बागलुङमा अटो दुर्घटना ५ जना घाइते, २ जनाको अवस्था गम्भीर

राम प्रसाद घिमिरे
बागलुङ
बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् । बागलुङ बजारदेखि दोविल्ला तर्फजाँदै गरेको ध १ ह ७५ नम्बरको अटोरिक्सा बागलुङ नगरपालिका-३ रातमाटामा दुर्घटना हुँदा अटोमा सवार ५ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी बागलुङ नगरपालिका-३ तातोपानी बस्ने बर्ष ४५ की रेवती किसान, वर्ष २४ की सम्झना किसान, वर्ष ५ की साचि किसान, वर्ष ६८ का रोहिणिदत्त शर्मा र कास्की जिल्लाको मादी गाउँपालिका-१२ बस्ने वर्ष ४८ का सन्त बहादुर परियार रहेको सुचना अधिकारी केसीले बताए । अटो चालक भने फरार चालकको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको धौलागिरी प्रादेशिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइते मध्ये २ जना पुरुषको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

सदरमुकाम देखि मध्य पहाडी राजमार्ग हुँदै पश्चिम तर्फ जाँदै गर्दा अनियन्त्रित भइ दुर्घटना भएको घटनास्थलका प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी दिपक बाबू केसीले बताए ।

मुख्य सडक र पहाडी क्षेत्रमा ३ पाङ्ग्रे सवारी अर्थात अटो असुरक्षित भएको भनिएपनी नगरपालिकाले जथाभावी रुटप्रमिट र अनुमानि दिँदा दिनानुदिन अटोहरु दुर्घटना हुनेगरेका छन । स्मरण रहोस् सोही नम्बरको अटो गत कार्तिक ८ गरे समेत दुर्घटनामा परेको थियो ।

उकालो र भिरालो जमिनमा अनियन्त्रित र असुरक्षित मानिएको अटोको नियमन गर्नुपर्ने जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित