ग्लोबल मनि विक २०२४ को अवसरमा नेपाल बैँक बुर्तिबाङ शाखा द्धारा वित्तीय साक्षरता कार्यक्रम


चैत्र ९ गते बुर्तिबाङ
नेपाल बैँक लिमिटेड बुर्तिबाङ शाखा द्धारा शुक्रबार उत्तरगंगा माध्यमिक विद्यालय बुर्तिबाङमा विश्व व्यापी मुद्रा सप्ताह २०२४  कार्यक्रम अन्तरगत  कक्षा ११ र १२ का विद्यार्थी संग वित्तीय साक्षरता
कार्यक्रम गरिएको छ । 

विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने अर्गनाइजेशन अफ इकोनोमिक्स कोअपरेसन एन्ड डेभलपमेन्टको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । उक्त सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गरिरहेको छ ।

विश्व व्यापी मुद्रा कार्यक्रम अन्तरगत  आजको बचत गर्नुहोस् सुरक्षित भविष्यको लागी भन्ने मूलनाराका साथ सम्पूर्ण सङ्कायमा अध्ययनरत  ११ र १२ का २०० बढि विद्यार्थीको बिचमा ग्लोबल सप्ताहको विषयमा जानकारी दिँदै  “बचत कसरी गर्ने र भावी दिनमा त्यसको प्रभाव ”लगायतका विषयमा जानकारी गराउँदै युवा पीडिलाई कसरी बचत गर्ने बानीको विकास गराउने र उनिहरुलाई अनावश्यक फजुल खर्चबाट जोगाउने उपायको विषयमा अन्तरकृया गरिएको नेपाल बैँक लिमिटेड बुर्तिबाङका शाखा प्रमुख सुनिल चौधरीले बताउनु भयो ।

उहाँका अनुसार विद्यार्थीको फजुल खर्च गर्ने बानी रोक्दै बचत कसरी गर्ने र परिवारमा समेत अभिभावकको कमाई र त्यसलाई कसरी बचत गर्ने भन्ने विषयमा जानकारी गराउँदै उत्प्रेरण सहितको अन्तरकृया कार्यक्रम गरिएको जनाइएको छ ।

 

 नेपाल बैँक लिमिटेड बुर्तिबाङका प्रमुख सुनिल चौधरीको अध्यक्षता रहेको कार्यक्रममा उत्तर गंगा माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद पौडेलको प्रमुख आतिथ्यता, शिक्षक हिरालाल पौडेलको आतिथ्यता एवं नेपाल बैँकका कर्मचारी दिपा सुनारको स्वागत कर्मचारी सुरेश बस्नेतको सहजिकरणमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित