Home Blog Page 92

आगलागीबाट घर जल्दा निसीखोला ७ मा ३ भैँसी मरे घर पूर्ण रुपमा क्षेती

0


चैत्र २२ गते बुर्तिबाङ
बागलुङको निसीखोला गाउँपालिका ७ राजकुट असारेमा बिहीबार दिउँसो लाल बहादुर कामीको घरमा आगलागी हुँदा घर पूर्ण रुपमा जले नस्ट हुनुका साथै गोठमा पालिका ३ वटा भैँसी जलेर नष्ट भएका छन ।
आगलागी हुँदा घरमा राखिएको अन्नपात, लत्ता कपडा, भाँडाकुँडा  मोबाइल लगायत सम्पूर्ण सामाग्री जलेन नष्ट भएको वडा नं. ७ का अध्यक्ष दीपक कुवँरले बताउनु भयो । बच्चाले आगो चलाउँदा आगलागी भएको हुन सक्ने स्थानीयले बताएका छन । आगो करिब ६ बजेतिर मात्रै स्थानीयले नियन्त्रणमा लिन सफल भएका छन ।त्यस्तै आगलागी पिडितलाई वडा अध्यक्ष दिपक कुवँरको उपश्थितीमा राहात सामाग्रि उपलब्ध गराइएको छ । पिडितलाई तत्काल राहात मिल्ने गरी खाध्यान्ह र घर छाउन मिल्ने जस्तापाता उपलब्ध गराइएको हो ।

ढोरपाटन र निसीमा  भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम ।

0

चैत्र २२ गते ढोरपाटन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको आयोजनामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम बिहीबार ढोरपाटन नगरपालिकाको बुर्तिबाङ र निसीखोला गाउँपालिकाको जुग्जाखोलामा सम्पन्न भएको छ । सदाचार, निष्पक्षता निर्भीकता भन्ने मुख्य नारा सहित स्थानीय पालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विभिन्न संघ संस्थाका प्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी, उपभोक्ता समिति लगायतलाई लक्षित गर्दे आयोजना गरिएको कार्यक्रममा भ्रष्टाचार नियन्त्रण कसरी गर्न सकिन्छ र कसरी सुशासन कायम गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल एवम् अन्तरक्रिया गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका उपसचिव जगदिश चन्द्र शिवाकोटीले कार्यक्रमका विषय माथि प्रकाश पार्दै भ्रष्टाचार बढ्नुमा ठूला बडाबाटै रहेको बताउँदै राज्यले लिएको कानुनको परिपालना गर्दे सबै तह तप्काबाट भ्रष्टाचारको शून्य सहनशीलता कायम गर्दे प्रर्वद्धनात्मक र विद्यमान कानुनी व्यवस्थाको परिपालन गर्नुपर्ने बताउनु भयो ।

नेपालमा भ्रष्टाचार कम हुन नसकिरहेको बताउँदै सबैभन्दा बढि स्थानीय तहमा ६० प्रतिशत सम्म भ्रष्टाचारका उजुरी पर्ने गरेको बताउनु भयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालु वर्षको हालसम्म २८ हजार बढि उजुरी रहेको बताउँदै गत वर्षको ७ हजार १ सय ६२ र यस वर्षको २० हजार ९ सय ५ उजुरी रहँदै गर्दा ३७ प्रतिशत उजुरीको फर्छाेट भइसकेको बताइएको छ ।

बिगोदाबी लिइएको उजुरी मध्ये सबैभन्दा बढि संख्यामा  राष्ट्रसेवक कर्मचारी, त्यसपछि निर्वाचित मनोनित व्यक्ति र मतियार र अन्य रहेको पाइएको छ । भ्रष्टाचार जन्य विभिन्न २२ कसुरमा सजाय र जरिवाना रहेको बताउँदै अख्तियार अनुसन्धान आयोगमा उजुरी पर्देमा भ्रष्टाचार ठहर नहुने र तामेली र वृहत अनुसन्धान बाट मात्रै प्रकृया अगाडि बद्ने भएका कारण उजुरी सँगै अनुसन्धान समेत सोही बमोजिम अगाडि बढ्ने बताउनु भयो ।

कार्यक्रमका अवसरमा सहभागीहरूले बेनामी र प्रमाण बिनाका उजुरी हालेर कतिपय व्यक्तिले अरुलाई दुख दिने काम गरिरहेका कारण त्यसको कानुनी उपचार र अनुसन्धानको अवस्था लगायतका विषयमा समेत जिज्ञासा राखेका हुन । यस विषयमा शिवाकोटीले आफ्नो धारणा राख्दै हालसम्म बेनामी र पटकै पिच्छे प्रमाण विनाका उजुरी दिनेलाई त्यस्तो कठोर कारवाही नभएको बताउँदै पटक पटक प्रमाण विनाका एकै व्यक्तिले उजुरी गरेमा त्यसलाई प्राथमिकता नदिइएको बताउनु भयो ।

ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवालीले बोल्दै भ्रष्टाचार अन्त्यका निम्ति सबैले आ आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताउँदै स्थानीय तहमा बेनामी र प्रमाण विनाका उजुरी अख्तियार अनुसन्धान आयोगमा पठाउने प्रवृत्तिले गर्दा आफूहरू लाई काम गर्न असहज भइरहेको बताउनु भयो ।

अनावश्यक प्रमाण विनाका उजुरी राख्दै गर्दा अख्तियारलाई जवाफ दिँदैमा समय खेर गइरहेको बताउँदै कानुनी प्रकृया बमोजिम काम गर्दे गर्दा पनि दुख दिने नियतले उजुरी दिने गरिएका कारण कार्यसम्पादनमा असहज हुने गरेको प्रस्ट पार्नुभएको हो ।

ढोरपाटन नगरपालिका वडा नं. ७ का अध्यक्ष धन बहादुर अदैले समेत आफ्नो धारणा राख्नु भएको थियो । सहभागीको तर्फदेखि धन बहादुर कुवँर, दीपक थापा, धन बहादुर महत, देब बहादुर सुनार, प्रेमनाथ पौडेल लगायतले आफ्नो जिज्ञासा राख्नु भएको हो । कार्यक्रम प्रहरी सहायक निरीक्षक विधान सिंह क्षेत्रीले सञ्चालन गर्नुभएको थियो ।

त्यस्तै निसीखोला गाउँपालिकाको जुग्जाखोलामा समेत कार्यक्रम बिहीबार सम्पन्न भएको हो ।गाउँपालिका जनप्रतिनिधि, विभिन्न संघसंस्था प्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी लगायतको उपश्थितीमा कार्यक्रम भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार चन्दले बताउनु भयो ।

दुर्गमको उत्कृष्ट विद्यालय:बुद्ध आवि, कसरी सम्भव भयो ?

0

प्रकाश अधिकारी । बागलुङ

उत्कृष्ट शिक्षक र उत्सुक सिकारु भए सामुदायिक स्कुल पनि अब्बल हुन सक्ने प्रमाण तमानखोलाको एक सामुदायिक स्कुलले दिएको छ । पश्चिम बागलुङको माथिल्लो भेग बोङ्गादोभान स्याउला स्थित बुद्ध आधारभूत विद्यालयले स्थापना कालदेखिने (कक्षा आठ सुरुभएको) उत्कृष्ट नतिजा सहित उत्कृष्ट विद्यालयको पुरस्कार पाएको छ । २०७८ सालमा पहिलो पटक पालिका स्तरीय परीक्षामा सहभागी भएर एउटा संस्थागत सहित १० विद्यालयलाई पछि पार्दै आफूलाई अब्बल सावित गरेको बुद्धले २०८० विएइ परीक्षामा उच्च सिकाउ उपल्बधी (५२ प्रतिशत) हासिँल गर्दै सर्वोउत्कृष्ट भएको छ । पालिका १० विद्यालयका २०८ विद्यार्थी मध्य बुद्ध आविकै मिलन रोकाले २३३.५ लिएर पालिका टप गरे । सर्वोउत्कृष्ट दोहोरो नजिता सहित जिल्लाकै दुर्गम ठाउँबाट बुद्धले ज्ञान र चेतनाको दियो बालेको छ ।

२०३९ सालमा स्थानीय बुद्धिजीवी तथा शिक्षाप्रेमीको पहलमा सोही वर्ष प्राथमिक विद्यालयका रुपमा स्थापना भएको थियो। उत्कृष्ट शिक्षक, उत्सुक सिकारु र नवीनत्तम सिकाइका कारण
विद्यालयले वर्षेनी उत्कृष्ट नजिता ल्याउन सफल भएको विद्यालयका प्रधानाध्यापक नन्दप्रसाद घर्तिमगरले जनाए । चिन्तनशील विद्यालय व्यवस्थापन समिति, विद्यालयका शिक्षक आफ्नो पेसाप्रति जिम्मेवार भए मात्र विद्यालय स्तरीय हुने उनको अनुभव छ।
२०८० सालको वार्षिक परीक्षामा शतप्रतिशत दिएको विद्यालयले वार्षिक क्यालेण्डर अनसार यहि चैत्र १५ एक भव्य कार्यक्रमको आयोजना गरि नतिजा प्रकाशन तथा पुरस्कार वितरण गरेको छ ।

विद्यालयको अवस्था
बुद्धमा निमावि स्थायी दरबन्दीका शिक्षक छैनन् । कक्षा ८ सम्म सञ्चालित विद्यालयमा ११ जना शिक्षक कार्यरत छन् । विद्यालयमा प्रावि तहको पाँच मात्र स्थायी दरबन्दी छ । गाउँपालिकाको अनुदानबाट निम्न माध्यमिक तहका कम्प्युटर, गणित, विज्ञान सहित ४ जना शिक्षकको व्यवस्थापन गरेको छ । विद्यालयमा बाल विकासदेखि कक्षा ८ सम्म २०९ विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयमा अहिलेसम्म तीनवटा पक्की भवन र एउटा कच्ची भवन भएपनि पर्याप्त कक्षाकोठाको अभाव छ । कम्प्युटर ल्याब, साइन्स ल्याब, म्याथ ल्याव र लाइब्रेरीको अभाव छ । गत वर्ष राष्ट्रपति शैक्षिक सुधार अन्र्तरगत आईसिटी ल्याब ल्याएको विद्यालयमा कक्षा कोठाकै अभावमा अस्तव्यस्त छ । यस्तो अस्तव्यस्त अवस्थाबाटै कसरी सर्वोउत्कृष्ट नतिजा आयो त ? प्रअ घर्तिमगर भन्छन्– ‘पर्याप्त शिक्षक तथा शैक्षिक सामग्रीको अभावका बाबजुद नवीनत्तम सिकाइमा केन्द्रित भएका छौँ,’ उनले भने, ‘नियमित पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा बाजोड दिँदा हाम्रा विद्यार्थीले राम्रो नतिजा हासिल गरिरहेका छन ।’ शिक्षक र अभिभावकबीच सम्बन्ध प्रगाढ बनाउन मासिक रूपमा बैठक बस्ने गरिएको र बैठकको निर्णयअनुसार पठनपाठनलाई व्यवस्थित बनाउने गरिएको उनले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर विकका अनुसार आगामी शैक्षिक सत्रदेखि आइसिटी ल्याबलाई व्यवस्थित गर्दै शिक्षण सिकाइमा आइसिटीको प्रयोगलाई अनिवार्य गर्ने प्रयास भइरहेको छ ।
पालिका टपर विद्यार्थी रोकाले शिक्षकहरुको उत्प्रेरणा र आफ्नो निरन्तर साधनाले आफू सफल भएको बताए ।

शिक्षकको मिहिनेतका कारण छोटो समयमा शैक्षिक गुणस्तरमा धेरै परिवर्तन आएको अभिभावक तथा तमाखोला गाउँपालिका वडा न १ का वडा सदस्य टेकलाल विश्वकर्माले बताए । ‘पूर्वाधार र दक्ष जनशक्ति अभावका बीच पनि हाम्रा बालबालिकाले गुणस्तरीय शिक्षा पाइरहेका छन्,’ उनले भने, ‘विद्यार्थीको सिकाइ दर पनि बर्सेनि बढिरहेको छ ।’

कसरी सम्भव भयो ?
शिक्षक सेवा आयोग पास गरेर शिक्षण पेशामा लाग्ने शिक्षकहरू, तालिम प्राप्त आइसिटीमा दक्ष व्यवस्थापनमा अब्बल भएको जनशक्ति बुद्धमा हुनु सफलताको पहिलो कडि हो । टिचर क्यान डु डिफरेन्स । शिक्षकले चाहेमा गर्न सक्छन् । शिक्षकले बनाउँछु भनेर लाग्यो भने विद्यालय सुध्रिन्छ । शिक्षकले दस चारकोे जागिरको रुपमा नसोचि हरसमय विद्यालय मेरो हो भनेर सोच्नु र एक्लैले केही हुदैँन, टिमवर्कमा अघि बढ्न पर्दछ भन्ने मान्यता हुनु पनि सबैभन्दा बलियो आधार हो ।

पुरानो शैलीको शिक्षण विधि परिवर्तन गरि प्रविधिको प्रयोग गरेर प्रोजेक्टर, स्मार्टवोर्ड राखेर विद्यार्थीलाई पढौं पढौं लाग्ने बनेको छ । शिक्षण पद्धती पुरै परिवर्तन गर्न जरुरी गरौँ । शिक्षकले दक्षता, सीप बढाँउ, शिक्षक अब भगवान् होइन् लर्नरका रुपमा हरेक दिन नयाँ सिकाइ गर्नुपर्छ भन्ने सोच्नु,
र, विद्यालय व्यवस्थापन समितिले विद्यालय सञ्चालनमा राजनीतिक खिचातानी नगरीकन स्वतन्त्र ढंगले अगाडि वढ्नु र विव्यस, प्रधानाध्यापक, पालिका स्तरीय शिक्षा शाखा कडा रूपमा प्रस्तुत हुनु पनि अर्को कारण हो ।

सक्षम नेतृत्व, उत्कृष्ट शिक्षक, उत्सुक सिकारु र नवीनत्तम प्रविधिमैत्री सिकाइले नै संस्कार युक्त गुणस्तरीय शिक्षाको आधार हो । हामी यसलाई आत्मसात गरौँ ।

अबको बाटो:  संस्कारयुक्त गुणस्तरीय शिक्षा

अहिले आर्टिफिसियल इन्टेलिजेन्सले अड्डा जमाएका सयम छ । एलेन मस्कले मानव मस्तिष्कमा चिप प्रत्यारोपणको परीक्षण गरेरीरहेका अवस्थमा शिक्षकले एकोहोरो भाषण र प्रवचन दिने, विद्यार्थी घोकन्ते र कन्ठस्थ पार्ने शिक्षा प्रणालीको उपादेयता कति होला र ?
हरप्रयासले हामीले ग्रेडसिटमा उत्कृट नजिता लियौँ। अब हामीले शिक्षाको गुणस्तर सुधार्न गर्न ग्रेटसिटभन्दा माथि मानिसको सीप र व्यवहारसँग शिक्षालाई जोड्न आवश्यक छ । शिक्षालाई नीतिनियमले संरक्षण गर्ने, यथार्थपरक, विद्यार्थीमुखी बनाउन जरुरी छ । गुणस्तरमा सम्झौता नगरी उपयुक्त भौतिक पूर्वाधार तथा सिकाइ वातावरण र समुचित व्यवस्थापन, शिक्षामा पर्याप्त लगानी प्रगतिशील नीति, उपयुक्त सिकाइ सामग्री र नियमित अनुगमन गर्ने, शिक्षकलाई आवश्यक शैक्षिक तालिम र सुविधा प्रदान गर्ने र विद्यालयको भौतिक पूर्वाधारसम्पन्न हुनुपर्छ । एक असल र शिक्षित व्यक्तिले मात्र जीवनमा आइपर्ने जुनसुकै चुनौतीको डटेर सामना गर्ने सामथ्र्य राख्दछ  । अब विद्यालय विद्यार्थीलाई थुन्ने जेल होइन् । शिक्षा संस्कारयुक्त आफ्नो देशको माटोलाई माया गर्ने प्रेरणा दिने, व्यावहारिक र सीपमूलक ज्ञान तथा शिक्षामा विश्वास गर्ने उत्कृष्ट शैक्षिक केन्द्र हुनुपर्छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार शिक्षकको एकल प्रयासबाट मात्र सम्भव छैन । शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधिलगायत सबै सरोकारवालाहरुको साझा प्रयत्नबाट मात्र सम्भव छ । त्यसको पहल आजैबाट सुरु गरौँ ।

(लेखक तथा पत्रकार अधिकारी सोही विद्यालयका सामाजिक शिक्षक समेत हुन्)

बडिगाड दलित सञ्जालको तेस्रो अधिवेशन : अध्यक्षमा पूर्ण बिक । 

0

चैत्र १९ गते बुर्तिबाङ
बडिगाड दलित सञ्जालको तेस्रो अधिवेशन सोमबार सम्पन्न भएको छ । बडिगाड दलित सञ्जालको आयोजनामा सञ्चालित अधिवेशनबाट पूर्ण बिक को अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमितिको गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा प्रेम विश्वकर्मा, उपाध्यक्ष दधिराम बिक, महिला उपाध्यक्ष तुल्सी बिक, महासचिव अनिल बिक, सचिव पुरन बिक, कोषाध्यक्ष कोपिला दर्जी चयन हुनुभएको हो  ।
संस्थाका निवर्तमान अध्यक्ष टिपुरे सुनारको अध्यक्षता रहेको आयोजित कार्यक्रम सल्लाहकार समिति सदस्य काशीराम बिकको स्वागत सचिव  सचिव बुद्ध परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । 

हात्ती पाईले रोग निवारण अभियानमा देशकै उत्कृष्ट बन्यो ढोरपाटन ।

0

चैत्र १९ गते बुर्तिबाङ

हात्ती पाईले रोग निवारण अभियानमा बागलुङको ढोरपाटन नगरपालिका देशकै उत्कृष्ट बनेको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विभिन्न मार्किङमा ढोरपाटन नगरपालिकाले हात्ती पाईले रोग उन्मूलन अभियानमा खेलेको भूमिकालाई कदर गर्दे सोमबार उत्कृष्ट पालिकाको रुपमा पुरस्कृत एव्म सम्मान गरेको हो ।

आर्थिक बर्ष २०७९÷०८० मा १४ औँ पटक हात्ती पाईले रोग विरुद्धको अभियान सञ्चालन भएको नगरपालिकामा स्वास्थ्य कर्मी, जन प्रतिनिधिको सक्रिय भूमिका, हात्ती पाईले सङ्क्रमितको संख्या १ प्रतिशत भन्दा कममा झार्न सफल रहनु र कुल जनसँख्या मध्ये करिब ९९ प्रतिशत नागरिकलाई हात्ती पाईले रोग विरुद्धको औषधि खुवाउने अभियानको पहुँचमा पु¥याईका कारण ढोरपाटन नगरपालिका देशमै उत्कृष्ट बन्न सफल भएको ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले बताउनु भयो ।

ढोरपाटन नगरपालिकामा स्वास्थ्य कर्मी सँगै जनप्रतिनिधि, कर्मचारी, मिडिया र सचेत नागरिकको साथ भएका कारण र प्रत्यक घर टोल बस्तीमा स्वास्थ्य कर्मी पुग्दै गर्दा लक्ष्य निर्धारण पुरा गर्न सफल भएका कारण देशमै उत्कृष्ट बन्न सफल भएको ढोरपाटन नगरपालिका स्वास्थ्य संयोजक केशव थापाले बताउनु भयो ।

थापाका अनुसार अन्य पालिका भन्दा फरक तवरले अभियानलाई सफल पार्न नगरपालिकाले समेत आर्थिक लगानी गर्नु, प्रत्ययक जनप्रतिनिधिबाट सचेतना अभियान थालनी गर्नु र औषधी खुवाइए वापत प्रत्यय नागरिकलाई कार्ड उपलब्ध गराउनु जस्ता विभिन्न सूचकहरू पुरा गरेकै कारण महाशाखाको अनुगमन पश्चात ढोरपाटन नगरपालिका उत्कृष्ट बन्न सफल भएको जनाइको छ ।

विभिन्न १५ जिल्लाका १६ वटा पालिका सम्मानित हुँदै गर्दा ढोरपाटन नगरपालिकाले सम्पूर्ण मार्किङ मध्ये ९५ प्रतिशत अङ्क प्राप्त गर्दे प्रथम हुन सफल भएको हो ।

बागलुङमा अटो दुर्घटना ५ जना घाइते, २ जनाको अवस्था गम्भीर

0

राम प्रसाद घिमिरे
बागलुङ
बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् । बागलुङ बजारदेखि दोविल्ला तर्फजाँदै गरेको ध १ ह ७५ नम्बरको अटोरिक्सा बागलुङ नगरपालिका-३ रातमाटामा दुर्घटना हुँदा अटोमा सवार ५ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी बागलुङ नगरपालिका-३ तातोपानी बस्ने बर्ष ४५ की रेवती किसान, वर्ष २४ की सम्झना किसान, वर्ष ५ की साचि किसान, वर्ष ६८ का रोहिणिदत्त शर्मा र कास्की जिल्लाको मादी गाउँपालिका-१२ बस्ने वर्ष ४८ का सन्त बहादुर परियार रहेको सुचना अधिकारी केसीले बताए । अटो चालक भने फरार चालकको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको धौलागिरी प्रादेशिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइते मध्ये २ जना पुरुषको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

सदरमुकाम देखि मध्य पहाडी राजमार्ग हुँदै पश्चिम तर्फ जाँदै गर्दा अनियन्त्रित भइ दुर्घटना भएको घटनास्थलका प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी दिपक बाबू केसीले बताए ।

मुख्य सडक र पहाडी क्षेत्रमा ३ पाङ्ग्रे सवारी अर्थात अटो असुरक्षित भएको भनिएपनी नगरपालिकाले जथाभावी रुटप्रमिट र अनुमानि दिँदा दिनानुदिन अटोहरु दुर्घटना हुनेगरेका छन । स्मरण रहोस् सोही नम्बरको अटो गत कार्तिक ८ गरे समेत दुर्घटनामा परेको थियो ।

उकालो र भिरालो जमिनमा अनियन्त्रित र असुरक्षित मानिएको अटोको नियमन गर्नुपर्ने जरुरी देखिन्छ ।

सिटिजन लाइफ इन्स्योरेन्स लमजुङ शाखाले जगतलाई दियो घातकरोग बापत दावी भुक्तानी

0

चैत्र १६ गते बुर्तिबाङ
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लमजुङ शाखाले शुक्रबार जगत बहादुर तामाङलाई घातकरोग दावी भुक्तानी वापत रकम हस्तान्तरण गरिएको छ ।
बिमित बच्चा छिरिङ तामाङका बुबा जगत पछिल्लो समय मुटुको रोग लागेपछि उपचार गराइरहनु भएको छ ।

तामाङले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा आफ्नो बच्चाको नाममा आफू प्रस्तावक रहेर पाँच लाख बिमाङ्कको बाल भविष्य योजनाको बीमा गराउनु भएको थियो ।
कम्पनीले तामाङको परिवारलाई उपचार खर्च वापत बीमाङ्कको पाँच लाखको कर कट्टी गरी रकम हस्तान्तरण गरिएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लमजुङ शाखा प्रमुख हिरा घलेले बताउनु भयो । दुई किस्ता प्रिमियम भुक्तानी गर्नुभएका जगतले उपचारमा आर्थिक रकम प्राप्त भएपछि खुसी व्यक्त गर्दे समयमै सानो भएपनि बीमा गरेकै कारण आफुहरुलाई आर्थिक रुपमा राहत मिलेको जगत तामाङले बताउनु भयो ।
कम्पनीका शाखा प्रबन्धक हिरा घलेले बोल्दै बीमा बचत र सुरक्षाको भरपर्दो माध्यम भएका कारण सबैका निम्ति अपरिहार्य रहेको बताउनु भयो । बीमाले बिमितबाट रकम संकलन गर्ने मात्र नभई भवितव्य हुन सक्ने जोखिम, घातक रोग लगायतका मानिसको जीवनमा हुन सक्ने भवितव्य भौतिक क्षतिमा हुने जोखिम हस्तान्तरण गर्ने बताउनु भयो ।

रकम हस्तान्तरण कार्यक्रममा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लमजुङ शाखामा आवद्ध सिनियर एजेन्सी म्यानेजर पूर्णचन्द्र घिमिरे, एमडिआरटी भूपति वाग्ले , एजेन्सी म्यानेजर सुर्जेमान गुरुङ, केशव न्यौपाने, धन कुमारी गुरुङ, कुस्मि घले , रादिका दवाडी, देवी गुरुङ,चिजमाया गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

बुर्तिबाङ बजारबाट १४ बर्षिया बालीका २१ दिनदेखि बेपत्ता ।

0

चैत्र १६ गते बुर्तिबाङ
बागलुङको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजार देखि गत फागुन २५ गते दिउँसोबाट हराएकी रञ्जना सुनार २१ दिन बितिसक्दा समेत  सम्पर्कमा नआएको परिवारले जनाएको छ ।

ढोरपाटन नगरपालिका ५ अधिकारीचौर बाहुनगाउँ स्थाई घर भई हाल बुर्तिबाङ स्थित झिँगलबारीमा परिवार सहित बस्दै आएकी १४ बर्षिया रञ्जना फागुन २५ गते बुर्तिबाङमा सञ्चालित अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रम हेर्न घरबाट निस्किएकी थिइन ।

सरस्वती आधारभुत विद्यालय भब्रेटामा कक्षा ५ मा अध्ययनरत बालिका हराएदेखि परिवारले विभिन्न ठाउँमा खोजी जारी राखेको र खोजी गरिदिन इलाका प्रहरी कार्यालय बुर्तिबाङमा निवेदन समेत दिइएको रञ्जनाका बुबा खम बहादुर सुनारले बताउनु भयो ।

यता इलाका प्रहरी कार्यालय बुर्तिबाङले समेत खोजी कार्य जारी राखेको बताइएको छ । निवेदनका आधारमा प्रहरीले खोजी कार्य जारी राखेपनि हालसम्म बालिका नभेटिएको र खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिकले बताउनु भयो ।

सिटिजन लाइफ इन्स्योरेन्स लमजुङ शाखाले दियो जगत तामाङलाई घातकरोग वापतको दावी भुक्तानी ।

0

चैत्र १६ गते बुर्तिबाङ
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लमजुङ शाखाले शुक्रबार जगत बहादुर तामाङलाई घातकरोग दावी भुक्तानी वापत रकम हस्तान्तरण गरिएको छ ।
बिमित बच्चा छिरिङ तामाङका बुबा जगत पछिल्लो समय मुटुको रोग लागेपछि उपचार गराइरहनु भएको छ ।

तामाङले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा आफ्नो बच्चाको नाममा आफू प्रस्तावक रहेर पाँच लाख बिमाङ्कको बाल भविष्य योजनाको बीमा गराउनु भएको थियो ।
कम्पनीले तामाङको परिवारलाई उपचार खर्च वापत बीमाङ्कको पाँच लाखको कर कट्टी गरी रकम हस्तान्तरण गरिएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लमजुङ शाखा प्रमुख हिरा घलेले बताउनु भयो । दुई किस्ता प्रिमियम भुक्तानी गर्नुभएका जगतले उपचारमा आर्थिक रकम प्राप्त भएपछि खुसी व्यक्त गर्दे समयमै सानो भएपनि बीमा गरेकै कारण आफुहरुलाई आर्थिक रुपमा राहत मिलेको जगत तामाङले बताउनु भयो ।
कम्पनीका शाखा प्रबन्धक हिरा घलेले बोल्दै बीमा बचत र सुरक्षाको भरपर्दो माध्यम भएका कारण सबैका निम्ति अपरिहार्य रहेको बताउनु भयो । बीमाले बिमितबाट रकम संकलन गर्ने मात्र नभई भवितव्य हुन सक्ने जोखिम, घातक रोग लगायतका मानिसको जीवनमा हुन सक्ने भवितव्य भौतिक क्षतिमा हुने जोखिम हस्तान्तरण गर्ने बताउनु भयो ।

रकम हस्तान्तरण कार्यक्रममा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लमजुङ शाखामा आवद्ध सिनियर एजेन्सी म्यानेजर पूर्णचन्द्र घिमिरे, एमडिआरटी भूपति वाग्ले , एजेन्सी म्यानेजर सुर्जेमान गुरुङ, केशव न्यौपाने, धन कुमारी गुरुङ, कुस्मि घले , रादिका दवाडी, देवी गुरुङ,चिजमाया गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

बुर्तिबाङ बजारबाट १४ बर्षिया बालीका २१ दिनदेखि बेपत्ता ।

0

चैत्र १६ गते बुर्तिबाङ
बागलुङको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजार देखि गत फागुन २५ गते दिउँसोबाट हराएकी रञ्जना सुनार २१ दिन बितिसक्दा समेत  सम्पर्कमा नआएको परिवारले जनाएको छ ।

ढोरपाटन नगरपालिका ५ अधिकारीचौर बाहुनगाउँ स्थाई घर भई हाल बुर्तिबाङ स्थित झिँगलबारीमा परिवार सहित बस्दै आएकी १४ बर्षिया रञ्जना फागुन २५ गते बुर्तिबाङमा सञ्चालित अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रम हेर्न घरबाट निस्किएकी थिइन ।

सरस्वती आधारभुत विद्यालय भब्रेटामा कक्षा ५ मा अध्ययनरत बालिका हराएदेखि परिवारले विभिन्न ठाउँमा खोजी जारी राखेको र खोजी गरिदिन इलाका प्रहरी कार्यालय बुर्तिबाङमा निवेदन समेत दिइएको रञ्जनाका बुबा खम बहादुर सुनारले बताउनु भयो ।

यता इलाका प्रहरी कार्यालय बुर्तिबाङले समेत खोजी कार्य जारी राखेको बताइएको छ । निवेदनका आधारमा प्रहरीले खोजी कार्य जारी राखेपनि हालसम्म बालिका नभेटिएको र खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिकले बताउनु भयो ।