फागुन १५ गते बुर्तिबाङ
सरस्वती आभारभूत विद्यालय ढोरपाटन नगरपालिका १ भवरेटाको ३३ औँ वार्षिकोत्सव अभिभावक दिवस तथा चन्दादाता सम्मान कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनलाल भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रमलाई गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँरले प्रमुख अतिथिको रुपमा उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दे सांसद कुवँरले सामुदायिक विद्यालयले समेत शैक्षिक क्षेत्रमा राम्रो प्रगति गर्दे आएको बताउँदै विधालयको भौतिक सुधारका निम्ति आफूले सहयोग गर्ने बताउनु भयो ।
विद्यालयले राखेका विभिन्न मागलाई सम्बोधन गर्दे सांसद कुवँरले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत चारकोठे भवनका निम्ति नगरपालिका हुँदै पहल गरिने र त्यसबाट नभएपनि गण्डकी प्रदेशबाट दुई कोठे विद्यालय भवन निर्माण गरिने प्रतिबद्धता जनाउनु भयो ।
सांसद कुवँरले फरक प्रसङ्गमा बोल्दै “पश्चिम बागलुङको विकास र समृद्धिका निम्ति आफूले निरन्तर संघर्ष गरिरहेको बताउँदै बुर्तिबाङमा ५० शैयाको प्रदेश स्तरीय अस्पताल निर्माणको पहलले प्रदेश र संघीय सरकारबाट पूर्णता पाएको बताउँदै अब चाँडै विधिवत रुपमा सेवा सुचारु हुने गरि काम भइरहेको बताउनु भयो । ”
जनताको माग र समस्या धेरै छन म तपाईँहरूकै समस्या सम्बोधनका निम्ति अगाडि बढिरहेको छु केन्द्रिय विधुतको पहल भएको एक बर्षमा धेरै बस्तीमा पुगिसकेको छ ढोरपाटन सडकलाई चाँडै स्तरोन्नति गर्न निरन्तर लागिपरेको बताउँदै पाँच बर्षे कार्यकालमा केही भएपनि कालोपत्रे गर्ने गरि अगाडि बढिएको बताउनु भयो । ’
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनु भएका ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले बोल्दै ढोरपाटन नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न निरन्तर लागिपरेको बताउँदै बालबालिकाको उज्जल भविष्य निर्माणमा सरकार, अभिभावक र शिक्षकको उत्तिकै भूमिका रहने भएका कारण अभिभावले समेत आफ्ना बालबालिकाको शिक्षा दिक्षा र विद्यालय सुधारमा ध्यान दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवाली, शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र प्रसाद सापकोटा, वडा नं. १ का अध्यक्ष वान बहादुर छन्त्याल, वडा सदस्य, जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवलाल सुवेदी, अभिभावक गुञ्ज बहादुर भण्डारी, चन्दा दाता,विद्यालय व्यवस्थापन समिति पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक लगायतको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थीको विभिन्न गीत नृत्य समेत प्रस्तुत गरिएको हो । विद्यालयका प्रधानाध्यापक ढाल कुमारी पाण्डे द्धारा विद्यालयको शैक्षिक, भौतिक र आर्थिक विषयमा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम शिक्षिका थम कुमारी सापकोटाको स्वागत प्रतिभा आर्चायको सञ्चालनमा सम्पन्न भएको हो ।