नेकपाको आयोजनामा वर्तमान राजनैतिक संकट र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम

 १६ गते बुर्तिबाङ

नेपाल कम्युनिष्ट पार्टी नेकपाको आयोजनमा बुर्तिबाङमा वर्तमान राजनैतिक संकट र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । 

नेकपा पश्चिम बागलुङको आयोजनमा आयोजित कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधी, राजनितिमा आश्थावान नेता कार्यक्रता लगाएतको सहभागिता रहेको थियो ।

 कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी पोलिट ब्युरो सदस्य राजन सी द्धारा तयार पारिएको अवधारणा पत्र र वर्तमान राजनैतिक संकट र नेपाली विशेषताको समाजवाद विषयमाथि छलफल तथा अन्तरक्रिया गरिएको हो ।

 कार्यक्रममा बोल्ने वक्ताहरूले राष्ट्रिय पुँजीवादको विकास र आर्थिक समृद्धि हासिल नभएसम्म समाजवाद ले सार्थकता पाउन नसक्ने बताएका छन । वक्ताहरूले देशमा देखिएको दलाल वाद हावी रहेको तथा राजतन्त्रको अन्त्य भएपनि सामन्तवादको अवशेष अझै बाँकी रहेका कारण देश माथि उठ्न नसकेको बताएका हुन । राष्ट्रिय एकता, देशको स्वाधीनताको रक्षा सँगै हरेक पार्टीमा देखिएका खराब प्रवित्तिको अन्त्यका निम्ति सचेत कार्यकर्ताहरूले खबरदारी नगर्दा सम्म देशको समृद्धि अगाडि नबढ्ने बताएका छन ।

 देशमा राजनीतिक, धार्मिक, जातीय द्धन्दको खतरा रहेको बताउँदै रणनिति गर्ने व्यक्तिमा समेत सुधार नभएसम्म हरेक क्षेत्रको सुधार नहुनेमा जोड दिएका हुन । जात व्यवस्था छुवाछुत समेत विकास र समृद्धिको बाधक भएको बताएका छन । नेपालमा दलहरू आफ्नो एजेन्डाभन्दा बाहिर रहेर अगाडि बढिरहेका कारण सही राजनैतिक कार्यदिशा तय भएपछि मात्र समाजवादमा जान सकिने तर्क व्यक्त गरेका छन । 

कार्यक्रमका अवसरमा सहभागिताबाट उठेका जिज्ञासा, धारणा, सुझाबको विषयमा नेपाल कम्युनिष्ट पार्टी पोलिट ब्युरो  सदस्य राजन सी द्धारा प्रस्ट पार्नुभएको थियो ।

नेकपा केन्द्रिय प्रतिनिधि उत्तम सी को अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता चन्द्र अर्याल, निल बहादुर पुन, सुमित घर्ती, नेपाली कांग्रेसबाट नगर सभापति धन बहादुर कायत, राष्ट्रिय जनमोर्चाबाट कुल बहादुर छन्त्याल, जनता समाजवादी पार्टीका गंगा बहादुर घर्ती, नेकपा एकीकृत समाजबादीका बालसम कुवँर, भौतिक बादी समाज नेपालका केन्द्रिय सदस्य अशोक स्मिथले आफ्नो धारणा राख्नु भएको थियो ।

 त्यस्तै दल बहादुर भण्डारी, नन्दराम भुसाल, सहविन अर्गजा, उत्तम बहादुर महत, धन बहादुर कुवँर लगायतले आफ्नो विचार व्यक्त गर्नु भएको हो । कार्यक्रमको अवधारणाको विषयमा नेकपा वैकल्पिक केन्द्रिय सदस्य एवम् बागलुङ जिल्ला इन्चार्ज आकाश सी र सञ्चालन हरि सी ले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित