बागलुङको निसीखोलामा बस दुर्घटना ७ जनाको मृत्यु २२ बढि घाइते उद्धार जारी ।

चैत्र ५ गते
बागलुङको निसीखोला गाउँपालिका ६को जाउले पानी भन्ने स्थानमा भएको बस दुर्घटनामा पछिल्लो विवरण अनुसार ७ जनाको मृत्यु हुनुका साथै २२ जना बढि घाइते भएका छन ।
पश्चिम रुकुम देखि काठमान्डौका लागी छुटेको ००६ ख ३८७९ नम्बरको बागमती प्रदेशको बस सोमबार साँझ करिब ४ बजेतिर मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा परेका मृत्क र घाइतेको उद्धारको काम भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङङका प्रमुख प्रहरी निरीषक राजकुमार बिकले बताउनु भयो ।
मृतक र घाइतेको उद्धारका निम्ति नेपाल प्रहरी र स्थानीयको सक्रियतामा उद्धारको काम भइरहेको हो । घाइतेलाई बुर्तिैबाङ स्वास्थय केन्द्रमा उपचारका निम्ती ल्याएको छ । अझैपनी घाइते र मृतकको उद्धार भइरहेको प्रहरी निरीक्षक बिकले बताउनु भयो ।
बस मध्यपहाडी लोकमार्ग देखि करिब १५० मिटर तल खसेको छ। बसमा यात्रु संख्या धेरै रहेको र घाइते र मृतकको संख्या समेत यकिन भइनसकेको उद्धारमा खटिनु भएका इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिकले बताउनु भयो । साँझ ७ बजेसम्म पनी उद्धारको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित