Home Blog Page 91

निसीखोलाको देविस्थानमा तेस्रो गाउँपालिका अध्यक्ष कप तथा चैत्राष्टमी मेला हुँदै ।

0

चैत्र २९

निसीखोला गाउँपालिका वडा नं. १ को देविस्थान बजारमा चैते दशै मेला सञ्चालन हुने भएको छ ।

परापुर्व कालदेखि चैते दशैको अवसरमा मेला लाग्दै आएको उक्त स्थानमा यसबर्ष निसीखोला गाउँपालिका तेस्रो अध्यक्ष कप संगै विभिन्न खेलकुद एव्म सांस्कृर्तिक कार्यक्रम सञ्चालन हुने भएको निसीखोला गाउँपालिका खेलकुद बिकास समिती अध्यक्ष राजमन बुढाले बताउनु भयो ।

चैत्र ३० गतेदेखि सुरु हुने कार्यक्रमको बैसाख ४ गते गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले प्रमुख अतिथीको रुपमा कार्यक्रमको उद्घाटन गर्नुहुने भएको देविस्थान युवा क्लबका अध्यक्ष भरत पुनले बताउनु भयो ।

आयोजित कार्यक्रमका अवसरमा एकलाख पचास हजार प्रथम पुरस्कार राखिको वडा स्तरिय पुरुष भलिव, महिला भलिवल, ३५ बर्ष माथि उमेर समुहको भेटरान्स खेल प्रतियोगिता, तेक्वान्डो प्रतियोगिता, पुरुष महिला छेलो, जनप्रतिनिधी, कर्मचारी विचको मैत्रिपूर्ण भलिबल खेल, पुरुष महिला रस्सा कस्सा लगाएतका प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा स्थानीय कला संस्कृर्तिका संरक्षण गर्न मारुनी नृत्य, आमा समुहको नृ्रत्य, दोहोरी गित लघु उद्यमी प्रर्दशनी लगाएतका कार्यक्रम तय गरिएको जनाइएको छ ।

देविस्थानमा परापूर्व कालदेखिनै चैत्राष्टमी मेला लाग्ने गरेको पाईन्छ । मेलाको आवस्यक तयारी पुरा भइरहको निसीखोला गाउँपालिका खेलकुद विकास समिती संयोजक राजमन बुढाले बताउनु भयो ।

नापीले दुई थरि नक्सांकन गरिदिँदा अन्याय भयो जित कुमारी माझी ।

0

चैत्र २६

बागलुङको ढोरपाटन नगरपालिका वडा नं.१ की जित कुमारी माझीले आफूलाई नापी कार्यालय बुर्तिबाङले जग्गा नापजाँचमा अन्याय गरेको बताएकी छन । ढोरपाटन नगरपालिका १ खप्तरि बाङ स्थित बन्दै गरेको बसपार्क नजिकैको जग्गामा नापजाँच गर्ने क्रममा नापी प्राविधिकले नै पटक पटक ठाउँ सार्दै गर्दा आफूलाई अन्याय गरेको बताएकी हुन ।

बुर्तिबाङ नयाँ शहर आयोजनाले बसपार्क निर्माण गर्दे गरेको आडैमा सटिएको जग्गा जित कुमारी माझीको छ । बसपार्क निर्माण सुरु गर्दे गर्दा पनि जग्गा नापजाँच गरेर नयाँ शहर आयोजनाले टर्मिनल भवन निर्माण सुरु गरेको थियो । मेरो जग्गाको सिमानामै बसपार्कको भवन बनिरहेको छ । पहिले नापजाँच गर्दा जग्गा साँधियार को मन्जुरीमा नयाँ शहरले आफ्नो जग्गा कब्जा गरेर संरचना निर्माण सुरु गरेपनि पछिल्लो समय फेरी आफूले उपभोग गरेकै जग्गा नयाँ शहरको रहेको भन्दै हकदाबी गर्न थालेको माझीको आरोप छ ।

गत फागुन महिनामा बुर्तिबाङ नापी कार्यालयका निमित्त प्रमुख राम प्रसाद सापकोटाले जग्गा नापजाँच गर्दा बडिगाड खोलाको भाग कटाएर नापजाँच गर्दा माझीको जग्गा मिचिएको र बसपार्क निर्माणका निम्ति नयाँ शहरले खरिद गरेको जग्गा माझीको तर्फ सरेको बताइएको माझीले पटक पटक प्राविधिक लगेर आफ्नो जग्गा छुट्याइदिन आग्रह गर्दा समेत वास्तविक जग्गा छुट्याउन नसकी फरक फरक नापजाँच गराइदिने गरेको माझीले बताइन ।

बसपार्क निर्माण अगावै नापी कार्यालय बुर्तिबाङका अमिन सुनिल कुमार र निमित्त प्रमुख कृष्ण बहादुर कुमालले नापेकै नक्सा र साँध अंशियारले मन्जुरी गरेको क्षेत्र आफूले भोगचलन गर्दे आइरहेकोमा गत फागुन ११ गते आफूलाई कुनै जानकारी नदिई पहिले कायम गरिएको रेखांकन हटाएर पुनह मनपरी रेखांकन गरिएको उनको भनाई छ । यता नापी कार्यालय बुर्तिबाङका निमित्त प्रमुख राम प्रसाद सापकोटाले आफूहरूले नापजाँच गरेको यथार्थ र अधिकारी रहेको बताउँदै पीडितले चित्त नबुझेमा अदालत जान सक्ने बताए ।

पहिले र अहिलेको नापजाँचमा फरक किन भन्ने प्रश्नमा उनले भने पहिले अंशियारले भनेको भोगचलन गरेको आधारमा नापजाँच भएको हुन सक्के बताउँदै अहिले बडिगाड खोलाको भाग छुट्याएर हेर्दा वास्तविक रेखांकन गरिएको दाबी गरेका छन । बसपार्कले समेत खोलाको भागमा संरचना निर्माण गरेको रहेछ विगतमै खोलाको रेखांकन नहेरिएका कारण यस्तो कमजोरी देखिएको उनको तर्क छ ।

महिलाहरुकोे लागि उद्घोेषण सम्बन्धी तालिम

0
बागलुङ चैत २९
गलकोट नगरपालिका ४ ओखरबोटमा महिलाहरुलाई दुई दिने उद्घोेषण सम्बन्धी तालिम प्रदान गरिएको छ ।
प्राप्ती महिला सञ्जालको आयोजनामा महिला जनप्रतिनिधि सहित वडा भित्रका महिलाहरुका लागि बोल्ने सिप र कलाको विकास र नेतृत्व विकासको लागि २ दिने उद्घोषण तालिम प्रदान गरिएको हो ।
वडाका महिला जनप्रतिनिधि र अन्य महिला दिदिबहिनीहरुलाई उद्घोषण कला सिकाउँदै आफ्नो मनको कुरा बाहिर ल्याउन सक्ने बनाउनको लागि तालिमको आयोजना गरिएको गलकोट नगरपालिका ४ का कार्यवहाक वडा अध्यक्ष कृष्ण बहादुर भण्डारीले बताउनुभयो ।
महिलाहरु सार्वजनिक कार्यक्रममा बोल्न लजाउने, डर मान्ने जस्ता कारण पछाडी परेकाले यो तालिम अतिनै आवश्यक रहेको कुरामा जोड दिनुभयो । कार्य वहाक वडा अध्यक्ष भण्डारीले आगामी दिनमा पनि महिलाहरुका लागि विभिन्न सिपमुलक तालिम तथा क्षमता विकासका कार्यक्रम ल्याईने बताउनु भयो ।
तालिममा सहभागी महिलाहरुले भोलीका दिनमा तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गरि अन्य कार्यक्रमहरुमा सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले उद्घोषण तालिमले महिलाहरुमा निडरता नेतृत्वदायी क्षमताको अभिवृद्वि गर्न सहयोग पुगेको उल्लेख गर्नुभयो ।
तालिमले क्षमता हुँदाहुँदै पनि बोल्न नसकेका महिलालाई निडर र आत्मविश्वास बढाउँदै उदघोषण कलामा दक्षता हाँसिल गर्न सहज पुग्ने सहभागी महिलाले बताए उनीहरुले संस्थामा नेतृत्वदायी भुमिका निर्वाह गर्न र आफना हक अधिकारका लागि भएपनि उदघोषण तालिमले धेरै कुरा सिकाएको भन्दै खुसी व्यक्त गरेका छन् । उद्घोण तालिमले आफुलाई धेरै कुरा सिकाएको र अब कुनै पनि कार्यक्रम चलाउँदा वा बोल्दा ढुक्कले बोल्न सक्ने भएको सहभागी मिना खत्री गैरेले बताउनुभयो ।
२ दिने उदघोषण कला तालिममा उदघोषण कला भनेको के हो ? उदघोषकमा हुनुपर्ने गुणहरु, उदघोषकले गर्न नहुने कुराहरु, ६ क को प्रयोग, बैठक व्यवस्थापन, माईनुट लेखन, संस्थामा सदस्यता प्रकार, कार्यक्रमका प्रकृति लगायतका विषयमा
सामुदायिक रेडियो गलकोट एफ एमका प्राविधिक तथा प्रस्तोता थम्मन थापा सन्देशले सहजीकरण गर्नुभएको थियो  ।
त्यस्तै तालिमको महत्व, आवश्यकता र व्यवहारिक ज्ञान, सामाजिक संघ संस्थामा महिलाको नेतृत्वदायी भुमिकाको विषयमा समाजसेवी तिर्थ सिंह भण्डारी र हेमराज गैरेले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सञ्जालका कोषाध्यक्ष ईश्वरी गौतम न्यौपानेले धन्यवाद मन्तव्य ज्ञापन गर्नुभएको थियो ।
तालिममा वडा भित्रका ४२ जना महिलाको सहभागिता रहेको थियो । कार्यक्रम प्राप्ती महिला सञ्जालका अध्यक्ष उमा न्यौपानेको अध्यक्षता, उपाध्यक्ष शान्ति चालिसेको स्वागत र सचिव कल्पना भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

बजार व्यवस्थापनमा ढोरपाटन नगरपालिकाको सक्रियता घरको पेटी भन्दा बाहिर सामान राख्न नपाइने ।

0

ढोरपाटन चैत्र २८

बागलुङको ढोरपाटन नगरपालिकाले बजार अनुगमन तथा बजार व्यवस्थापनमा सक्रियता देखाएको छ ।

पटक पटक बजार अनुगमन गर्दे अखाद्य वस्तुको जफत सँगै व्यवसायलाई सचेत गराउँदै आएको नगरपालिकाले पछिल्लो समय उद्योग वाणिज्य संघ ढोरपाटन, इलाका प्रशासन, प्रहरी लगायतको सक्रियतामा अव्यवस्थित बन्दै गइरहेको बजारलाई व्यवस्थित बनाउन सडक पेटी भन्दा बाहिर ठाउँ ओगटेर राखिएका सामान व्यवस्थापन गर्न, घरदेखि बाहिर सम्म टहरा बनाएर जथाभावी सामान राख्ने बनाइएका स्थान हटाउन अनुरोध गर्दे बजार अनुगमन सँगै व्यवसायीलाई सचेतना गरिएको छ ।

बजार अव्यवस्थित बनीरहेको छ यसलाई व्यवस्थापन गर्नु सबैको दायित्व रहेको बताउँदै यो अभियानमा सबैले साथ दिनुपर्ने ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले बताउनु भयो । टोलीले फाँट बजार र स्वामिबोट देखि बसपार्क सम्मको बजार अनुगमन गरेको हो ।

कतिपय व्यवसायीले आफूहरूले पालिकाले लिएको कदमलाई हार्दिकता का साथ लिएपनि अटेरी व्यवसायीका कारण समस्या भइरहेको बताउँदै नगरपालिकाले कारवाही प्रकृया अगाडि बढाउनु पर्ने सुझाब दिएका छन ।

अनुगमनका क्रममा ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिृकत विष्णु प्रसाद ज्ञवाली, वडा नं. १ का अध्यक्ष वान बहादुर छन्त्याल सदस्य गोपाल महत, इलाका प्रशासन बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँर, उद्योग वाणिज्य संघका अध्यक्ष ढालेन्द्र छन्त्याल, इलाका प्रहरी बुर्तिबाङको तर्फदेखि मङ्गल गुरुङ सहितको टोली, पत्रकार, नगर प्रहरी लगायतको उपस्थिति रहेको थियो । 

त्यस्तै ढोरपाटन नगरपालिकाले बुर्तिबाङ बसपार्कमा शौचालय बनाउने गरी पाँच लाख बजेट विनियोजन गरेको छ । बुधबार शौचालय निर्माण गर्नका निम्ति कार्यवाहक मेयर धन बहादुर कायत, वडा नं. १ का अध्यक्ष वान बहादुर छन्त्याल, उद्योग वाणिज्य संघका अध्यक्ष ढालेन्द्र छन्त्याल लगायतको उपश्थिती मा बसपार्क छेउमा सार्वजनिक शौचालय बनाउने गरि अगाडि बढ्ने विषयमा छलफल गर्दे चाँडै काम सुरु गर्ने बताइएको छ ।

१३२ केभी बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा

0

 

रासस

पाँच वर्षअघि निर्माण सुरु भएको बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा पुगेको छ।

पश्चिम बागलुङलाई केन्द्रीय प्रसारण लाइनसँग जोड्न कपिलवस्तुको मोतिपुर– अर्घाखाँचीको सन्धिखर्क– गुल्मीको तम्घास–पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभीको सबस्टेशनको काम अन्तिम चरणमा पुगेको हो ।

ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा निर्माणाधीन सबस्टेशनको काम ८० प्रतिशत सम्पन्न भएको ‘१३२ किलोभोल्ट बुर्तिबाङ सबस्टेशन आयोजना’ प्रमुख मनोज चौधरीले बताए।

निर्माण पू्रा हुनासाथ गुल्मीको तम्घासको सवस्टेशन आगामी वैशाख १९ गते तथा सोही जिल्लाको पौँदीअमराई र बागलुङको बुर्तिबाङ सबस्टेशन अगामी असारमा परीक्षण गर्नेगरी द्रुत गतिमा काम भइरहेको उनले बताए।सबस्टेशन बनाउने र लाइन तान्ने काम निर्माण कम्पनीहरुले धमाधम काम गरीरहेका छन्, असारसम्म कुनै प्राविधिक अवरोध नभए परीक्षण गर्ने योजना छ, निर्माण कम्पनीलाई पनि असारभित्रमा काम सम्पन्न गर्ने ठेक्का दिइएको हो । अब फिल्डको काम मात्रै बाँकी छ, पौँदीअमराई र बुर्तिबाङमा एकैपटक परीक्षण हुन्छ,’ चौधरीले भने।

सदरमुकाम बागलुङ बजार र आसपासका क्षेत्र केन्द्रीय प्रसारण लाइनले जोडिए पनि पश्चिम बागलुङमा केन्द्रीय प्रसारण लाइन पुगेको थिएन। नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाको पश्चिम क्षेत्रलाई प्राथमिकता दिएर लाइन विस्तार गर्दै आएको छ।

अहिलेसम्म निसीखोला र तमानखोला भेग केन्द्रीय लाइनबाट जोडिएका छैनन तर प्राधिकरणले निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिका धेरै स्थानमा पोल गाड्ने र तार तान्ने काम गरिरहेको छ।

 

लघु उद्यम मार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला दिदीबहिनी ।

0

चैत्र २७ गते

छविलाल पाण्डे  बुर्तिबाङ

बागलुङको तमानखोला गाउँपालिकाका महिलाहरू पछिल्लो समय लघुउद्यम मार्फत आत्मनिर्भर बन्न थालेका छन । सामूहिक तालिम मार्फत विभिन्न सीप विकास आर्जन गरेका उनीहरूले आफूले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्दै विभिन्न सामाग्री उत्पादनमा सक्रिय बन्दै जान थालेका हुन ।

विभिन्न कपडा उत्पादन, बुटिक सिलाई, साबुन तथा सराफ उत्पादन सँगै सिस्नोको पाउडर, डालो डोको लगायतका सामाग्री उत्पादनमा सक्रिय महिलाहरूले आफूहरूले समय समयमा तालिम मार्फत सीप आर्जन गर्दे गर्दा अब आत्मनिर्भर बन्नुपर्दछ भन्ने सोच बनाएका छन ।

आफूले सिकेको सीपलाई व्यवहारमा ल्याउन सके हातैमा पैसा पनि हुने र फुर्सदको समयको भरपुर प्रयोग हुन थालेपछि उत्पादनलाई वृद्धि सँगै बजारीकरणलाई समेत जोड दिएका छन ।

गाउँपालिकाको वडा नं.तमानमा झोला, सल, सुइटर, टोपी, गम्छा लगायतका सामाग्री उत्पादन हुँदै आएको छ । महिला कल्याण आमा समुह अन्तरगत रहेर उनका सामाग्री उत्पादन गर्दे आएका उनीहरूले केही बर्ष पहिले देखिनै उद्यम सुरु गरेका हुन । सामूहिक रुपमा काम गर्दा रमाइलो हुने र फुर्सदको समयलाई उत्पादनमा लगाउँदा आत्मनिर्भर बन्न सकिएको समुहकी जुनुमाया घर्तीको भनाई छ ।

वडा नं. २ को तमान लघुउद्यमी समुहले झोला लगायतका सामाग्री उत्पादन गर्दे आइरहेको छ । वडा नं. ५ को खुङ्खानी समुहले सिस्नोको पाउडर, वोङगाखानी लघुउद्यम आमा समुहले काम्लो, हर्देउला उत्पादन गरि बजारीकरण गर्दे आएका छन । वडा नं. १ को सिर्जनशील लघु उद्यमी समुहले साबुन सरफ लगायतका सामाग्री उत्पादन गर्न थालेको हो ।

महिलाहरूले स्थानीय उत्पादन रहको भेडा बाख्राको उनबाट हर्देउला, काम्लो लगायतका सामाग्री समेत निर्माण गर्दे आएका छन । अब दिदी बहिनी बसेर गफ गर्ने र यतिकै खेर गइरहेको समयलाई सदुपयोग गर्दे आत्मनिर्भर बन्नुपर्दछ भन्ने उद्देश्य सहित उत्पादन मूलक कार्यमा लागिएको धनमती गोतामेको भनाई छ ।

तमानखोला गाउँपालिकाले पालिकामा हुने विभिन्न कार्यक्रममा स्थानीय उत्पादनलाई प्राथमिकता दिने गरेको छ । गाउँपालिकाले तमानमा भवन समेत निर्माण गरिसकेको छ । उक्त भवनबाटै सामूहिक रुपमा महिला दिदीबहिनी जम्मा भएर दिनभर उत्पादनका सामाग्री बनाउनै व्यस्त देखिन्छन ।

बजारीकरणमा सहजिकरण गरिरहेको तमानखोला गाउँपालिकाले अतिथि सत्कारमा स्थानीय उत्पादनलाई प्राथमिकता दिनुका साथै उत्पादित सामाग्री विभिन्न स्थान सम्म पुर्याउन ढुवानीको व्यवस्था, महिलाहरूलाई थप तालिमको व्यवस्था लगायतका कार्यमा सहयोग गर्दे आइरहेको गाउँपालिका अध्यक्ष जोक लाल बुढाले बताउनु भयो ।

स्थानीय उत्पादनलाई प्राथमिकता दिन सकेको खण्डमा आम्दानीको श्रोत पनि बदने र रोजगारी सृजना हुने भएका कारण गाउँपालिकाले महत्वपूर्ण हेरिरहेको अध्यक्ष बुढाको भनाई छ ।

महिला दिदीबहिनीलाई आत्मनिर्भर बनाउन उहाँहरूले सिकेका सीपलाई व्यवहारमा ल्याउने गरि पालिकाले विभिन्न कार्यक्रम लिएको बताउँदै अब बजारीकरणमा उहाँहरूलाई थप सीप आर्जन सँगै व्यवसायिक बनाउने र बजारीकरणमा समेत महत्वपूर्ण साथ दिने गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालले बताउनु भयो ।

ढोरपाटन उवा संघको आयोजनामा व्यवसायीलाई आयकर सम्बन्धी तालिम

0

चैत्र २५ गते

ढोरपाटन उद्योग वाणिज्य संघ बुर्तिबाङको आयोजनामा आइतबारदेखि दुई दिने आयकर सम्बन्धी तालिम बुर्तिबाङमा सुरु भएको छ । व्यवसायीलाई आफूले गरेको व्यवसायलाई व्यवस्थित बनाउन, आय कर तथा व्यवसायमा आम्दानी र खर्चको विवरण राख्ने लगायतका विषयमा जानकारी गराउने उद्देश्य सहित तालिमको आयोजना गरिएको उद्योग वाणिज्य संघ ढोरपाटनका अध्यक्ष ढालेन्द्र छन्त्यालले बताउनु भयो ।

 ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको प्रमुख आतिथ्यता रहेको उद्घाटन सत्रको कार्यक्रममा प्रमुख अतिथि कायतले बोल्दै उद्योग वाणिज्य संघले व्यवसायीको हक हितका निम्ति विभिन्न कार्यक्रम गर्दे आइरहेको बताउनु भयो । तालिमले व्यवसायीलाई महत्वपूर्ण सहयोग पुग्ने बताउँदै उद्योग वाणिज्य संघ र ढोरपाटन नगरपालिका बिच सम्मोन्य गर्दे यहाँको पर्यटन प्रर्वद्धन गर्न, व्यवसायीका क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन तथा ढोरपाटनको विकासका निम्ति हातेमालो गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो ।

 कार्यवाहक मेयर कायतले थप बोल्दै बजार पर्याप्त मात्रामा म्याद गुज्रिएको खाद्य वस्तु अनुगमनका क्रममा भेटिने गरेका कारण त्यसलाई न्यूनीकरणका निम्ति उद्योग वाणिज्य संघले सचेतना मुलक कार्यक्रम गर्नुपर्नेमा जोड् दिनुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघ इकाई ढोरपाटन संस्थापक अध्यक्ष हर्क बहादुर गुरुङ, उद्योग वाणिज्य संघ ढोरपाटनका कानुनी सल्लाहकार उत्तम बहादुर महत, उपाध्यक्ष हरि बहादुर कुवँर, पत्रकार छविलाल पाण्डेको आतिथ्यता रहेको थियो । 

ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका, गल्कोट नगरपालिका र गुल्मीको मुसीकोट नगरपालिका लगायत क्षेत्रबाट ४० जना व्यवसायीको उपस्थिति रहेको हो । २६ गते सम्म सञ्चालन हुने तालिममा व्यवसायलाई व्यवस्थित एवम् सफल बनाउन खेल्नुपर्ने भूमिका, आम्दानी खर्चको लेखाजोखा, आर्थिक कारोबारको पारदर्शि व्यवस्थापन , कर प्रणाली र त्यसको अवस्था लगायतका विषयमा जानकारी दिइने जनाइएको हो ।तालिममा प्रशिक्षकको रुपमा चार्टड अकाउन्टेन्ट सन्दिप सापकोटाले प्रशिक्षण दिइरहनु भएको छ ।औपचारिक कार्यक्रम संस्थाका महासचिव ज्ञान प्रसाद कँडेलले सञ्चालन गर्नुभएको थियो । आयोजित कार्यक्रमका अवसरमा ढोरपाटन उद्योग बाणिज्य संघले निकालेको २०८१ सालको भित्रे पात्रोको विमोचन गरिएको थियो । 

हिमालयन लाइफ इन्स्योरेन्स बुर्तिबाङ उपशाखा द्वारा स्वर्गीय शान्ता को परिवारलाई मृत्यु दाबी भुक्तानी ।

0

 चैत्र २४ गते बागलुङ

 हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ उपशाखा द्वारा शनिबार मृत्यु दाबी भुक्तानी गरिएको छ ।

बागलुङको  ढोरपाटन नगरपालिका २ माडे स्थित स्वर्गिय शान्ता सुनारको घरमै पुगेर जनप्रतिनिधि, कम्पनीका कर्मचारी, एजेन्सी लगायतको उपस्थितिमा स्वर्गीय शान्ता सुनारका आमा धन कुमारी सुनारलाई मृत्यु दाबी भुक्तानी बापतको चार लाख दुई हजार आठ सय १५ रुपैयाँ मृत्यु दाबी भुक्तानी बापतको रकम हस्तान्तरण गरिएको हिमालयन लाईफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ उपशाखा प्रमुख खगेन्द्र मान पुनले बताउनु भयो ।

ढोरपाटन नगरपालिका २ का अध्यक्ष भेक बहादुर खत्री, निसीखोला गाउँपालिका १ का अध्यक्ष चन्द्रसिंह रामजाली, एमडिआरटी लिला सिँजाली, एजेन्सी म्यानेजर लगायतको उपस्थिति एवम् मन्तव्य रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले जीवन बीमा अनिवार्य रहेको र बीमाले जीवनको सुरक्षामा सहयोग गर्नुका साथै मानिसको बचत गर्ने बानीको विकासमा समेत महत्वपूर्ण सहयोग गर्ने बताएका छन । कार्यक्रम शाखा प्रबन्धक खगेन्द्र मान पुनले सञ्चालन गर्नुभएको थियो ।

बडिगाडमा बृहत विशेषज्ञ स्वास्थ्य शिविर हुँदै ।

0

बागलुङ चैत्र २३ गते
बागलुङको बडिगाड गाउँपालिकामा चैत्र २४ गते बृहत निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने भएको छ । गाउँपालिकाको वडा नं ५ स्थित खार माध्यमिक विद्यालयमा निशुल्क शिविर सञ्चालन हुने जनाइएको हो ।

दुर्गम र आर्थिब रुपल कमजोर हुँदै गर्दा आफुमा भएको विमार लुकाएर राख्ने समस्यको अन्त्य गर्नका निम्ती शिविर सञ्चालन गर्न लागिएको गण्डकी प्रदेश सभा सदस्य माननिय जित बहादुर शेरचनले बताउनु भयो । बागलुङ क्षेत्र नं. २ प्रदेश सभा २ बाट निर्वाचित सांसद शेरचनले आफनो क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच दिने उदेश्य सहित शिविर सञ्चालन गरिने भएको हो ।

सञ्चालित शिविरमा जनरल मेडिसिन, हाडजोर्नी तथा नशा रोग, छाला तथा यौन रोग, स्त्री तथा प्रसुति, नाक, कान, घाँटी, शल्यक्रिया, मानसिक तथा नशा रोग, आँखा तथा दन्त रोग, मुटु रोग र बाल रोगका विशेषज्ञ सेवा उपलब्ध हुने छ ।
शिविरमा ईसीजी, भीडियो एक्सरे,मुटुको परीक्षण ,सुगर, यूरिक ऐसिड, गर्भवति परीक्षण र रगतको समुह जाँच समेत गरिने छ ।
बडिगाडमा हुने शिविरको आयोजना बडिगाड गाउँपालिकाले गरेको हो । शिविरमा काठमाण्डौ मेडिकल कलेजको डाक्टरहरु सहितको विशेषज्ञ सेवा र प्राबिधिक सहयोग रहनेछ । आफुले शिविरको संयोजन गरेको बताउँदै आर्थिक चेतनाको अभाव र आर्थिक कमजोरीका कारण उपचारबाट बञ्चित रहने नागरिकलाई लक्षित गर्दे गाउँमै शिविरको आयोजना गरिएको सांसद जित बहादुर शेरचनले बताउनु भयो ।
शिविरमा १९ जना विशेषज्ञ डाक्टरहरुको सहभागिता रहनेछ । ‘आर्थिक रुपमा विपन्न स्वास्थ्यमा पहुँच नपुगेका नागरिकको लागि यो शिविरको आयोजना गरिएको हो । ‘शिविरमा उपचार हुन नसक्ने रोगको लागि काठमाण्डौ मेडिकल कलेज काठमाण्डौमा उपचार गरिनेछ ।’
काठमाण्डौ मेडिकल कलेजमा औषधी र खान बस्न बाहेक सबै सुविधा निशुल्क हुनेछ । शिविरमा २ हजार ५०० देखि ४ हजार जना सम्मले सेवा पाउने लक्ष्य लिइएको छ ।

तमानखोलाको भित्रिवन गाउँ नजिकैको जंगलमा भीषण आगलागी

1


चैत्र २२ गते बुर्तिबाङ

बागलुङको तमानखोला गाउँपालिका ६ स्थित विभिन्न वन क्षेत्रमा आगलागी हुँदा गाउँनै आगोको जोखिममा परेको छ ।
म्याग्दीको धवलागिरी क्षेत्रमा पर्ने सिमबाङ भन्ने बनबाट फैलिएको आगो ३ दिनदेखि नियन्त्रण भन्दा बाहिर रहँदा तमानखोला ६ को भित्रीवन वन गाउँ नजिकैको वनक्षेत्रमा भीषण आगलागी भएको  छ ।
गाउँ नजिकै आगो फैलिएका कारण आयो नियन्त्रणमा ल्याउन समस्या भएको वडा नं. ६ का अध्यक्ष चित्र छन्त्यालले बताउनु भयो ।
भित्रिवनको जङ्गलमा आगो छ गाउँ नजिकै मुस्लो सहित आगलागी भइरहेका कारण बस्ती जोगाउन वडा अध्यक्ष चित्र छन्त्याल सहित जनप्रतिनिधि, स्थानीय बासी लगायतको सक्रियतामा बस्ती जोगाउन अगाडि बढिएको बताइएको छ ।