कर्तव्य ज्यान मुद्दामा फरार निसीखोलाकी हरिकला कार्की ११ वर्षपछि पक्राउ ।

चैत्र १२ गते बागलुङ

कर्तब्य ज्यान मुद्दामा १९ बर्ष ११ महिना ६ दिन कैद फैसला भएकी फरार प्रतिबादी  बागलुङको निसीखोला गाउँपालिका १ की ४७ बर्षिया अनिला भन्ने हरिकला कार्कीलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले फरार भएको ११ बर्षपछि पोखराबाटपक्राउ गरेको छ ।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बागलुङबाट २०६९ भाद्र ५ गते फैसला हुँदै गर्दा फरार रहेकी कार्कीलाई ११ वर्षपछि गत चैत्र ९ गते पोखराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दीपक बाबु केसीले बताउनु भयो ।पक्राउ परेकी हरिकला कार्कीलाई कानुन बमोजिम कारवाही स्वरुप लगत कट्टाको निम्ति जिल्ला अदालत बागलुङ पठाइएको जनाइएको छ ।

पोखरा स्थित एक विद्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्दे आएकी हरिकलालाई विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिक सहितको प्रहरी टोलीले प्रकाउ गरेको हो । अभियुक्त कार्कीले स्थानीय तुल बहादुर शाहीको हत्या गरेको आरोपमा पक्राउ परेको स्थानीयले बताएका छन

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित