झिवाखोलामा रंगीन युवा क्लबको होली मेला हर्षोल्लासको साथ मनाइयो । 


त्यस्तै निसीखोला गाउँपालिका ४ मा रहेको रंगीन युवा क्लबको आयोजनामा रङ्गिन होली मेला भब्य रुपमा मनाइएको छ । एक आपसमा होली खेलेर हर्ष उल्लासका साथ होली पर्व मनाइएको हो ।

पश्चिम बागलुङकै महत्वपूर्ण मेलाको रुपमा रहेको होली मेला आइतबार निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले उद्घाटन गर्नुभएको थियो ।

अध्यक्ष घर्तीले बोल्दै एक आपसमा सद्भाव साटासाट गर्दे मनाइने होली पर्व यसक्षेत्रको महत्वपूर्ण संस्कृति रहेको बताउँदै रंगीन युवा क्लबले यसको जर्गेनाको निम्ति महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो ।

 क्बल अध्यक्ष नन्दलाल रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमका अवसरमा पूरुष भलिवल प्रतियोगिता, ब्याडमिन्टन, गुरुप डान्ड, माछा छोपाई लगायतका प्रतियोगिता समेत सञ्चालन गरिएको हो ।

असत्यमाथि सत्यको, छलमाथि निष्छलताकोअधर्ममाथि धर्मको विजयको प्रतीकको रुपमा होली पर्व मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित