फाल्गुन २ गते बागलुङको ढोरपाटन नगरपालिकाले बुधबार छड्के बजार अनुगमन गर्दे विभिन्न पसलबाट भेटिएका अखाद्य बस्तु जफत गरेको छ । गत कात्तिक महिनामा केही पसल अनुगमन गरेको नगरपालिकाले बुधबार विभिन्न २३ वटा पसलको अनुगमन गर्दे म्याद गुज्रिएका खाद्य पदार्थ, चिसो प्य पदार्थ, कस्मेटिक सामान लगायतका सामाग्री जफत गरेर नस्ट गरेको हो ।
नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत चण्डी राज पौडेलको नेतृत्वमा खटिएको अनुगमन टोलीले बजारका गल्ला किराना पसल दाना पसल, कस्मेटिक पसल , पाउरोटी उद्योग लगायत २३ वटा पसलमा अनुगमन गर्दा बढिमात्रामा चिसो प्य पदार्थ, प्याकिङ गरिएका खाध्यान्ह सामाग्री फेला पारेसँगै जफत गरिएको र व्यवसायीलाई सचेत समेत गराइएको चण्डीराज पौडेलले बताउनु भयो ।
अनुगमनमा पसल नै दर्ता नगरी लामो समय देखि सञ्चालन गरेको एक उद्देश्य लिइ व्यवसाय दर्ता गराएकोमा अन्य वस्तु समेत बिक्रीका लागी राख्ने गरेको, सडक पेटी भन्दा बाहिर अव्यवस्थित सामान राख्ने गरेको पाइएको कारण पहिलो पटक सचेत गराइएको र आगामी दिनमा पनि अनुगमनका क्रममा यस्तै अवस्था देखिए कारवाही पकृया अगाडि बढाउने पौडेलले बताउनु भयो ।
नगरपालिकाले निरन्तर व्यवसायीलाई सचेत बनाउने, पालिकामा दर्ता प्रकृयाका निम्ति आव्हान गर्ने र उनीहरू लाई समय समयमा सचेतना मुलक कार्यक्रम समेत गराउने गरि अगाडि बढिएको कार्यवाहक मेयर धन बहादुर कायतले बताउनु भयो ।
उहाँले भन्नु भयो नगरपालिकाको उद्देश्य व्यवसायीलाई दुःख दिने नियत नभई सचेत बनाउने र उपभोग योग्य नभएका खाद्य बस्तु बिक्री नगर्न सचेत गराउने, सेवा ग्राहीलाई समेत सचेत गराउने र स्थानीय तहमा व्यवसाय दर्ता गरि जिम्मेवार नागरिकको भूमिका निर्वाह गराउने उद्देश्य सहित अभियान अगाडि बढाइएको बताउनु भयो ।
टोलीले समय समयमा बजार अनुगमन गर्ने भएको छ । बुधबार अनुगमनका क्रममा जफत गरिएको सामाग्री ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत, इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँर निमित्त प्रमुख प्रशासकीय अधिकृत चण्डी राज पौडेल, जनप्रतिनिधि, प्रहरी, पत्रकार, नगरपालिका कर्मचारी लगायतको रहो भरमा नस्ट गरिएको हो ।