माघ १६
जनजागृति आधारभुत विद्यालय ढोरपाटन नगरपालिका २ कुत्थाप्लाको ३२ औँ वार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष जित बहादुर कुवँरको अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले प्रमुख अतिथिको रुपमा कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै सांसद कुवँरले सामुदायिक विद्यालयको शैक्षिक र भौतिक गुणस्तर वृद्धिमा सरकारले महत्वपूर्ण कदम अगाडि बढाएको बताउँदै वर्तमान शिक्षा व्यवस्थालाई परिमार्जन गर्दे प्राविधिक मैत्री, व्यवहारिक शिक्षा व्यवस्थालाई अगाडि बढाउनु अबको आवश्यकता रहेको बताउँदै गण्डकी प्रदेश सरकारले समेत महत्वपूर्ण कार्ययोजना अगाडि सारेको बताउनु भयो ।

तीनवटै तहका सरकारले गरेको शिक्षा क्षेत्रको लगानी परिणाम मुखि हुने गरि काम भइरहेको बताउँदै पड्दै कमाउँदै, विद्यार्थीको सीप मूलक र प्रविधि मैत्री शिक्षाको विकासका निम्ति आफूहरूले समेत काम गरिने बताउनु भयो ।
उहाँले थप बोल्दै जनजागृति आधारभुत विद्यालयलाई कक्षा १० सम्म सञ्चालन हुने व्यवस्था गर्न र आगामी वर्ष दुई कोठे भवन निर्माणका निम्ति ढोरपाटन नगरपालिका हुँदै आफूहरू माननीय दिलमाया पौवी आफूले सक्रिय पहल गर्ने बताउनु भयो । कार्यक्रमका अवसरमा विशिष्ट अतिथि माननीय दिलमाया पौवीले बोल्दै यस क्षेत्रको विकास र समृद्धि सँगै शैक्षिक क्षेत्रको गुणस्तर वृद्धि गर्न आफ्नो कार्यकालमा सक्रिय पुर्वक लाग्ने बताउनु भयो ।

विद्यालयका प्रधानाध्यापक शिवलाल सुवेदीद्वारा विद्यालयको शैक्षिक, भौतिक र आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिक , वडा नं. २ का अध्यक्ष भेक बहादुर खत्री , लगायत जनप्रतिनिधि, समाजसेवी, चन्दादाताको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रममा ८४ बर्ष उमेर प्रवेशको अवसरमा पवित्रा पाण्डे द्धारा विद्यालयलाई चालीस हजार रुपैयाँ चन्दा समेत उपलब्ध गराउनु भएको हो । कार्यक्रममा चन्दादाता सम्मान, अतिथिलाई मायाको चिनो हस्तान्तरण गरिएको हो । शिक्षक कोपिला कुवँरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।










