नेपाल लोकतन्त्रवादी आदीबासी जनजाति महासंघ ढोरपाटन नगर अध्यक्षमा अने थापा चयन

माघ ६ गते शनिबार

गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले आदीबासी जनताजति समुदायको हक अधिकार स्थापित गर्न र नेतृत्वमा पुग्नका निम्ति सक्रियताका साथ लाग्नुपर्ने बताउनु भएको छ ।

नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदीबासी जनजाती महासंघ ढोरपाटन नगर अधिवेशनको शनिबार बुर्तिबाङमा आयोजित कार्यक्रमलाई उद्घाटन सहित सम्वोधन गर्दे साँसद कुवँरले आदीबासी जनजाति समुदायको हक अधिकार संगै राजनैतिक क्षेत्रबाट नेतृत्वको विकास गर्न अगाडि बढ्नुपर्ने बताउँदै अधिवेशनबाट सक्रिय टिमको नेतृत्व चयन गर्न सुझाव दिनुभएको हो ।

सांसद कुवँरले फरक प्रसङ्गमा बोल्दै निसी भुजी तमान सहित पश्चिम बागलुङको विकास र समृद्धिका निम्ति आफूहरूले प्रदेश सरकारमा रहेर जनअपेक्षा बमोजिम काम गर्ने प्रयत्नका साथ अगाडि बढिएको बताउँदै सबैको पहुँच र अपनत्व हुने गरि विकास र समृद्धिमा अगाडी बढिने बताउनु भयो ।

बन्दसत्रबाट सुरु भएको अधिवेशनले अने थापा अध्यक्ष रहेको १० सदस्य ढोरपाटन नगर निकट नेपाल लोकतन्त्रवादी आदीबासी जनजाति महासंघ गठन गरिएको छ । समितिको उपाध्यक्षमा नर कुमारी छन्त्याल र टेक बहादुर पुन, सचिव वीरेन्द्र बुढाथोकी र टोप बहादुर पुन, सहसचिव याम बहादुर बूढा र दिल कुमारी घर्ती, सदस्यहरूमा मनिमला पुन, सोम बहादुर घर्ती, बुद्ध कुमारी कुमाल चयन हुनुभएको छ ।

नवगठित समितिले ३ जना सदस्य मनोनित गर्ने भएको निर्वाचन मण्डलका सदस्य पुरन पाण्डेले बताउनु भयो । आयोजित कार्यक्रमको उद्घाटन सत्रको कार्यक्रम नेपाली कांग्रेस ढोरपाटन नगर वडा नं. १ का सभापति वान बहादुर छन्त्यालको अध्यक्षता, नेपाली कांग्रेस जिल्ला सदस्य शैलेश घर्ति, समाजसेवी हर्क बहादुर गुरुङ, नेपाली कांग्रेस क्षेत्रीय सदस्य ढालेन्द्र छन्त्याल, नेपाल विद्यार्थी मगर संघ केन्द्रिय सदस्य गगन पुन वडा नं. १ उपसभापति भक्त बहादुर वि.क., वडा नं. २ सभापति जित बहादुर कुवँर लगायतको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको थियो ।

अधिवेशनलाई सफल पार्न निर्वाचन मण्डलमा संयोजक निम बहादुर जिसी संयोजक सहित पुरन पाण्डे, गीता घिमिरे र मधुमाया गुरुङ रहेको समितिले सहमतिमा समिति गठन कार्यक्रमलाई पूर्णता दिएको हो । 

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img