अखिल नेपाल किसान महासंघ ढोरपाटनको नगर भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

पौष २६ गते

इन्द्रमणि पाण्डे

ढोरपाटनमा अखिल नेपाल किसान महासंघ – अप्पा-को नगर भेला तथा प्रशिक्षण कार्यक्रम विहिवार सम्पन्न भएको छ । उक्त कार्यक्रममा सङ्गठनका महासचिव तुल्सीराम सापकोटाले प्रमुख अतिथीको रुपमा बोल्दै,किसानहरुले सङ्गठित संघर्ष नगरे झन् ठूलो समस्या आउने , खेति तथा उत्पादन प्रणालीमा आधुनिकताको विकास हुन नसक्ने ठहर गर्दै आफुहरुले देशव्यापी रुपमा संघर्ष तथा सङ्गठन निर्माण जस्ता कार्यहरु गर्ने सिलसिलामा ढोरपाटनमा पनि कार्यक्रम गरिएको बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरिश्वर पाण्डेले बोल्दै सङ्गठनमा एकता र एकतामा बल हुने भन्दै किसानहरुको समस्या समाधानमा सङ्गठन निर्माण गरि एकताबद्व भएर सघर्ष गर्ने वा आन्दोलनको मोर्चामा राष्ट्रिय जनमोर्चा जहिले पनि किसानहरुको साथमा रहने बताउनुभयो ।

भेलाले तुल्सिराम खरेलको अध्यक्षतामा ११ सदस्यीय नगर समिति गठन गरेको छ जसमा उपाध्यक्ष अविन महत, सचिव ओम बहादुर पाण्डे क्षेत्री,सहसचिव मित्रलाल पौडेल कोषाध्यक्ष ज्ञान बहादुर भण्डारी सदस्यहरुमा टेकलाल पाण्डे , याम सुनाम लगायत रहनुभएको छ ।सो अवसरमा अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य धन बहादुर कुँवर, जनजाति सम्मेलनका केन्द्रीय सदस्य तम बहादुर घर्ती अखिल नेपाल महिला संघ ढोरपाटन नगर अध्यक्ष धन कुमारी कुँवर रक्तिम सास्कृतिक अभियान जिल्ला अध्यक्ष सहविन अर्गेजा , अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन छैठौ-का केन्द्रीय सदस्य बिमल पाण्डे जातिय समता समाजका केन्द्रीय सदस्य नर बहादुर सुनार लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित