उत्तरगंगा माविले पायो व्यवस्थापन समिति : अध्यक्षमा बान बहादुर छन्त्याल

बुर्तिबाङ पौष ४ गते
विगत ९ बर्षदेखि विद्यालय व्यवस्थापन समिति बिहिन अवस्थामा रहेको उत्तरगँगा माध्यमिक विद्यालय बुर्तिबाङले बुधबार व्यवस्थापन समितिको पूर्णता पाएको छ ।
गत २०७१ सालदेखि विद्यालय व्यवस्थापन र शिक्षक अभिभावक समिती बिहिन रहेको विद्यालयमा पछिल्लो समय ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको सक्रियता संगै वडा नं. १ का वडा अध्यक्ष बान बहादुर छन्त्याल अध्यक्ष रहेको ९ सदस्य विद्यालय व्यवस्थापन समितीको गठन भएको हो ।
गत २०८० असार ३ गते आम भेलाको ५० प्रतिशत भन्दा बढि उपश्थितीमा समिति गठन प्रयास गरिएको थियो उक्त समयमा कुल १९ प्रतिशत मात्र अभिभावकको उपश्थिति रहेपछि दोश्रोपटक असार ७ गतेका लागी भेला राखियो ३३ प्रतिशत अभिभावक उपश्थित हुनुपर्ने उक्त भेलामा समेत जम्मा ५ प्रतिशत मात्र  अभिभावकको उपश्थिति रहेपछि तेश्रो पटक असार २५ गतेको भेलामा १०६ जना अभिभावकको भेलाबाट उपश्थिती सँख्याको प्रस्तावित १९ सदस्य मध्येबाट बुधबार समितीको टुँगो लगाइएको हो ।
तेश्रो पटकको अभिभावक भेलाको निर्णय र उपश्थिती वमोजिम सर्वसहमतीय प्रणालीबाट वडा अध्यक्ष बान बहादुर छन्त्याल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सहित अन्य पदाधिकारीको समेत चयन गरिएको छ ।
समितिको सदस्य सचिवमा विद्यालयका प्रध्यानाध्यापक इश्वरी प्रसाद पौडेल, सदस्यमा रमिता रोका, हुम कुमारी दर्जि, नारायण घर्ति, दील बहादुर कुमाल, स्याम कुमारी वि.क., गोपाल महत चयन हुनु भएको हो ।
समितीमा १ जना शिक्षक मनोनित गर्न बाँकी रहेको छ रिक्त पदपूर्ति गठित समितीको पहिलो बैठकमा मनोनित गर्ने निर्णय भएको छ । शिक्षा नियमावली दफा १२ (१) ख बमोजिम विद्यालय व्यवस्थापन समितीको गठन गरिएको ढोरपाटन नगर शिक्षा संयोजक ज्ञानेन्द्र प्रसाद सापकोटाले बताउनु भयो

त्यस्तै आजको बैठकले शिक्षक अभिभावक संघको समेत चयन गरेको छ । समितीको सम्योजक र १ सदस्य पछि मनोनित गर्ने गरि प्रकृया अगाडी बढाइएको हो । शिक्षा नियमावली २०५९ को परिच्छेद ६ को नियम ३० बमोजिम गठित समिती पदाधिकारीमा मिलन वि.क., रेशमलाल सापकोटा, शान्तमला वि.क., धन बहादुर खत्री, चन्द्र कुमार गौतम, विमला वि.क., उशा चालिसे सदस्यमा वान बहादुर छन्त्याल, इश्वरी प्रसाद पौडेल रहनु भएको हो ।

कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत, विद्यालय व्यवस्थाप समिती सहजिकरण समिती संयोजक एंव ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवाली, शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र प्रसाद सापकोटा, उत्तर गंगा माध्यमिक बिद्यालयका प्रध्यानाध्यापक इश्वरी प्रसाद पौडेल लगाएतको उपश्थिती रहेको थियो ।

विद्यालयमा विगत २०७२ सालदेखि लेखा परिक्षण समेत हुन सकेको छैन । वर्तमान समितिले विद्यालयको शैक्षिक र प्रशासनिक व्यवस्थापन गर्नुपर्ने महत्वपूर्ण दायित्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित