भिमगिठेमा बस र पिकअप ठोक्किँदा ५ घाइते

बडिगाड गाँउपालिका ७ भिमगिठेमा बस र पिकअप जिप एक आपसमा ठोकिदा ५ जना घाईते भएका छन ।

बस र पिकअप जिप एक आपसमा ठोकिदा गलकोट नगरपालिका ८ का स्याम सुनार, नविन गलामी, टिकाराम कामी, अनिल श्रीस र विज्ञान गलामी घाईते भएका हुन । उनिहरुको अनुहार र हातमा सामान्य चोट लागेको र स्थानिय मेडिकलमा उपचार चलिरहेको बडिगाड गाँउपालिकाका पालिका हवलदार कमल रानाले जनाकारी दिए ।

बुर्तिबाङबाट बुटवल जादै गरेको लु १ ख ८२८६ नम्बरको बस र गलकोटबाट बोबाङ् दुरन फर्काउन जाँदै गरेको घ १ ज ४२० नम्बरको पिकअप जिप एक आपसमा ठोकिएका हुन ।

प्रहरीले पिकअप चालक कृष्ण बहादुर खत्री र बस चालक श्याम बहादुर रजौंलीलाई नियन्त्रणमा लिएको छ । बसमा ९ जना र जिपमा ७ जना सवार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित