जग्गा खरिद विवाद लिएर आफनो चरित्र हत्या गर्न खोजीयो दिपक अदै ।


बुर्तिबाङ क्षेत्रका निर्माण व्यवसायी दिपक कुमार अदैले आफुले खरिद गरिएको जग्गालाई आफनो चरित्र हत्या गर्ने गरी अतिरञ्जित गर्न खोजीएको आरोप लगाउनु भएको छ ।
एक भिडियो सन्देश मार्फत अदैले आफुले हालै बन्न लागेको बुर्तिबाङ बसपार्क नजिक रहेको जग्गा नापि नक्साले देखाएको नसांकन बमोजिम जग्गा धनिबाट जग्गा खरिद गरिएको बताउँदै आफुले जग्गा खरिदमा जग्गाधनिसंग कुनै प्रकारको जालसाँझी नगरिएको बताउनु भयो ।
सामान्य विषयमा तिललाई पहाड बनाउन खोजीएको र आफनो चरित्र हत्या गर्न खोजीएको बताउँदै संचार माध्यम मार्फत आएका समाचार एकतर्फी मात्र भएको र आफु न्याय खोज्न सम्बन्धित निकायमा पुग्ने बताउनु भयो ।
लालपुर्जामा १० आना जग्गा भएपनी मध्यपहाडी लोकमार्गले गर्दा अधिकांस जग्गा सडकमा परेको र फिल्डमा जम्मा २ आना जती मात्र भएका कारण जग्गा धनि दिल कुमारी कुमाल र निजका छेठा छोरा बोम बहादुर कुमाल संग सरसल्लाह गरेर मात्रै सहमती बमोजिम जग्गा खरिद गरिएको बताउनु भयो । 

जग्गा खरिदमा जग्गा धनिलाई सहमती वमोजिम नगद बुझाएको बताउँदै मालपोत रेट अनुसार दोब्बर दस्तुर राखेर ७३ लाख रुपैँया थैलीमा अदैको श्रीमती खिम कुमारी अदैको नाममा जग्गा पास भएको पाइएको छ । 

जग्गा धनिले मञ्जुरले दिएका कारण आफुबाट कुनै ढाँटछल गल्ति कमजोरी नभएको र कानुनी रुपमा अगाडि बढ्नुपर्ने अवस्था आएमा कानुन बमोजिम अगाडि बढ्न आफु तयार रहेको समेत बताउनु भएको छ । व्याक्तिगत विषयलाई लिएर पार्टी संग जोड्नु गलत भएको उहाँको भनाई छ ।

उता  दिल कुमारीका कान्छा छोरा तेज बहादुर कुमालले आफुसंग कुनै सल्लाह नगरी जग्गाको कारोबार भएका कारण अन्यायमा परेको महसुस गरिएको बताउनु भएको छ ।

जग्गा किनवेचमा  घरमा पनी छलफल नहुनु र खरिद गर्ने व्याक्तिले समेत आफुलाई जानकारी नगराएका कारण जग्गा किनबेच सस्तो मूल्यमा भयो र आफुलाई जानकारी नगराउँदा बुढाबुढीलाई झुक्याउन खोजीएको भन्दै न्याय खोज्न हिँडेको बताउनु भएको छ । 

व्याक्तिगत लेनदेनको विषयलाई लिएर पार्टी संग जोड्नु गलत रहेको र दुई आना जग्गा आफनो साँध सिमानमा पर्ने भएका कारण भविष्यमा कुनै प्रयोजन हुने आशामा ७२ बर्षिय दिलकुमारी कुमालबाट उहाँको नाममा रहेको जग्गा खरिद गरिएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित