हिमालयन लाइफ इन्स्योरेन्स बुर्तिबाङ उपशाखा द्वारा स्वर्गीय शान्ता को परिवारलाई मृत्यु दाबी भुक्तानी ।

 चैत्र २४ गते बागलुङ

 हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ उपशाखा द्वारा शनिबार मृत्यु दाबी भुक्तानी गरिएको छ ।

बागलुङको  ढोरपाटन नगरपालिका २ माडे स्थित स्वर्गिय शान्ता सुनारको घरमै पुगेर जनप्रतिनिधि, कम्पनीका कर्मचारी, एजेन्सी लगायतको उपस्थितिमा स्वर्गीय शान्ता सुनारका आमा धन कुमारी सुनारलाई मृत्यु दाबी भुक्तानी बापतको चार लाख दुई हजार आठ सय १५ रुपैयाँ मृत्यु दाबी भुक्तानी बापतको रकम हस्तान्तरण गरिएको हिमालयन लाईफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ उपशाखा प्रमुख खगेन्द्र मान पुनले बताउनु भयो ।

ढोरपाटन नगरपालिका २ का अध्यक्ष भेक बहादुर खत्री, निसीखोला गाउँपालिका १ का अध्यक्ष चन्द्रसिंह रामजाली, एमडिआरटी लिला सिँजाली, एजेन्सी म्यानेजर लगायतको उपस्थिति एवम् मन्तव्य रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले जीवन बीमा अनिवार्य रहेको र बीमाले जीवनको सुरक्षामा सहयोग गर्नुका साथै मानिसको बचत गर्ने बानीको विकासमा समेत महत्वपूर्ण सहयोग गर्ने बताएका छन । कार्यक्रम शाखा प्रबन्धक खगेन्द्र मान पुनले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित