बागलुङको निसीखोलामा बस दुर्घटना: उद्धार सुरु

चैत्र ५ गते बुर्तिबाङ

 बागलुङको निसीखोला गाउँपालिका ६को जाउले पानी भन्ने स्थानमा बस दुर्घटना भएको छ । पश्चिम रुकुम देखि काठमान्डौका लागी छुटेको ००६ ख ३८७९ नम्बरको बागमती प्रदेशको बस सोमबार साँझ करिब ४ बजेतिर मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु र घाइते हुनेको संख्या यकिन हुन नसकेको बताइएको छ ।

मृतक र घाइतेको उद्धारका निम्ति नेपाल प्रहरी र स्थानीयको सक्रियतामा उद्धारको काम भइरहेको निसीबाट डिल्ली सापकोटाले बताउनु भयो । बस मध्यपहाडी लोकमार्ग देखि करिब १५० मिटर तल खसेको छ ।

निसी प्रहरी चौकी र स्थानीयले उद्धारको काम गरिरहेको र इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली समेत घटना स्थलमा पुग्न लागेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिकले बताउनु भयो ।

बसमा यात्रु संख्या धेरै रहेको र घाइते र मृतकको संख्या समेत यकिन भइनसकेको उद्धारमा खटिनु भएका डिल्ली सापकोटाले बताउनु भएको छ ।हालसम्म १६ जना घाइते रहेको र अन्य विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित