बडिगाड गाउँपालिकामा फागुन २७ गतेदेखि दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन गरिने


फागुन १६ गते बुर्तिबाङ

बडिगाड गाउँपालिकामा फागुन २७ गतेदेखि दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।
राष्ट्रिय अभियान अन्र्तगत पालिकाले बुधबार एक कार्यक्रमको आयोजना गर्दे फागुन २७ गतेदेखि १० वटै वडामा पुगेर नौ महिना उमेर देखि पाँच बर्ष उमेर समुह सम्मका दुई हजार ५६ जना बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
जनप्रतिनिधि, सञ्चारकर्मी, महिला स्वास्थ्य स्वयम् सेवीका लगायतको उपश्थिती मा आयोजित कार्यक्रममा पालिका भरका विभिन्न २७ खोप केन्द्रबाट ३५ स्थानमा खोप  कार्यक्रम सञ्चालन गरिने बताउँदै उक्त अभियानमा सबैको सकारात्मक साथ आवश्यक रहेको बताइएको हो ।
दादुरा रुबेला नेपालबाट शन २०२६ सम्म अन्त्य गर्ने उद्देश्य सहित देशभर अभियानको शुभारम्भ भएको बताउँदै अभियानलाई बडिगाड गाउँपालिकाले पनि सक्रिय रुपमा अगाडि बढाइसकेको र आवश्यक सचेतना प्रचार प्रसारका कार्यक्रमलाई समेत अगाडि बढाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित