नापीले दुई थरि नक्सांकन गरिदिँदा अन्याय भयो जित कुमारी माझी ।

चैत्र २६

बागलुङको ढोरपाटन नगरपालिका वडा नं.१ की जित कुमारी माझीले आफूलाई नापी कार्यालय बुर्तिबाङले जग्गा नापजाँचमा अन्याय गरेको बताएकी छन । ढोरपाटन नगरपालिका १ खप्तरि बाङ स्थित बन्दै गरेको बसपार्क नजिकैको जग्गामा नापजाँच गर्ने क्रममा नापी प्राविधिकले नै पटक पटक ठाउँ सार्दै गर्दा आफूलाई अन्याय गरेको बताएकी हुन ।

बुर्तिबाङ नयाँ शहर आयोजनाले बसपार्क निर्माण गर्दे गरेको आडैमा सटिएको जग्गा जित कुमारी माझीको छ । बसपार्क निर्माण सुरु गर्दे गर्दा पनि जग्गा नापजाँच गरेर नयाँ शहर आयोजनाले टर्मिनल भवन निर्माण सुरु गरेको थियो । मेरो जग्गाको सिमानामै बसपार्कको भवन बनिरहेको छ । पहिले नापजाँच गर्दा जग्गा साँधियार को मन्जुरीमा नयाँ शहरले आफ्नो जग्गा कब्जा गरेर संरचना निर्माण सुरु गरेपनि पछिल्लो समय फेरी आफूले उपभोग गरेकै जग्गा नयाँ शहरको रहेको भन्दै हकदाबी गर्न थालेको माझीको आरोप छ ।

गत फागुन महिनामा बुर्तिबाङ नापी कार्यालयका निमित्त प्रमुख राम प्रसाद सापकोटाले जग्गा नापजाँच गर्दा बडिगाड खोलाको भाग कटाएर नापजाँच गर्दा माझीको जग्गा मिचिएको र बसपार्क निर्माणका निम्ति नयाँ शहरले खरिद गरेको जग्गा माझीको तर्फ सरेको बताइएको माझीले पटक पटक प्राविधिक लगेर आफ्नो जग्गा छुट्याइदिन आग्रह गर्दा समेत वास्तविक जग्गा छुट्याउन नसकी फरक फरक नापजाँच गराइदिने गरेको माझीले बताइन ।

बसपार्क निर्माण अगावै नापी कार्यालय बुर्तिबाङका अमिन सुनिल कुमार र निमित्त प्रमुख कृष्ण बहादुर कुमालले नापेकै नक्सा र साँध अंशियारले मन्जुरी गरेको क्षेत्र आफूले भोगचलन गर्दे आइरहेकोमा गत फागुन ११ गते आफूलाई कुनै जानकारी नदिई पहिले कायम गरिएको रेखांकन हटाएर पुनह मनपरी रेखांकन गरिएको उनको भनाई छ । यता नापी कार्यालय बुर्तिबाङका निमित्त प्रमुख राम प्रसाद सापकोटाले आफूहरूले नापजाँच गरेको यथार्थ र अधिकारी रहेको बताउँदै पीडितले चित्त नबुझेमा अदालत जान सक्ने बताए ।

पहिले र अहिलेको नापजाँचमा फरक किन भन्ने प्रश्नमा उनले भने पहिले अंशियारले भनेको भोगचलन गरेको आधारमा नापजाँच भएको हुन सक्के बताउँदै अहिले बडिगाड खोलाको भाग छुट्याएर हेर्दा वास्तविक रेखांकन गरिएको दाबी गरेका छन । बसपार्कले समेत खोलाको भागमा संरचना निर्माण गरेको रहेछ विगतमै खोलाको रेखांकन नहेरिएका कारण यस्तो कमजोरी देखिएको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित