आगलागीबाट ढोरपाटनको विस्मोरमा दुई घर जलेर नष्ट

चैत्र ६ गते बुर्तिबाङ
मंगलबार बिहान घरमा आगलागी हुँदा बागलुङको ढोरपाटन ३ विस्मोरमा दुई घर जलेर नष्ट भएको छ । हेमलाल कुवँरको घरबाट फैलिएको आगोका कारण दुई घर पूर्ण रुपमा जलेर नस्ट भएको जनाइएको छ ।
आगलागीका कारण हेमलाल कुवंर र आत्मराम कुवँरको दुई तलाको घर पूर्ण जलेको हो । घरभित्र राखिएको अन्नपात लत्ता कपडा , भाँडाकुँडा सहित लाखौँ मूल्य बराबरको क्षती भएको बताइएको छ ।

मंगलबार बिहान करिब पौने १० बजेको समयमा सुरु भएको आगोलागी विधुत सर्ट भएर आगोलागी भएको हुन सक्ने आसंका गरिएको छ । क्षतिको विषयमा मुचुक्ला तयारी भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीमा परि हेमलाल कुवँरको भैँसीको पाडा समेत मरेको छ बाख्रा फर्म , शौचालय लगाएतका संरचना समेत ध्वस्त भएको हो । इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली र ढोरपाटन नगरपालिकाको विपद जोखिम न्यूनिकरण टोली र स्थानीयको सक्रियतामा करिब साढे १ बजेतिर आगो नियन्त्रणमा लिन सफल भएको ढोरपाटन नगरपालिका विपद जोखिम न्यूनिकरण समिती सम्योजक दिलिप कुमार बिकले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित