माघ ७ गते बुर्तिबाङ
बागलुङ जिल्ला स्तरीय १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ढोरपाटन नगरपालिकाको प्रतिनिधित्व गर्दे कराते विधामा ढोरपाटन नगरपालिका टिम च्याम्पियन बन्न सफल भएको छ ।
शनिबार बागलुङमा भएको राष्ट्रपति कप छनौट प्रतियोगिता अन्र्तगत विभिन्न ४ पालिकाका प्रतिस्पर्धालाई पछाडि पार्दै ढोरपाटन नगरपालिकाको टिमले कराते विधामा ६ गोल्ड, १ रजत, २ काश्य सहित टिम च्याम्पियन बन्न सफल भएको हो ।
प्रतियोगितामा छात्र तर्फ ४२ केजी मा मिजन बूढा, ५२ केजी तर्फ विजय भण्डारी, ६२ केजी तर्फ इन्साफ पुन, छात्रा तर्फ ४५ केजी तर्फ थममाया बराइली, ५० केजी तर्फ सोफिया पुन, ५५ केजी तर्फ नेहा स्मिथ छनौट हुनुभएको थियो । त्यस्तै रजत पदक तर्फ द्धिर्तिय मा छात्रा तर्फ ४० केजी तौलमा हेमकुमारी श्रीपाली, तिर्तीय स्थानमा ४७ केजी तौलमा छात्र कास्य पदक प्राप्त गर्नेमा संगम घर्ती हुनुभएको छ ।
५७ केजी कास्य पदक प्राप्त गर्नेमा अस्मित पुन रहनुभएको प्रशिक्षक तथा नेपाल सितोरियो कराते संघ ढोरपाटन नगरपालिका अध्यक्ष चित्र बहादुर पुनले बताउनु भयो ।