चैत्र २९
निसीखोला गाउँपालिका वडा नं. १ को देविस्थान बजारमा चैते दशै मेला सञ्चालन हुने भएको छ ।
परापुर्व कालदेखि चैते दशैको अवसरमा मेला लाग्दै आएको उक्त स्थानमा यसबर्ष निसीखोला गाउँपालिका तेस्रो अध्यक्ष कप संगै विभिन्न खेलकुद एव्म सांस्कृर्तिक कार्यक्रम सञ्चालन हुने भएको निसीखोला गाउँपालिका खेलकुद बिकास समिती अध्यक्ष राजमन बुढाले बताउनु भयो ।
चैत्र ३० गतेदेखि सुरु हुने कार्यक्रमको बैसाख ४ गते गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले प्रमुख अतिथीको रुपमा कार्यक्रमको उद्घाटन गर्नुहुने भएको देविस्थान युवा क्लबका अध्यक्ष भरत पुनले बताउनु भयो ।
आयोजित कार्यक्रमका अवसरमा एकलाख पचास हजार प्रथम पुरस्कार राखिको वडा स्तरिय पुरुष भलिव, महिला भलिवल, ३५ बर्ष माथि उमेर समुहको भेटरान्स खेल प्रतियोगिता, तेक्वान्डो प्रतियोगिता, पुरुष महिला छेलो, जनप्रतिनिधी, कर्मचारी विचको मैत्रिपूर्ण भलिबल खेल, पुरुष महिला रस्सा कस्सा लगाएतका प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा स्थानीय कला संस्कृर्तिका संरक्षण गर्न मारुनी नृत्य, आमा समुहको नृ्रत्य, दोहोरी गित लघु उद्यमी प्रर्दशनी लगाएतका कार्यक्रम तय गरिएको जनाइएको छ ।
देविस्थानमा परापूर्व कालदेखिनै चैत्राष्टमी मेला लाग्ने गरेको पाईन्छ । मेलाको आवस्यक तयारी पुरा भइरहको निसीखोला गाउँपालिका खेलकुद विकास समिती संयोजक राजमन बुढाले बताउनु भयो ।