बुर्तिबाङ बजारबाट १४ बर्षिया बालीका २१ दिनदेखि बेपत्ता ।

चैत्र १६ गते बुर्तिबाङ
बागलुङको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजार देखि गत फागुन २५ गते दिउँसोबाट हराएकी रञ्जना सुनार २१ दिन बितिसक्दा समेत  सम्पर्कमा नआएको परिवारले जनाएको छ ।

ढोरपाटन नगरपालिका ५ अधिकारीचौर बाहुनगाउँ स्थाई घर भई हाल बुर्तिबाङ स्थित झिँगलबारीमा परिवार सहित बस्दै आएकी १४ बर्षिया रञ्जना फागुन २५ गते बुर्तिबाङमा सञ्चालित अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रम हेर्न घरबाट निस्किएकी थिइन ।

सरस्वती आधारभुत विद्यालय भब्रेटामा कक्षा ५ मा अध्ययनरत बालिका हराएदेखि परिवारले विभिन्न ठाउँमा खोजी जारी राखेको र खोजी गरिदिन इलाका प्रहरी कार्यालय बुर्तिबाङमा निवेदन समेत दिइएको रञ्जनाका बुबा खम बहादुर सुनारले बताउनु भयो ।

यता इलाका प्रहरी कार्यालय बुर्तिबाङले समेत खोजी कार्य जारी राखेको बताइएको छ । निवेदनका आधारमा प्रहरीले खोजी कार्य जारी राखेपनि हालसम्म बालिका नभेटिएको र खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिकले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित