बागलुङको निसीखोलामा बस दुर्घटना: २ जनाको मृत्यु १६ बढि घाइते

 

चैत्र ५ गते बुर्तिबाङ

बागलुङको निसीखोला गाउँपालिका ६को जाउले पानी भन्ने स्थानमा बस दुर्घटना भएको छ । पश्चिम रुकुम देखि काठमान्डौका लागी छुटेको ००६ ख ३८७९ नम्बरको बागमती प्रदेशको बस सोमबार साँझ करिब ४ बजेतिर मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा   निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिका अनुसार २ जनाको मृत्यु १६ बढि घाइते भएको बताइएको छ । मृत्यु र घाइते हुनेको संख्या अझै बढ्न सक्ने प्रत्यक्ष दर्सिले बताएका छन । 

मृतक र घाइतेको उद्धारका निम्ति नेपाल प्रहरी र स्थानीयको सक्रियतामा उद्धारको काम भइरहेको निसीबाट डिल्ली सापकोटाले बताउनु भयो । बस मध्यपहाडी लोकमार्ग देखि करिब १५० मिटर तल खसेको छ।

बसमा यात्रु संख्या धेरै रहेको र घाइते र मृतकको संख्या समेत यकिन भइनसकेको उद्धारमा खटिनु भएका इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिकले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित