तमानखोलाको भित्रिवन गाउँ नजिकैको जंगलमा भीषण आगलागी


चैत्र २२ गते बुर्तिबाङ

बागलुङको तमानखोला गाउँपालिका ६ स्थित विभिन्न वन क्षेत्रमा आगलागी हुँदा गाउँनै आगोको जोखिममा परेको छ ।
म्याग्दीको धवलागिरी क्षेत्रमा पर्ने सिमबाङ भन्ने बनबाट फैलिएको आगो ३ दिनदेखि नियन्त्रण भन्दा बाहिर रहँदा तमानखोला ६ को भित्रीवन वन गाउँ नजिकैको वनक्षेत्रमा भीषण आगलागी भएको  छ ।
गाउँ नजिकै आगो फैलिएका कारण आयो नियन्त्रणमा ल्याउन समस्या भएको वडा नं. ६ का अध्यक्ष चित्र छन्त्यालले बताउनु भयो ।
भित्रिवनको जङ्गलमा आगो छ गाउँ नजिकै मुस्लो सहित आगलागी भइरहेका कारण बस्ती जोगाउन वडा अध्यक्ष चित्र छन्त्याल सहित जनप्रतिनिधि, स्थानीय बासी लगायतको सक्रियतामा बस्ती जोगाउन अगाडि बढिएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस

  1. Gaauko banjangal ma aago lagaunu hunna vanne chetana mulak karkaram haru k kati vaye ani yo aago lagauni bekti ko thiyo tesko khoj talasi vayoki nai ani basti chai kahako darap ma parexa sabai jankari liunu hola adakxye ani tehaka partinidhi jiu haru bata pattrakaar mahidaye dhorpatan times lai mero anurodha

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित