लायन्स क्लबको आयोजनामा रक्तदान कार्यक्रम : १२२ पिन्ट रगत संकलन

माघ १८ गते

लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा बिहीबार बुर्तिबाङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको क्लबले नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार सेवा पोखरा र बुर्तिबाङ स्वास्थ्य संस्था सँगको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

बिहीबार बिहान ८ बजेदेखि सुरु गरिएको अभियानमा १२२ जना नागरिकले आफ्नो रक्तदान गरेका हुन । क्लबको सामाजिक उत्तरदायित्व अन्र्तगत थालिएको अभियानबाट विभिन्न क्लब, विद्यालय, संघसंस्था लगाए प्रतिनिधि मूलक उपश्थितीमा पहिलो पटक ठुलो मात्रामा ब्लड संकलन गरि पोखरा पठाइएको हो ।

इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँरद्धारा प्रमुख अतिथिको रुपमा कार्यक्रमको शुभारम्भ गर्दे यो महत्वपूर्ण अभियानको सुरुवात गरेकोमा आयोजक परिवारलाई धन्यबाद ज्ञापन गर्नुहुँदै आगामी दिनमा समेत यस्ता अभियानमा जोडिन अनुरोध गर्नुभयो । कार्यक्रममा लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष राम प्रसाद आर्चाय ले बोल्दै अभियानको रुपमा विभिन्न सामाजिक कार्य गर्दे आइरहेकोमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको र यस्तो अभियान आगामी दिनमा पनि सञ्चालन गर्दे जाने बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार सेवा पोखरा र बुर्तिबाङ स्वास्थ्य संस्थाको प्राविधिक सहयोग, ढोरपाटन नगरपालिका, नेपाल रेडक्रस सोसाईटी उपशाखा बुर्तिबाङ, ढोरपाटन उद्योग वाणिज्य संघ, रोटरी क्लब अफ ढोरपाटन, बुर्तिबाङ राइजिङ युवा क्लब, बुर्तिबाङ फुटबल क्लब, सिटिजन लाइफ इन्स्योरेन्स , जनता बोर्डिङ स्कुल, उत्तरगंगा माध्यमिक विद्यालय, लगायत यहाँ स्थित विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, शिक्षक,स्वास्थ्य कर्मी, विद्यार्थी, व्यवसायीको सहभागिता रहेको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार सेवा पोखराका प्रमुख अर्जुन ज्ञवालीले पुन्य कर्ममा लायन्स क्लबले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा धन्यबाद ज्ञापन गर्ने आगामी दिनमा समेत यस्तो अभियान सञ्चालन गर्न अनुरोध सहित यो अभियानमा आफूहरूले निरन्तर साथ दिने बताउनु भयो ।

त्यस्तै र बुर्तिबाङ स्वास्थ्य संस्था प्रमुख डा. नविन्द्र ढकालले बोल्दै लायन्स क्लब ढोरपाटनले समय समयमा गर्ने रचनात्मक कार्यक्रम गर्दे आएकोमा आभार व्यक्त गर्दे आफूहरूले समेत यस्तो अभियानमा साथ दिने बताउनु भयो ।

कार्यक्रम लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष राम प्रसाद आर्चायको अध्यक्षता प्रथम उपाध्यक्ष छविलाल पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित