सिटिजन लाइफ इन्स्योरेन्स लमजुङ शाखाले जगतलाई दियो घातकरोग बापत दावी भुक्तानी

चैत्र १६ गते बुर्तिबाङ
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लमजुङ शाखाले शुक्रबार जगत बहादुर तामाङलाई घातकरोग दावी भुक्तानी वापत रकम हस्तान्तरण गरिएको छ ।
बिमित बच्चा छिरिङ तामाङका बुबा जगत पछिल्लो समय मुटुको रोग लागेपछि उपचार गराइरहनु भएको छ ।

तामाङले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा आफ्नो बच्चाको नाममा आफू प्रस्तावक रहेर पाँच लाख बिमाङ्कको बाल भविष्य योजनाको बीमा गराउनु भएको थियो ।
कम्पनीले तामाङको परिवारलाई उपचार खर्च वापत बीमाङ्कको पाँच लाखको कर कट्टी गरी रकम हस्तान्तरण गरिएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लमजुङ शाखा प्रमुख हिरा घलेले बताउनु भयो । दुई किस्ता प्रिमियम भुक्तानी गर्नुभएका जगतले उपचारमा आर्थिक रकम प्राप्त भएपछि खुसी व्यक्त गर्दे समयमै सानो भएपनि बीमा गरेकै कारण आफुहरुलाई आर्थिक रुपमा राहत मिलेको जगत तामाङले बताउनु भयो ।
कम्पनीका शाखा प्रबन्धक हिरा घलेले बोल्दै बीमा बचत र सुरक्षाको भरपर्दो माध्यम भएका कारण सबैका निम्ति अपरिहार्य रहेको बताउनु भयो । बीमाले बिमितबाट रकम संकलन गर्ने मात्र नभई भवितव्य हुन सक्ने जोखिम, घातक रोग लगायतका मानिसको जीवनमा हुन सक्ने भवितव्य भौतिक क्षतिमा हुने जोखिम हस्तान्तरण गर्ने बताउनु भयो ।

रकम हस्तान्तरण कार्यक्रममा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लमजुङ शाखामा आवद्ध सिनियर एजेन्सी म्यानेजर पूर्णचन्द्र घिमिरे, एमडिआरटी भूपति वाग्ले , एजेन्सी म्यानेजर सुर्जेमान गुरुङ, केशव न्यौपाने, धन कुमारी गुरुङ, कुस्मि घले , रादिका दवाडी, देवी गुरुङ,चिजमाया गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित