आगोलागी पिडित परिवारलाई ढोरपाटन नगरपालिका र लायन्स क्लब ढोरपाटनको सहयोग

चैत्र ६ बागलुङ)
बिद्युत सर्ट भएर आगो सल्किंदा मंगलबार बागलुङको ढोरपाटन ३ विस्मोरमा दुई घर जलेर नस्ट भएको छ । स्थानीय हेमलाल कुवँरको घरबाट फैलिएको आगोका कारण उनकै दाइ आत्मारामको पनि घर जलेर नष्ट भएको हो ।
आगोले घरभित्र राखिएको अन्नपात, लत्ता कपडा, भाँडाकुँडा र नगद २ लाख ५० हजार समेत जलेर नष्ट भएको हो । मंगलबार बिहान करिब पौने १० बजेको समयमा सुरु भएको आगोलागी पछि निभाउने प्रयास भएपनि असंभव जस्तै भयो । दुबै घर जलेर पूर्ण रुपमा नस्ट हुँदै गर्दा पिडित बनेको परिवारलाई ढोरपाटन नगरपालिका द्धारा खाध्यान्ह सामाग्रि हस्तान्त्रण गरिएको छ । नगरपालिकाले चामल, दाल, नुन तले लगाएतका खाध्यान्ह सामाग्रि उपलब्ध गराएको हो । पिडित परिवारलाई नगरपालिकाले आवस्यक सहयोग गर्ने कार्यवाहक मेयर धन बहादुर कायतले बताउनु भएको छ ।

त्यस्तै लायन्स क्लब अफ ढोरपाटनले तत्काल समितीका पदाधिकारीबाट तत्काल आर्थिक संकलन गरेर आवस्यक भाँडावर्तन र लत्ता कपडा उपलब्ध गराएको हो । सामाजिक कार्यमा सक्रिय रहेको लायन्स क्लबले तत्काल आवस्यक पर्ने खाना पकाउने र खाना खान प्रयोग गरिने भाँडाका सेट, एक एक सेट ओड्ने कपडा, म्याट्रेस लगाएतका सामाग्रि हस्तान्त्रण गरिएको हो ।

क्लबका अध्यक्ष राम प्रसाद आर्चाय लगाएत क्लबका पदाधिकारीको उपस्थिती रहेको कार्यक्रममा तिस हजार रुपैयाँ बराबरको सामाग्रि पिडित परिवारलाई हस्तान्त्रण गरिएको थियो । कार्यक्रम सँस्थाका प्रथम उपाध्यक्ष छविलाल पाण्डेले सहजिकरण गर्नुभएको हो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय बुर्तिवाङको टोली समेत उद्दारमा पुगेको थियो । प्रहरी निरीक्षक राजकुमार बिकका अनुसार आगोलागीमा परि हेमलाल कुवँरको भैँसीको पाडा समेत मरेको छ । बाख्रा फर्म, शौचालय लगाएतका सँरचना समेत ध्वस्त भएको हो । इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली र ढोरपाटन नगरपालिकाको विपद जोखिम न्यूनिकरण टोली र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित