ढोरपाटन उवा संघको आयोजनामा व्यवसायीलाई आयकर सम्बन्धी तालिम

चैत्र २५ गते

ढोरपाटन उद्योग वाणिज्य संघ बुर्तिबाङको आयोजनामा आइतबारदेखि दुई दिने आयकर सम्बन्धी तालिम बुर्तिबाङमा सुरु भएको छ । व्यवसायीलाई आफूले गरेको व्यवसायलाई व्यवस्थित बनाउन, आय कर तथा व्यवसायमा आम्दानी र खर्चको विवरण राख्ने लगायतका विषयमा जानकारी गराउने उद्देश्य सहित तालिमको आयोजना गरिएको उद्योग वाणिज्य संघ ढोरपाटनका अध्यक्ष ढालेन्द्र छन्त्यालले बताउनु भयो ।

 ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको प्रमुख आतिथ्यता रहेको उद्घाटन सत्रको कार्यक्रममा प्रमुख अतिथि कायतले बोल्दै उद्योग वाणिज्य संघले व्यवसायीको हक हितका निम्ति विभिन्न कार्यक्रम गर्दे आइरहेको बताउनु भयो । तालिमले व्यवसायीलाई महत्वपूर्ण सहयोग पुग्ने बताउँदै उद्योग वाणिज्य संघ र ढोरपाटन नगरपालिका बिच सम्मोन्य गर्दे यहाँको पर्यटन प्रर्वद्धन गर्न, व्यवसायीका क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन तथा ढोरपाटनको विकासका निम्ति हातेमालो गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो ।

 कार्यवाहक मेयर कायतले थप बोल्दै बजार पर्याप्त मात्रामा म्याद गुज्रिएको खाद्य वस्तु अनुगमनका क्रममा भेटिने गरेका कारण त्यसलाई न्यूनीकरणका निम्ति उद्योग वाणिज्य संघले सचेतना मुलक कार्यक्रम गर्नुपर्नेमा जोड् दिनुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघ इकाई ढोरपाटन संस्थापक अध्यक्ष हर्क बहादुर गुरुङ, उद्योग वाणिज्य संघ ढोरपाटनका कानुनी सल्लाहकार उत्तम बहादुर महत, उपाध्यक्ष हरि बहादुर कुवँर, पत्रकार छविलाल पाण्डेको आतिथ्यता रहेको थियो । 

ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका, गल्कोट नगरपालिका र गुल्मीको मुसीकोट नगरपालिका लगायत क्षेत्रबाट ४० जना व्यवसायीको उपस्थिति रहेको हो । २६ गते सम्म सञ्चालन हुने तालिममा व्यवसायलाई व्यवस्थित एवम् सफल बनाउन खेल्नुपर्ने भूमिका, आम्दानी खर्चको लेखाजोखा, आर्थिक कारोबारको पारदर्शि व्यवस्थापन , कर प्रणाली र त्यसको अवस्था लगायतका विषयमा जानकारी दिइने जनाइएको हो ।तालिममा प्रशिक्षकको रुपमा चार्टड अकाउन्टेन्ट सन्दिप सापकोटाले प्रशिक्षण दिइरहनु भएको छ ।औपचारिक कार्यक्रम संस्थाका महासचिव ज्ञान प्रसाद कँडेलले सञ्चालन गर्नुभएको थियो । आयोजित कार्यक्रमका अवसरमा ढोरपाटन उद्योग बाणिज्य संघले निकालेको २०८१ सालको भित्रे पात्रोको विमोचन गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित