पौष १८ बुर्तिबाङ
बागलुङ जिल्लाको दोश्रो ब्यापारिक केन्द्रको रुपमा रहेको बुर्तिबाङ बजारमा सार्वजनिक शौचालय नहुँदा नागरिकलाई परेको सास्तिलाई मध्यनजर राख्दै यस बर्स सार्वजनिक शौचालय बनाइने भएको छ ।
ढोरपाटन नगरपालिकाको आर्थिक बर्ष २०८०÷०८१ को पाँच लाख बजेट विनियोजन भएका कारण उचित ठाउँको छनौट गरेर सार्वजनिक शौचालय बनाइने ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले बताउनु भयो ।
“बजार बढ्दो क्रममा छ तर सार्वजनिक शौचालय नहुँदा बजारमा आउने नागरिक, यात्रु लगायतलाई निकै समस्या भएको अवस्थालाई महसुस गरेर यसवर्ष सार्वजनिक शौचालय निर्माण गरिने गरि कार्यपालिकाको निर्णय अनुसार पाँचलाख बजेट विनियोजन गरिएको र चाँडै शौचालय बनाउने तयारी रहेको मेयर कायतले बताउनु भयो ।”
बजारमा विगत लामो समय देखि सार्वजनिक शौचालय हुनुपर्नेमा माग राखिएपनि सुनवाई नभएका कारण सर्वसाधारण नागरिकलाई शौचालय अभावमा समस्या पर्ने गरेको देखिन्छ ।