लायन्स क्लब अफ ढोरपाटनको अध्यक्षमा पत्रकार छविलाल पाण्डे

लायन्स क्लब अफ ढोरपाटनको २०२४–२५ को अध्यक्षमा छविलाल पाण्डे
चैत्र ९ गते बुर्तिबाङ
लायन्स क्लब अफ ढोरपाटनको २०२४–२५ को अध्यक्षमा छविलाल पाण्डे चयन हुनुभएको छ । शुक्रबार बुर्तिबाङमा आयोजित एक कार्यक्रमको बिच संस्थाको प्रथम उपाध्यक्ष रहनु भएका पाण्डे संस्थाको अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । सामुदायिक रेडियो ढोरपाटनका स्टेसन म्यानेजर समेत रहेका पाण्डे सामाजिक कार्यमा सक्रिय रहँदै आउनु भएको हो । क्लबको प्रथम उपाध्यक्षमा तेजेन्द्र केसी, दित्तिय उपाध्यक्षमा मुक्तिनाथ लोहनी, तिर्तिय उपाध्यक्षमा पूर्ण प्रसाद सापकोटा, सचिव हेमेन्द्र घर्ति, कोषाध्यक्ष युवराज कँडेल चयन हुनुभएको छ । विगत ४ वर्षदेखि सक्रिय क्लबले पश्चिम बागलुङमा विभिन्न सामाजिक कार्य गर्दे आइरहेको हो । लायन्स डिस्ट्रिक्ट ३२५ के अन्तरगतरहेको क्लबका हाल राम प्रसाद आर्चाय रहनु भएको छ । नव निर्वाचित समितिले सन २०२४–२५ का निम्ति जिम्मेवारीमा रहेर काम गर्ने छ । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित