माघ १९ गते बुर्तिबाङ
बिहीबार परेको हिमपातका कारण अवरुद्ध बनेको रुकुम बागलुङ खण्डको मध्यपहाडी लोकमार्ग गाउँपालिका र प्रहरीको सक्रियतामा हिउँ सफा गरेसँगै सडक सञ्चालनमा ल्याइयो छ ।
मध्य पहाडी लोकमार्ग हिमपातले अवरुद्ध भएपछि पूवी रुकुम र बागलुङ खण्ड अन्र्तगत पर्ने मध्य पहाडी लोकमार्ग अवरुद्ध बनेको थियो ।
शुक्रबार निसीखोला गाउँपालिकाबाट जेसिवी उपलब्ध गराइएको र इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिकको कमान्डमा बुर्तिबाङ र निसीबाट खटिएका प्रहरी सहितको टोलीले बागलुङ खण्डको सडक सिधा सञ्चालनमा ल्याएको हो ।
निसीखोला ६ को चोरबास देखि सिमाना पालिहाल्ने सम्म ७ किलोमिटर सडकमा जमेको हिँउ जेसिवी र प्रहरीको सक्रियतामा सफा गरिएको हो । त्यस्तै पातिहाल्ने देखि पूर्वी रुकुम तर्फको खण्डमा समेत प्रहरी ,आर्मी र स्थानीय पालिकाले उपलब्ध गराएको जेसिवीले सडक सफा गरिरहेको प्रहरी निरीक्षक राजकुमार बिकले बताउनु भयो
सडकमा अत्याधिक मात्रामा हिउँ जमेपछि सवारीका साधन बिहीबार दिउँसो देखि आवत जावत गर्न नसकेका हुन ।