बडिगाड दलित सञ्जालको तेस्रो अधिवेशन : अध्यक्षमा पूर्ण बिक । 

चैत्र १९ गते बुर्तिबाङ
बडिगाड दलित सञ्जालको तेस्रो अधिवेशन सोमबार सम्पन्न भएको छ । बडिगाड दलित सञ्जालको आयोजनामा सञ्चालित अधिवेशनबाट पूर्ण बिक को अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमितिको गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा प्रेम विश्वकर्मा, उपाध्यक्ष दधिराम बिक, महिला उपाध्यक्ष तुल्सी बिक, महासचिव अनिल बिक, सचिव पुरन बिक, कोषाध्यक्ष कोपिला दर्जी चयन हुनुभएको हो  ।
संस्थाका निवर्तमान अध्यक्ष टिपुरे सुनारको अध्यक्षता रहेको आयोजित कार्यक्रम सल्लाहकार समिति सदस्य काशीराम बिकको स्वागत सचिव  सचिव बुद्ध परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित