लघु उद्यम मार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला दिदीबहिनी ।

चैत्र २७ गते

छविलाल पाण्डे  बुर्तिबाङ

बागलुङको तमानखोला गाउँपालिकाका महिलाहरू पछिल्लो समय लघुउद्यम मार्फत आत्मनिर्भर बन्न थालेका छन । सामूहिक तालिम मार्फत विभिन्न सीप विकास आर्जन गरेका उनीहरूले आफूले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्दै विभिन्न सामाग्री उत्पादनमा सक्रिय बन्दै जान थालेका हुन ।

विभिन्न कपडा उत्पादन, बुटिक सिलाई, साबुन तथा सराफ उत्पादन सँगै सिस्नोको पाउडर, डालो डोको लगायतका सामाग्री उत्पादनमा सक्रिय महिलाहरूले आफूहरूले समय समयमा तालिम मार्फत सीप आर्जन गर्दे गर्दा अब आत्मनिर्भर बन्नुपर्दछ भन्ने सोच बनाएका छन ।

आफूले सिकेको सीपलाई व्यवहारमा ल्याउन सके हातैमा पैसा पनि हुने र फुर्सदको समयको भरपुर प्रयोग हुन थालेपछि उत्पादनलाई वृद्धि सँगै बजारीकरणलाई समेत जोड दिएका छन ।

गाउँपालिकाको वडा नं.तमानमा झोला, सल, सुइटर, टोपी, गम्छा लगायतका सामाग्री उत्पादन हुँदै आएको छ । महिला कल्याण आमा समुह अन्तरगत रहेर उनका सामाग्री उत्पादन गर्दे आएका उनीहरूले केही बर्ष पहिले देखिनै उद्यम सुरु गरेका हुन । सामूहिक रुपमा काम गर्दा रमाइलो हुने र फुर्सदको समयलाई उत्पादनमा लगाउँदा आत्मनिर्भर बन्न सकिएको समुहकी जुनुमाया घर्तीको भनाई छ ।

वडा नं. २ को तमान लघुउद्यमी समुहले झोला लगायतका सामाग्री उत्पादन गर्दे आइरहेको छ । वडा नं. ५ को खुङ्खानी समुहले सिस्नोको पाउडर, वोङगाखानी लघुउद्यम आमा समुहले काम्लो, हर्देउला उत्पादन गरि बजारीकरण गर्दे आएका छन । वडा नं. १ को सिर्जनशील लघु उद्यमी समुहले साबुन सरफ लगायतका सामाग्री उत्पादन गर्न थालेको हो ।

महिलाहरूले स्थानीय उत्पादन रहको भेडा बाख्राको उनबाट हर्देउला, काम्लो लगायतका सामाग्री समेत निर्माण गर्दे आएका छन । अब दिदी बहिनी बसेर गफ गर्ने र यतिकै खेर गइरहेको समयलाई सदुपयोग गर्दे आत्मनिर्भर बन्नुपर्दछ भन्ने उद्देश्य सहित उत्पादन मूलक कार्यमा लागिएको धनमती गोतामेको भनाई छ ।

तमानखोला गाउँपालिकाले पालिकामा हुने विभिन्न कार्यक्रममा स्थानीय उत्पादनलाई प्राथमिकता दिने गरेको छ । गाउँपालिकाले तमानमा भवन समेत निर्माण गरिसकेको छ । उक्त भवनबाटै सामूहिक रुपमा महिला दिदीबहिनी जम्मा भएर दिनभर उत्पादनका सामाग्री बनाउनै व्यस्त देखिन्छन ।

बजारीकरणमा सहजिकरण गरिरहेको तमानखोला गाउँपालिकाले अतिथि सत्कारमा स्थानीय उत्पादनलाई प्राथमिकता दिनुका साथै उत्पादित सामाग्री विभिन्न स्थान सम्म पुर्याउन ढुवानीको व्यवस्था, महिलाहरूलाई थप तालिमको व्यवस्था लगायतका कार्यमा सहयोग गर्दे आइरहेको गाउँपालिका अध्यक्ष जोक लाल बुढाले बताउनु भयो ।

स्थानीय उत्पादनलाई प्राथमिकता दिन सकेको खण्डमा आम्दानीको श्रोत पनि बदने र रोजगारी सृजना हुने भएका कारण गाउँपालिकाले महत्वपूर्ण हेरिरहेको अध्यक्ष बुढाको भनाई छ ।

महिला दिदीबहिनीलाई आत्मनिर्भर बनाउन उहाँहरूले सिकेका सीपलाई व्यवहारमा ल्याउने गरि पालिकाले विभिन्न कार्यक्रम लिएको बताउँदै अब बजारीकरणमा उहाँहरूलाई थप सीप आर्जन सँगै व्यवसायिक बनाउने र बजारीकरणमा समेत महत्वपूर्ण साथ दिने गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित