ढोरपाटन चैत्र २८
बागलुङको ढोरपाटन नगरपालिकाले बजार अनुगमन तथा बजार व्यवस्थापनमा सक्रियता देखाएको छ ।
पटक पटक बजार अनुगमन गर्दे अखाद्य वस्तुको जफत सँगै व्यवसायलाई सचेत गराउँदै आएको नगरपालिकाले पछिल्लो समय उद्योग वाणिज्य संघ ढोरपाटन, इलाका प्रशासन, प्रहरी लगायतको सक्रियतामा अव्यवस्थित बन्दै गइरहेको बजारलाई व्यवस्थित बनाउन सडक पेटी भन्दा बाहिर ठाउँ ओगटेर राखिएका सामान व्यवस्थापन गर्न, घरदेखि बाहिर सम्म टहरा बनाएर जथाभावी सामान राख्ने बनाइएका स्थान हटाउन अनुरोध गर्दे बजार अनुगमन सँगै व्यवसायीलाई सचेतना गरिएको छ ।
बजार अव्यवस्थित बनीरहेको छ यसलाई व्यवस्थापन गर्नु सबैको दायित्व रहेको बताउँदै यो अभियानमा सबैले साथ दिनुपर्ने ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले बताउनु भयो । टोलीले फाँट बजार र स्वामिबोट देखि बसपार्क सम्मको बजार अनुगमन गरेको हो ।
कतिपय व्यवसायीले आफूहरूले पालिकाले लिएको कदमलाई हार्दिकता का साथ लिएपनि अटेरी व्यवसायीका कारण समस्या भइरहेको बताउँदै नगरपालिकाले कारवाही प्रकृया अगाडि बढाउनु पर्ने सुझाब दिएका छन ।
अनुगमनका क्रममा ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिृकत विष्णु प्रसाद ज्ञवाली, वडा नं. १ का अध्यक्ष वान बहादुर छन्त्याल सदस्य गोपाल महत, इलाका प्रशासन बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँर, उद्योग वाणिज्य संघका अध्यक्ष ढालेन्द्र छन्त्याल, इलाका प्रहरी बुर्तिबाङको तर्फदेखि मङ्गल गुरुङ सहितको टोली, पत्रकार, नगर प्रहरी लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै ढोरपाटन नगरपालिकाले बुर्तिबाङ बसपार्कमा शौचालय बनाउने गरी पाँच लाख बजेट विनियोजन गरेको छ । बुधबार शौचालय निर्माण गर्नका निम्ति कार्यवाहक मेयर धन बहादुर कायत, वडा नं. १ का अध्यक्ष वान बहादुर छन्त्याल, उद्योग वाणिज्य संघका अध्यक्ष ढालेन्द्र छन्त्याल लगायतको उपश्थिती मा बसपार्क छेउमा सार्वजनिक शौचालय बनाउने गरि अगाडि बढ्ने विषयमा छलफल गर्दे चाँडै काम सुरु गर्ने बताइएको छ ।