसिएको बताउँदै यस्ता आपराधिक व्यक्तिलाई ठेगान लगाउन राज्यले ध्यान दिन नसकेको बताउनु भयो ।

कार्यक्रममा ढोरपाटन नगरपालिका पूर्व उपमेयर करमति पुन, नेकपा एमाले प्रदेश सदस्य टंक प्रसाद पौडेल, ढोरपाटन नगरपालिका वडा नं.८ का अध्यक्ष भद्रमणी सुनार , वडा नं. ९ का अध्यक्ष खिम बहादुर घर्ती, त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उत्तम बहादुर महत, गुञ्ज बहादुर भण्डारी लगायतले आफ्नो धारणा राख्दै सहकारी पीडितले न्याय पाउन नसक्नु राज्यको समेत कमजोरी रहेको बताउँदै देवकुमार नेपालीले पीडितले सहज वातावरण मिलाउँदा समेत वेवास्ता गरेर विज्ञप्ति लेख्दै लुकेर बस्ने काम गरिरहेको बताएका छन ।

बचत कर्ताको बागलुङको बुर्तिबाङ, गल्कोट र बागलुङ बजार तथा पोखराबाट डेढ अर्ब बढि रकम हिनामिना गरेर परिवार सहित फरार रहेका नेपालीलाई रेडकर्नर नोटिस जारी भएको समेत धेरै समय वितिसकेको छ यता सहकारी पिडित बचतकर्ताले सहकारी व्युताउने गरि समिती गठन गरेको छ । 

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस बुर्तिबाङमा पनी मनाईयो ।

0

चैत्र ८ गते बुर्तिबाङ

आज ५९ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

संयुक्त राष्ट्र सङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धी पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरे पनि नेपालले भने यो महासन्धीलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो ।

दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ । नेपालमा दलित तथा पछाडि पारिएका समुदायले यो दिवस मनाउँदै आएका छन् ।

बुर्तिबाङ बजारमा समेत नेपाल दलित मुक्ति मोर्चा ढोरपाटन नगर समितीको आयोजनामा १ दिने अन्तरकृया कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।

दलित मुक्ति मोर्चा ढोरपाटन नगर अध्यक्ष प्रेम बहादुर बिकको अध्यक्षतामा आयोजित कार्यक्रममा दलित मुक्ति मोर्चा गण्डकी प्रदेश संयोजक कुविर बिकको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी कुविर बिकले बोल्दै  जातीय विभेद उन्मूलन दिवस मनाउन थालेको दुई दशक पुग्दा विभेद उन्मूलनका लागि प्रभावकारी काम हुन नसकेको बताउँदै

दलित समुदायका व्यक्तिमाथि अझै पनि कुनै न कुनै रुपको विभेद भइरहेको बताउनु भएके छ ।  जातीय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भए पनि जातीय भेदभाव तथा छुवाछुतका घटना भइरहेका छन् बिकले भन्नुभयो । चेतनाको अभाबका कारण अझैपनी बालबिवाह, लैंगिक हिंसा तथा जातिय छुवाछुत नेपालमा कायमै रहेका कारण सचेत नागरिकबाट त्यसको निराकरणका निम्ती लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा दलित मुक्ति मोर्चा गण्डकी प्रदेश सदस्य तथा ढोरपाटन नगर इन्चार्ज दिलिप बिक, ढोरपाटन नगरपालिका ३ का अध्यक्ष खिम बहादुर सुनार , वडा नं। ८ का अध्यक्ष भद्रमणी सुनार , नेकपा माओबादी केन्द्र प्रदेश सदस्य बल बहादुर श्रीपाली, दलित मुक्ति मोर्चा तमानखोला गाउँपालिका अध्यक्ष अन प्रसाद बिक, उपाध्यक्ष झक प्रसाद बिक, माओबादी केन्द्र प्रदेश सदस्य यबी खाती , नेकपा एमाले ढोरपाटन नगर उपसचिब हेम प्रसाद बिक, लोकेन्द्र सुनार लगाएतको आतिथ्यता एवंम  मन्तव्य रहेको थियो । कार्यक्रम कमला पौडेलको सञ्चालनमा सम्पन्न भएको हो । वि।सं२०६२र६३ सालको जनआन्दोलनपछि पुनःस्थापित संसदले २०६३ साल जेष्ठ २१ गते नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । तर अहिले पनि छुवाछुतका घटना हुने गरेका छन् ।

 

अहिले जातीय छुवाछुत तथा भेदभाव  ९कसूर र सजाय० ऐन २०६८ पनि लागू भएको छ  । नेपालको संविधान, २०७२ को धारा २४ मा छुवाछुत तथा भेदभाव विरूद्धको हकलाई मौलिक हकका रूपमा राखिएको छ । जातीय भेदभाव र छुवाछुत अन्त्य तथा दलित अधिकार प्रवर्द्धन सम्बन्धी कायविधि, २०७३ पनि लागू भएको छ । तर यति धेरै  कानुन बने पनि त्यसको कार्यान्वयन  भने हुनै नसकेको अधिकारकर्मीहरुले बताएका छन् ।

 

आगलागी पीडित परिवारलाई बैंकर एशोसियसनको सहयोग

0

चैत्र ७ गते बुर्तिबाङ

मंगलबार आगलागीका कारण दुई घर पूर्ण रुपमा जलेर विस्थापित भएको ढोरपाटन नगरपालिका ३ विस्मोरका दुई परिवारलाई बैंकर एसोसियसन बुर्तिबाङले खाध्यान्न सामाग्री र लत्ता कपडा उपलब्ध गराएको छ । आगोलागि बाट हेमलाल कुवँर र आत्मराम कुवँरको परिवार बस्दै आएको दुई घर जल्दा घरभित्र रहेको खाध्यान्ह, लत्ता कपडा, भाँडाकुँडा सहित दुई परिवारको साढे दुई लाख रुपैयाँ समेत जलेर नष्ट भएको थियो ।

पीडित परिवारलाई पीडामा थोरै भएपनि मल्हम लगाउन बैंकमा कार्यरत कर्मचारीबाट आर्थिक संकलन गरि चामल, दाल नुन तेल र ओड्ने ओच्छ्याउने कपडा उपलब्ध गराइएको बैंकर एसोसियसन बुर्तिबाङका अध्यक्ष प्रेमनाथ पौडेलले बताउनु भयो ।

आगोलागी पिडित परिवारलाई ढोरपाटन नगरपालिका र लायन्स क्लब ढोरपाटनको सहयोग

0

चैत्र ६ बागलुङ)
बिद्युत सर्ट भएर आगो सल्किंदा मंगलबार बागलुङको ढोरपाटन ३ विस्मोरमा दुई घर जलेर नस्ट भएको छ । स्थानीय हेमलाल कुवँरको घरबाट फैलिएको आगोका कारण उनकै दाइ आत्मारामको पनि घर जलेर नष्ट भएको हो ।
आगोले घरभित्र राखिएको अन्नपात, लत्ता कपडा, भाँडाकुँडा र नगद २ लाख ५० हजार समेत जलेर नष्ट भएको हो । मंगलबार बिहान करिब पौने १० बजेको समयमा सुरु भएको आगोलागी पछि निभाउने प्रयास भएपनि असंभव जस्तै भयो । दुबै घर जलेर पूर्ण रुपमा नस्ट हुँदै गर्दा पिडित बनेको परिवारलाई ढोरपाटन नगरपालिका द्धारा खाध्यान्ह सामाग्रि हस्तान्त्रण गरिएको छ । नगरपालिकाले चामल, दाल, नुन तले लगाएतका खाध्यान्ह सामाग्रि उपलब्ध गराएको हो । पिडित परिवारलाई नगरपालिकाले आवस्यक सहयोग गर्ने कार्यवाहक मेयर धन बहादुर कायतले बताउनु भएको छ ।

त्यस्तै लायन्स क्लब अफ ढोरपाटनले तत्काल समितीका पदाधिकारीबाट तत्काल आर्थिक संकलन गरेर आवस्यक भाँडावर्तन र लत्ता कपडा उपलब्ध गराएको हो । सामाजिक कार्यमा सक्रिय रहेको लायन्स क्लबले तत्काल आवस्यक पर्ने खाना पकाउने र खाना खान प्रयोग गरिने भाँडाका सेट, एक एक सेट ओड्ने कपडा, म्याट्रेस लगाएतका सामाग्रि हस्तान्त्रण गरिएको हो ।

क्लबका अध्यक्ष राम प्रसाद आर्चाय लगाएत क्लबका पदाधिकारीको उपस्थिती रहेको कार्यक्रममा तिस हजार रुपैयाँ बराबरको सामाग्रि पिडित परिवारलाई हस्तान्त्रण गरिएको थियो । कार्यक्रम सँस्थाका प्रथम उपाध्यक्ष छविलाल पाण्डेले सहजिकरण गर्नुभएको हो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय बुर्तिवाङको टोली समेत उद्दारमा पुगेको थियो । प्रहरी निरीक्षक राजकुमार बिकका अनुसार आगोलागीमा परि हेमलाल कुवँरको भैँसीको पाडा समेत मरेको छ । बाख्रा फर्म, शौचालय लगाएतका सँरचना समेत ध्वस्त भएको हो । इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली र ढोरपाटन नगरपालिकाको विपद जोखिम न्यूनिकरण टोली र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो ।