निशिभुजी जनता क्याम्पसको ११ औँ साधारण सभा

 

बुर्तिबाङ फागुन ३० गते

बागलुङ को ढोरपाटन नगरपालिका १ मा रहेको निशिभुजी जनता क्याम्पसको ११ औँ साधारण सभा बुधबार सम्पन्न भएको छ ।

२०४८ सालमा स्थापना भएको बागलुङको पश्चिम क्षेत्रकै एकमात्र क्याम्पसले लामो समयपछि साधारण सभा गर्दे क्याम्पसको प्रविधि मैत्री शिक्षण सँगै आर्थिक क्षेत्रको विकासमा फेरी पनि सबै जना एकजुट हुनुपर्ने बताइएको छ । बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका सँगै छिमेकी जिल्ला गुल्मी , रुकुम सम्मका विद्यार्थीले अध्ययन गर्दे आइरहेका हुन ।

क्याम्पस व्यवस्थापन समिती अध्यक्ष शान्तराज शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल सन्त समाजका अध्यक्ष तथा १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बक्ताहरुले क्याम्पसलाई जोगाएर अगाडि बढाउन सबैले शसक्त रुपमा जिम्मेवारी पूर्वक लाग्नुपर्ने बताएका हुन । कार्यक्रमका प्रमुख अतिथी स्वामी ज्ञानानन्दले बोल्दै पछिल्लो समय गाउँ रित्तिँदै जानु, युवा पिँडी विदेश पलायन हुन खोज्नु जस्ता महत्वपूर्ण कारक तत्व वर्तमान राजनैतिक व्यवस्था रहेको बताउँदै राजनीति नसुध्रिँदा सम्म यस्तो अवस्था भइरहने बताउँदै वर्तमान परिवेशमा रहेर क्याम्पसको व्यवस्थापनमा जिम्मेवार नागरिक लाग्नुपर्ने बताउनु भयो 

आफूले धेरै क्याम्पसको आर्थिक व्यवस्थापनमा सहयोग गरिरहेको बताउँदै यहाँ पनि आर्थिक व्यवस्थापनका निम्ति कार्यक्रम अगाडि बढाउन सम्भव रहेको बताउनु भयो । त्यस्तै कार्यक्रमका अध्यक्ष शान्तराज शर्माले बोल्दै क्याम्पसको शैक्षिक भौतिक व्यवस्थापन गर्न व्यवस्थापकीय पक्ष मजबुत हुन आवश्यक रहेको बताउँदै व्यवस्थापन समिति, क्याम्पस प्रमुख र प्राध्यापक बिच व्यवस्थापकीय क्षमता बृद्धि गर्न आवस्यक रहेको बताउँदै सबैले आ–आफ्नो जिम्मेवारीमा रहेर काम गर्न सकेमात्रै दिगो लक्ष्य हासिल गर्न सकिने बताउँदै quality Assurance Evaluator  बाट अथवा आवश्यकताको सिद्धान्त अनुसार व्यवस्थापन गरेर अगाडि बढिने बताउनु भयो ।

क्याम्पस प्रमुख कृष्ण कान्त आर्चाय द्धारा प्रस्तुत प्रतिवेदन अनुसार तिन सङ्कायमा पठन पाठन हुँदै आएको क्याम्पसमा मानविकी, व्यवस्थापन, शिक्षा सास्त्र सङ्कायको पठन पाठन हुँदै आएको छ । कुल १४४ जना विद्यार्थीले अध्ययन गर्दे आएकोमा २४ जना प्राध्यापकले पठन पाठन गर्दे आइरहेको बताइएको छ । गत आर्थिक बर्ष२०७९÷०८० मा ५१ लाख ९१ हजार ५६० आम्दानी र ५४ लाख ५९ हजार ८६६ रुपैयाँ खर्च भएको जनाइएको छ ।

कुल ९ रोपनी ८ आना जग्गाको क्षेत्रफल रहेको क्याम्पसको नाममा २७ कोठाको पक्की भवन रहेको हो । कार्यक्रममा पूर्व क्याम्पस व्यवस्थापन समिति अध्यक्ष टंक प्रसाद पौडेल, चन्द्रलाल अर्याल, ढोरपाटन नगरपालिका वडा नं. १ का अध्यक्ष वान बहादुर छन्त्याल, दुर्गादेवी घर्ती, ज्ञान प्रसाद कँडेल, कुलपती सापकोटा , पत्रकार छविलाल पाण्डे, प्राध्यापक लोकेन्द्र सुनार, विद्यार्थी प्रकृति थापा लगायतको शुभकामना मन्तव्य रहेको कार्यक्रम व्यवस्थापन समिति उपाध्यक्ष हरि बहादुर कुवँरको स्वागत प्राध्यापक हिरालाल पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित