बागलुङको निसीखोलामा बस दुर्घटना ९ जनाको ज्यान गयो २४ जना घाइतेलाई थप उपचारका लागी बागलुङ लगियो ।

 चैत्र ५ गते बुर्तिबाङ

सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका ६ को जाउले पानी भन्ने स्थानमा भएको बस दुर्घटनामा पछिल्लो विवरण अनुसार ९ जनाको मृत्यु हुनुका साथै २४ जना घाइतेलाई थप उपचारका निम्ति धवलागिरी अञ्चल अस्पताल बागलुङ रिफर गरिएको छ , पश्चिम रुकुम देखि काठमान्डौका लागी छुटेको ००६ ख ३८७९ नम्बरको बागमती प्रदेशको बस सोमबार साँझ पौने पाँच बजे निसीखोला गाउँपालिका ६ को जाउले पानी भन्ने थाउँमा दुर्घटना हुँदा सडक देखि करिब १५० मिटर तल खसेको अवस्थामा छ । दुर्घटनामा परि ५ पुरुष ४ महिला गरि ९ जनाको मृत्यु भएको हो ।

७ जनाको घटना स्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिकले बताउनु भयो । घाइते २६ जना मध्ये बुर्तिबाङ स्वास्थ्य केन्द्रमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको छ ।

अन्य २४ जनालाई सामान्य उपचार पछि थप उपचारका निम्ति धवलागिरी अञ्चल अस्पताल रिफर गरिएको बुर्तिबाङ स्वास्थ्य केन्द्रका प्रमुख डा नविन्द्र ढकालले बताउनु भयो । घाइतेको अवस्था गम्भिर रहेका कारण थप उपचारका निम्ति रिफर गरिएको बताइएको छ । घाइतेको टाउको, ढाड, हात खुट्टामा गम्भिर चोट लागेको छ । बसमा ३३ जना यात्रु सवार रहेको पाइएको हो । ७ जना मृतकको शव रुकुम पठाइएको छ । मृत्यु हुनेमा सवारी धनी, सवारी चालक लगायत ९ जना रहेका छन मृतकको पहिचान खुल्न सकेको छैन ।

घाइते हुनेहरुमा  रुकुम पश्चिम मुसीकोट नगरपालिका ०१ बस्ने बर्ष ५२ को दसरथ नेपाली , गुल्मी मधाने गाउँपालिका ०१ बस्ने बर्ष २४ को गोबिन्द बोहरा सहचालक, रुकुम पश्चिम मुसिकोट नगरपालिका ०३ बस्ने बर्ष ६५ को हर्क बहादुर के।सी ,बोतलिवाङ गाउँपालिका वडा ७ बस्ने बर्ष ३५ को हिम बहादुर पाण्डे, गुल्मी मालिका गाउँपाकिला ०१ बस्ने बर्ष ५० को बल बहादुर पुन , सुर्खेत पञ्चपुरी नगरपालिका ०८ बस्ने बर्ष २६ को लक्ष्मण बोगटी , जिल्ला रुकुम पश्चिम बस्ने बर्ष २२ को टिकाराम बिक ,रुकुम पश्चिम बोतलिवाङ गाउँपालिका ११ बस्ने बर्ष २२ कि सविना पुन मगर ,रुकुम पश्चिम बस्ने बर्ष ३८ को हेमराज के।सी ,

रुकुम मुसिकोट नगरपालिका वडा नं ०३ बस्ने बर्ष २४ को गणेश खड्का, काठमाण्डौ टोखा नगरपालिका ०३ बर्ष २३ कि श्रीष्टि गैरे, डोल्पा त्रिपुरासुन्दरी नगरपालिका ०३ बस्ने बर्ष २८ को आविश्कार धराला,रुकुम पश्चिम मुसिकोटदनगरपालिका ०३ बस्ने बर्ष २७ कि सरिता खड्का, सोही ठाउँका महिना ३ कि ज्ञानु ढकाल , ललितपुर महानगरपालिका १४ बस्ने बर्ष २४ कि अनुज्ञा भट्टराई, रुकुम पश्चिम मुसीकोट नगरपालिका ०४ बस्ने बर्ष ४६ कि बिना शर्मा, बर्ष ४४ कि कमला केसी बर्ष २० कि लक्ष्मी पुन मगर बर्ष ५५ को लिला के।सी, , बर्ष ३० को शशिराम खड्का रुकुम पश्चिम तलाखेत नगरपालिका ०४ बस्ने बर्ष १८ कि सपना वली मुसीकोट नगरपालिका ०३ बस्ने बर्ष ६० को हर्क बहादुर जिसी ,सानोभेरी गाउँपालिका ०१ बस्ने बर्ष २६ को दिनेश खड्का ,सोभा थापा ,सिन्धुपाल्चोक जुगाल गाउँपालिका ०२ बस्ने बर्ष २६ को देवेन्द्र रिजाल रहनु भएको छ ।

बस तिव्र गतिमा कुँदिरहेका कारण दुर्घटना हुन पुगेको सवार यात्रुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित