तमानखोलामा तिन दलको आन्दोलन पुनह लगाइयो कार्यालयमा ताला : गाउँपालिकाद्धारा अर्नगल प्रचार गरिएको प्रति खण्डन

माघ ८ गते
बागलुङको तमानखोला गाउँपालिकामा कृयाशिल तिन राजनैतिक दलले सोमबार गाउँपालिका कार्यालय अगाडी विरोध प्रर्दशन गर्दे गाउँपालिका कार्यालयमा तालाबंदी गरेका छन ।

गाउँपालिकाले  विपि कोईरालाको सम्मानमा विपि समृति भवन वनाउने निर्णय सहित १४ लाख रुपैयाँ बजेट विनीयोजन गरेपछि आन्दोलित बनेका दलहरुले पालिकामा आएको बजेट अनावस्य ठाउँमा प्रयोग गरि दुरुपयोग गर्न नहुने अडान सहित आन्दोलन सुरु गरेका हुन

विरोधमा नेकपा माओबादी केन्द्र, नेकपा एमाले, र राष्ट्रिय जनमोर्चा सहितका नेता कार्यक्रता द्धारा बोङगादोभान बजारमा आन्दोलन सहित गाउँपालिकामा बहुमतको आधारमा गरिएको निर्णय फिर्ता लिनुपर्ने माग सहित आन्दोलन गर्दे सोमबार पुनह पालिका कार्यालयमा तालाबंदी गरेका हुन ।

गत विहिबार गरिएको तालाबंदी प्रशासन द्धारा टोडिएपछि थप आन्दोलीत बनेका तिन दलका नेता कार्यक्रताले गाउँपालिकाको बजेट अनावस्यक थाउँमा दुरुपयोग गर्न नहुने बताउँदै आन्दोलनका कार्यक्रम घोषणा गर्दे अगाडी बढेका हुन । गाउँपालिकोको दोश्रो गाउँसभा तथा चौथो अधिवेशनबाट विपि स्मृति भवन शिर्षकमा १४ लाख बजेट विनीयोजन भएको जनाइएको छ ।

उता यस विषयमा गाउँपालिका अध्यक्ष जोकलाल बुढाद्धारा हस्ताक्षरित विज्ञप्तीमा महामानव विपी कोईरालाको सम्मान र सम्झनामा तमानखोलामा विपी स्मृति भवन बनाउन ल्याइएको बजेटमा अर्नगल प्रचार गरिएको प्रति तमानखोला गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ ।

गाउँपालिकाको आर्थिक बर्ष २०८०÷०८१ को दोश्रो गाउँसभाको चौथो अधिवेशनबाट विपी स्मृति भवन बनाउन पालिकाले बजेट विनियोजन गरेकोमा विभिन्न राजनैतिक दल , मिडिया र व्यक्तिले नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङको विपी स्मृति भवनमा बजेट राखिएको भन्दै सामाजिक सञ्जालमा प्रस्तुत गरेका समाचार र सामाग्री नागरिकलाई भ्रमित पार्ने , सामाजिक सद्भाव खल्बलाउने उत्तेजित हुने खालका रहेको भन्दै त्यस्ता अफवाह फैल्याउने समाचारबाट सचेत रहन आग्रह गर्दे गाउँपालिका अध्यक्ष जोकलाल बुढाद्धारा हस्ताक्षरित विज्ञप्ति प्रस्तुत गरिएको हो ।

गाउँसभाबाट पारित कार्यक्रम नेपाली नागरिकको स्वतन्त्रता र अधिकारको लागि जहानिया राणा शासनको अन्त्य गरि देशमा प्रजातन्त्र स्थापना गर्दे अहिलेको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्न महत्वपूर्ण योगदान र नेतृत्वदायी भुमिका खेलेका महान व्याक्ति स्व. विपि कोईरालाको सम्मान र सम्झनामा तमानखोला गाउँपालिकामा विपि स्मृति भवन निर्माण गर्न सभाले १४ लाख रुपैयाँ बजेट विनीयोजन गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img