फागुन १५ गते बुर्तिबाङ
बागलुङको ढोरपाटन नगरपालिका १ स्थित इलाका प्रहरी कार्यालय बुर्तिबाङमा कार्यरत प्रहरी निरीक्षक राजकुमार बिकको सक्रियतामा आइतबार बागलुङको निसीखोला गाउँपालिका वडा नं. २ बाट लुकाई छिपाई गाडी मार्फत लैजाँदै गरेको अवस्थामा ६७ केजी गाँजा र ११ किलो चरेस सहित तिन जनालाई पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङ र मातहत रहेको जुग्जाखोला प्रहरी चौकीको सक्रियतामा प्रहरीले उक्त परिणाममा गाँजा चरेस सहित निसीखोला गाउँपालिका ६ का ३८ वर्षीय खडक घर्ती मगर सहित रूपन्देही बुटवल उपमहानगरका ३९ वर्षीय नगेन्द्र पुन मगर र सवारी चालक वडिगाड गाउँपालिका वा नं ८ का प्रेम बोहोरालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बागलुङ लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले बताउनु भयो ।
बडिगाड गाउँपालिकाको वडा नं. ८ रनसिंह किटेनि हुँदै निसीखोला गाउँपालिकाको वडा नं. २ तर्फ गइरहेको अवस्थामा विशेष सुराकीको आधारमा प्रहरीले ध १ च १२६१ नम्बरको बोलेरो जिपबाट गाँजा र चरेस बरामद गरि जिप सहित तिनै जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएको हो ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक राजकुमार बिक बुर्तिबाङमा प्रमुखको रुपमा आएसँगै शान्ति सुरक्षा सँगै लागू पर्दाथ दुब्यसनी रोकथाम सम्बन्धी सचेतना, बालविवाह न्यूनिकरण सम्बन्धी सचेतना, लैंगिक हिंसा न्यूनिकरण सम्बन्धी जनचेतना मूलक कार्यक्रमलाई समेत प्राथमिकता दिँदै आउनु भएको छ ।
Respected Dear Sir