नेपाल बीमा प्राधिकरण द्धारा वडिगाडमा बीमा सम्बन्धी जनचेतना मूलक अन्तरक्रिया तथा छलफल कार्यक्रम ।


फागुन १६ गते बुर्तिबाङ

बडिगाड गाउँपालिकामा नेपाल बीमा प्राधिकरण द्धारा बीमा सम्बन्धी जनचेतना मूलक अन्तरक्रिया तथा छलफल कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
बीमा सम्बन्धी सचेतना गराउने र बीमाको महत्व र आवश्यकताको विषयमा जानकारी गराउँदै नागरिकका अपेक्षा तथा गुनासो समेत सुन्ने गरि कार्यक्रमको आयोजना गरिएको नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख केशव प्रसाद दाहालको उपश्थितीमा कार्यक्रम सम्पन्न गरिएको हो ।
बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमका अवसरमा जनप्रतिनिधि, कर्मचारी, बीमा कम्पनीका कर्मचारी, स्वास्थ्य स्वयम् सेवीका, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा  नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख केशव प्रसाद दाहालले बीमा सुरक्षाको भरपर्दा माध्यम रहेको बताउँदै बीमालाई सुगम देखि दुर्गम सम्म जोड्नका निम्ति बीमा कम्पनी सँग सम्मोन्य गर्दे गण्डकी प्रदेशका सबै तहमा
प्राधिकरण पुग्ने गरि अगाडि बढेको बताउनु भयो ।


जीवन बीमा, निर्जीवन बीमा, पुनर बीमा र लघु बिमा गरि चार किसिमका बिमा हुँदै गर्दा मानिस सँगै पशुचौपाया, खेतिपाती, भौतिक सम्पत्ति, सवारी साधन सबैको बीमा हुने भएका कारण आफ्नो क्षमता अनुसार बीमामा सबै नागरिक सरिक हुनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख अतिथिको रुपमा रहनु भएका वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाले बोल्दै जीवन बीमा बचत र सुरक्षाको भरपर्दा माध्यम रहेका कारण सबै नागरिक बीमामा आवद्ध हुन आवश्यक रहेको बताउँदै नागरिकको स्वास्थ्य उपचारका निम्ति वडिगाड गाउँपालिकाले स्वास्थ्य बीमालाई समेत प्राथमिकता दिइरहेको बताउँदै कृषकलाई राज्यले समेत सहज रुपमा बीमा गरिदिने भएका कारण बीमाको सचेतना वृद्धिमा आफूहरूले समेत साथ दिने बताउनु भयो ।
कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख अखिल धमलाले बीमा र त्यसको महत्वको विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सहजिकरण गरेको हो ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img