तिन दिने सूचना प्रविधि सीप विकास सम्बन्धी आईसीटी तालिम बुर्तिबाङमा सम्पन्न

माघ ९ गते

ढोरपाटन नगरपालिकाका र कर्मफलाईट्स  फाउन्डेसन नेपाल, पोखराको संयुक्त आयोजनामा ढोरपाटन नगरपालिका अन्तरगत रहेका विभिन्न विद्यालयका २३ जना शिक्षकहरूका लागी तिन दिने सूचना प्रविधि सीप विकास सम्बन्धी आईसीटी तालिम मंगलबार सम्पन्न भएको छ ।

ढोरपाटन नगरपालिका स्थित शिक्षा युवा तथा खेलकुद शाखा र कर्मफलाईट्स  फाउन्डेसनको संयुक्त आयोजनामा सञ्चालित उक्त कार्यशालाले ढोरपाटन नगरपालिका भित्रका २३ वटा माध्यमिक र आधारभुत विद्यालयका कम्प्युटर र विज्ञान तथा प्रविधि शिक्षाका शिक्षकहरूलाई कम्प्युटर को प्रयोग सम्बन्धी अभिमुखीकरण गरिएको हो ।

उत्तरगंगा माध्यमिक विद्यालयमा सञ्चालित तालिमको मंगलबार समापन गरिएको हो । आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् ढोरपाटन नगरपालिका वडा नं. १ का अध्यक्ष तथा उत्तरगँगा माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष वान बहादुर छन्त्यालले प्रविधिको क्रमिक रुपमा विकास हुँदै जाँदा सिकाइ लाई समेत सोही अनुरूप अगाडि बढाउनुपर्ने अवस्था सृजना भएको बताउँदै सामुदायिक विद्यालयको प्रविधि मैत्री शैक्षिक गुणस्तरलाई उकास्न प्रविधि मैत्री शिक्षा र व्यवस्थापनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो । तालिमबाट शिक्षकहरूले सिकेका सीप र ज्ञानलाई व्यवहारीतामा परिणत गर्न आग्रह गर्नुभयो ।

उहाँले थप बोल्दै प्रविधि मैत्री शिक्षाको विकासमा नगरपालिकाले समेत सक्दो प्रयास गर्ने बताउँदै यस्ता कार्यक्रम आयोजनामा समन्वय गर्ने र विगतदेखि वर्तमान सम्म कर्मफलाईट्स  फाउन्डेसनले शिक्षा , स्वास्थ्य र प्रविधिको क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दे आइरहेको बताउँदै आगामी दिनमा समेत सहकार्य गरेर यस्ता कार्यक्रम अगाडि बढाईने बताउनु भयो ।

कार्यक्रमका अवसरमा अतिथिको रुपमा रहनुभएका कर्मफलाईट्स  फाउन्डेसन बागलुङ जिल्ला संयोजक झम बहादुर कुवँरले बोल्दै शैक्षिक क्षेत्रको गुणस्तर वृद्धि गर्न र प्रविधि सँगसँगै अगाडि बढ्न कर्मफलाईट्स  फाउन्डेसनले बागलुङ सहित विभिन्न ८ जिल्लामा काम गर्दे आइरहेको बताउँदै आगामी दिनमा समेत यस्ता कार्यक्रममा समन्वय गर्दे जाने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा प्रशिक्षार्थी शिक्षकको तर्फदेखि शिवालय माध्यमिक विद्यालयका शिक्षक प्रशान्त घर्ती, धिरी आधारभुत विद्यालयका प्रधानाध्यापक मन देवी बुढाथोकीले बोल्दै आफुहरुलाई तीनदिने तालिमले महत्वपूर्ण सहयोग पुर्याएको बताउँदै आफूहरूले सिकेका ज्ञान र सीपलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने गरि अगाडि बढिने बताउँदै यस्ता महत्वपूर्ण तालिम समय समयमा आवश्यक पर्ने भएका कारण स्थानीय सरकार र कर्मफलाईट्स  संस्थाले यसमा समन्वय गरेर आगामी दिनमा समेत सिकाइ व्यवस्थापनको भूमिका निर्वाह गरिदिन अनुरोध गर्नुभयो ।

कार्यक्रममा प्रशिक्षक तथा कर्मफलाईट्स  फाउन्डेसनका आईटी अफिसर सुवास पौडेलले बोल्दै समेत तालिम र सिकाइ लाई व्यवहारिक बनाउन अनुरोध गर्दे आफूहरूले आगामी दिनमा थप समन्वय गर्दे कार्यक्रमलाई जोड दिने बताउनु भयो ।

उत्तरगंगा माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रम ढोरपाटन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख ज्ञानेन्द्र प्रसाद सापकोटाले सञ्चालन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित