बडिगाडमा बृहत विशेषज्ञ स्वास्थ्य शिविर हुँदै ।

बागलुङ चैत्र २३ गते
बागलुङको बडिगाड गाउँपालिकामा चैत्र २४ गते बृहत निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने भएको छ । गाउँपालिकाको वडा नं ५ स्थित खार माध्यमिक विद्यालयमा निशुल्क शिविर सञ्चालन हुने जनाइएको हो ।

दुर्गम र आर्थिब रुपल कमजोर हुँदै गर्दा आफुमा भएको विमार लुकाएर राख्ने समस्यको अन्त्य गर्नका निम्ती शिविर सञ्चालन गर्न लागिएको गण्डकी प्रदेश सभा सदस्य माननिय जित बहादुर शेरचनले बताउनु भयो । बागलुङ क्षेत्र नं. २ प्रदेश सभा २ बाट निर्वाचित सांसद शेरचनले आफनो क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच दिने उदेश्य सहित शिविर सञ्चालन गरिने भएको हो ।

सञ्चालित शिविरमा जनरल मेडिसिन, हाडजोर्नी तथा नशा रोग, छाला तथा यौन रोग, स्त्री तथा प्रसुति, नाक, कान, घाँटी, शल्यक्रिया, मानसिक तथा नशा रोग, आँखा तथा दन्त रोग, मुटु रोग र बाल रोगका विशेषज्ञ सेवा उपलब्ध हुने छ ।
शिविरमा ईसीजी, भीडियो एक्सरे,मुटुको परीक्षण ,सुगर, यूरिक ऐसिड, गर्भवति परीक्षण र रगतको समुह जाँच समेत गरिने छ ।
बडिगाडमा हुने शिविरको आयोजना बडिगाड गाउँपालिकाले गरेको हो । शिविरमा काठमाण्डौ मेडिकल कलेजको डाक्टरहरु सहितको विशेषज्ञ सेवा र प्राबिधिक सहयोग रहनेछ । आफुले शिविरको संयोजन गरेको बताउँदै आर्थिक चेतनाको अभाव र आर्थिक कमजोरीका कारण उपचारबाट बञ्चित रहने नागरिकलाई लक्षित गर्दे गाउँमै शिविरको आयोजना गरिएको सांसद जित बहादुर शेरचनले बताउनु भयो ।
शिविरमा १९ जना विशेषज्ञ डाक्टरहरुको सहभागिता रहनेछ । ‘आर्थिक रुपमा विपन्न स्वास्थ्यमा पहुँच नपुगेका नागरिकको लागि यो शिविरको आयोजना गरिएको हो । ‘शिविरमा उपचार हुन नसक्ने रोगको लागि काठमाण्डौ मेडिकल कलेज काठमाण्डौमा उपचार गरिनेछ ।’
काठमाण्डौ मेडिकल कलेजमा औषधी र खान बस्न बाहेक सबै सुविधा निशुल्क हुनेछ । शिविरमा २ हजार ५०० देखि ४ हजार जना सम्मले सेवा पाउने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित