चैत्र २ गते बागलुङ
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बागलुङ शाखाले सोमबार घातक रोग बापतको बिमा दाबी भुक्तानी गरेको छ।
कम्पनीले बागलुङ नगरपालिका वडा नं। १ स्थित बिमित बिमलेश आचार्यलाई उहाँकै निवासमा पुगेर घातक रोग लागे बापत १४ लाख ५८ हजार ७०० रुपैयाँ बिमितलाई हस्तान्तरण गरेको शाखा प्रमुख कमला शर्माले बताउनु भयो ।
बिमित आचार्यले २०७६ पौष महिनामा सिटिजन लाइफको बागलुङ शाखाबाट घातक रोगको सुविधा सहित वार्षिक बिमा शुल्क १ लाख ६८ हजार रुपैयाँ बुझाउने गरि सिटिजन शुभारम्भ योजना खरिद गर्नुभएको थियो।
बिमा गरेको करिब ४ वर्षको अवधिमानै प्राणघातक रोग लागेको ले बिमित आचार्यलाई दाबी रकमको चेक भुक्तानी गरिएको जनाइएको छ ।
घातक रोग दाबी भुक्तानी कार्यक्रममा बागलुङ शाखाका शाखा प्रबन्धक कमला शर्माले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अतिरिक्त सुविधा मार्फत एउटा मात्र रोगको नभई २० घातक रोगहरूको बिना बिल नै ५० लाख सम्मको उपचार खर्च नेपालमै पहिलो पटक सेवा दिने गरि धेरै क्षेत्रमा काम गरिरहेको बताउनु भयो।
बिमित आचार्यले बिना बिल भरपाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबाट प्राप्त रकमले उपचारमा धेरै आर्थिक सहयोग र हौसला प्राप्त भएको बताउँदै सिटिजन लाइफ इन्स्योरेन्सलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा शाखा प्रमुख कमला शर्मा सहित कर्मचारी बिकाश सापकोटा, सिनियर एजेन्सी मेनेजर अस्मिता गौतम,एजेन्सी म्यानेजर सिर्जना जिसी चोखाल, एजेन्सी म्यानेजर सम्झना कार्की आचार्य लगायतका अन्य समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।