कृषि ज्ञान केन्द्र द्वारा कृषकहरूका निम्ति ४ दिने तालिम बुर्तिबाङमा

फागुन १५ गते बुर्तिबाङ
कृषि ज्ञान केन्द्र बागलुङको आयोजनामा बुर्तिबाङमा खयन आलु उत्पादन प्रबन्धन सम्बन्धी अभिभुखिकरण कार्यक्रम तथा व्यवसायिक आलु खेती प्रविधि तालिम मंगलबार सम्पन्न भएको छ ।

गत फागुन १२ गतेदेखि सुरु भएको कार्यक्रम ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, वडिगाड गाउँपालिका र ताराखोला गाउँपालिका अन्र्तगत रहेका विभिन्न कृषि सहकारी, कृषि समुहका प्रतिनिधि  र व्यवसायीक कृषकलाई तालिम दिइएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले बताउनु भयो ।

कृषि क्षेत्रको विकास, विस्तार र कृषकलाई सीपमुलक र व्यवसायिक बनाउने उद्देश्य सहित कार्यक्रम अन्र्तगत १२ गते खयन आलु उत्पादन प्रबन्धन सम्बन्धी अभिभुखिकरण सहित अन्य दिन व्यवसायिक आलुखेती प्रविधि तालिम, स्थलगत आलुको बिउ उत्पादन सम्बन्धी तालिम संगै कृषकलाई सैद्धान्तिक ज्ञान दिइएको कृषि ज्ञान केन्द्र बागलुङका बागवानी विकास अधिकृत कुमार पुनले बताउनु भयो ।

३४ जना कृषकको सहभागिता रहेको कार्यक्रममा कृषकहरूले बोल्दै तालिमले आफुहरु लाई पुर्खौली पेशाबाट व्यवसायिक बन्न सिकाएको र बिउको छनौट, मल व्यवस्थापन, मौसम, स्थानको छनौट गर्न समेत महत्वपूर्ण सहयोग पु¥याएको बताउँदै यस्ता तालिम आगामी दिनमा पनि सञ्चालन गर्न आग्रह गरेका छन ।

त्यस्तै सहभागि समुहले ठग बहादुर बिक अध्यक्ष रहेको ९ सदस्य बजार व्यवस्थापन समितिको गठन गरिएको हो । समितिको उपाध्यक्ष यम बहादुर बिक, कोषाध्यक्ष होमकर्ण घर्तिमगर, सचिव नन्दे सुनार, सहसचिव मन बहादुर पुन, सदस्यहरूमा क्रमश यमकलि घर्ती, कुमार श्रीस, झकेन्द्र सुनार र ओम बहादुर बिक चयन हुनुभएको छ । समितिले उत्पादित कृषि उपजलाई बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाइएको हो ।

त्यस्तै कृषि ज्ञान केन्द्रबाट यसवर्षको रैथाने बाली र नयाँ कार्यक्रमको प्रस्तावना सम्झौता गरिएको छ । कृषकको सहजताका निम्ति कार्यालयले बुर्तिबाङमै योजना सम्झौता गरेको कुमार पुनले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित